शंकर पोखरेल राजीनामा दिएको केही घण्टामै मुख्यमन्त्रीमा पुनः नियुक्त
काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेल पदबाट राजीनामा दिएको केही घण्टाभित्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को...








