बगान
कथा
आमा भन्नुहुन्छ —"तैंले अहिल्यै जिन्दगी बुझेको छैनस।"
सायद त्यति नबुझेको हुँला । जति आमाले बुझ्नुभएको छ । तर नबुझेकी चाहिँ छैन । आमालाई यो बताउन जरुरी छ कि, जिन्दगी बुझ्दछु । एक्लोपनको गहिराइ त झन कति कति बुझ्दछु । उमेरले हैन मान्छेलाई जिन्दगीले परिपक्व बनाउछ । यो पनि बुझेकी छु । सम्बन्धको गहिराइ थोरै थोरै बुझ्दछु । सबैभन्दा धेरै त एक्लोपनको छटपटी बुझेकी छु । के म यति सरल विषय पनि नबुझुँला त ...