जुलाई १ तारीख हङकङमा फ्री फेरी,५ दिनसम्म फ्री ट्राम, म्युजियम,स्विमिङ पुल आदिमा निशुल्क प्रवेश गर्न पाइने
क्रान्ति सुब्बा । हङकङ ।
हङकङ सरकार र हङकङका सार्वजनिक संस्थाहरूले हङकङ चीनमा गाभिएको २६ औं वर्ष पुगेको ऐतिहासिक दिन अर्थात जुलाई १ शनिबारलाई भव्यताका साथ मनाउन विविध गतिविधि सम्पन्न गर्ने योजना बनाएको छ। सरकारले हङकङका निजी संस्थाहरूलाई पनि यो उत्सवसंग संबंधित गतिविधि गर्न प्रोत्साहन गरेको छ।
त्यस दिन मनोरञ्जन र सांस्कृतिक सेवा विभाग अन्तर्गतका खेलकुद केन्द्रहरू, स्विमिङ पुलहरू र वेट...









