तनावबाट मुक्ति पाउन खानुपर्ने खानेकुराहरू
डा. हेमराज कोइराला
प्रतिकुल परिस्थितिलाई सामना गर्दा हाम्रो शरीरले व्याक्त गरेको शारीरिक, मानसिक र भावनात्मक प्रतिक्रियालाई चिकित्सा विज्ञानको भाषामा तनाव भनिन्छ।तनाव विभिन्न कारणले हुँने गर्दछ। तनाव हुँदा सर्वप्रथमतः मान्छे उक्त तनाव कारक तत्वसंग डराउदछ र तुरून्तै उक्त परिस्थितिबाट टाढा भाग्दछ या परिस्थितिसंग मुकाबिला गर्दछ। तनावबाट टाढा भाग्दा वा तनावलाई मुकाबिला गर्दा हाम्रो मस्तिष्कले तना...