क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
वडा अधिवेशन नजिक आइसक्दा पनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुनु आपत्तिजनक रहेको भन्दै उनीहरुले सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
यस्तो माग गर्ने अधिकांश सभापतिहरु संस्थापन इतर समूह निकट रहेका छन् ।
...









