निर्वाचन ऐन संशोधन प्रक्रियालाई अघि बढाउन बेजिङ प्रतिनिधि हङकङ आए, प्रो बेजिङ स्थानीय नेताको प्रतिक्रिया
१५ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा ।
बेजिङका वरिष्ठ अधिकारी जाङ सियाउमिङ हङकङको निर्वाचन ऐन संशोधनबारे छ्लफल गर्न आज हङकङ आइपुगेकाछ्न।
हङकङ तथा मकाउ मामिला कार्यलयका उप निर्देशक जाङले आज नै चीनिया सरकारको नेशनल पिपुल्स कंग्रेसले हङकङको निर्वाचन प्रणालीमा सुधार ल्याउन गरेको निर्णय माथि बहस चलाउन र जनमत संकलन गर्न आएका हुन। करिब ६० वटा समारोहबाट करिब एक हजार जनाको राय संकलन गर्ने योजना रहेको...









