मर्न कसैलाई रहर हुँदैन

मर्न कसैलाई रहर हुँदैन
मानिसको जन्म हरेक अस्तित्वसँग गाँसिएको हुन्छ । तर मृत्यु अस्तित्वहीन अकाट्य दर्शन । मृत्युको भय साँच्चिकै भयानक हुन्छ । हरेक क्षण, हरेक पल मृत्युबोधले मानिसलाई तर्साइरहन्छ । मृत्युको मुखमा पुगिसक्दा पनि जीउनुका जीजिविषा जीवनमा झन् तीब्र हुन्छ । डा.कृष्णहरि बरालको शब्द नै काफि छन्, मृत्युको लयमा बग्न । मर्न कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाऊँ कुन ठाउँ जाऊँ मान्छे नमर्ने सहर हुँदैन ...

साहित्य र पत्रकारिता दुवैको मूलभूत कर्म भनेकै राजनीति गर्नु हो

साहित्य र पत्रकारिता दुवैको मूलभूत कर्म भनेकै राजनीति गर्नु हो
एक सशक्त समकालीन भारतीय–नेपाली कवि मनोज बोगटीका ‘विम्बगोष्ठी’, ‘घाउका रङहरू’, ‘पसिनाको छाला’, ‘गीतको रिस’, ‘आँखा बाहिर’ र ‘काफरे अमेरिका’ कविता संग्रहहरू र एउटा कथा संग्रह ‘लाइफ अ बटर बटरफ्राइ ’ प्रकाशित छन् । ० यो कोभिड महामारीले तपाईंको लेखनमा के कस्तो असर पारेको छ ? हालको विश्व परिस्थिति नै बदलिँदो छ । भारतमा पनि कोभिड–१९ चर्को प्रभाव छ । विभिन्न विरोध–प्रदर्शनहरू लगायत किसानहरूको आन्दोलन जारी...

मुन्धुमलाई संस्कारगत मान्यताभन्दा माथि उठाउनुपर्छ: थाङसाङ

मुन्धुमलाई संस्कारगत मान्यताभन्दा माथि उठाउनुपर्छ: थाङसाङ
यो समय साहित्यमा आइरहेको नश्लवादी चेतलाई गहिरोसँग अध्ययन, अनुसन्धान गरिरहेका कवि , समालोचक तथा रङ्गकर्मी बच्चु हिमांशुले मुन्धुम अध्येता तथा लेखक थाङसाङ लाओती ‘महामूर्ख’सँग गत बिहिबार प्रकाशित उनको किताब ‘मुन्धुम परम विज्ञान’माथि गरेको कुराकानी । प्रश्न: तपाईंको किताब 'मुन्धुम परम विज्ञान'मा तपाईंले मुन्धुम र विज्ञानबीच अन्तर्सम्बन्ध छ भनेर तर्क गर्नुभएको छ । किन तपाईंलाई यो विषयको उठान सा...

दुइटा लोकस्मृति

दुइटा लोकस्मृति
आर.बी. हिमाली १. झालर “मारी काइको छिन–छिन ऐइडीका टोल भदौ १५ गते लौडी पाइत साप्यो साङी पाइत साप्यो ऐइडी गादो पाड्यो मार्काइ घाँणो लायो” भदौ पन्ध्र गते नदीको खुट्टा भाँचिएर अब नउर्लने भएको थियो । बिस्तारै–बिस्तारै नदीको बहाव पनि घट्दै थियो । वनजंगल डाँडा काँडा सुख्खा हुन थाल्यो । शिकारीलाई शिकार खेल्ने सही समय आयो । शिकारी बिहानै नजिकैको वनमा गई रुइसको काँचो लौरौ काटेर आगोमा बेस...

खबर, कहर र जहर

खबर, कहर र जहर
–अभय श्रेष्ठ १ अँध्यारो सडकमा एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी लर्बरिँदै उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट दस, बाह्र सट फोटो खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो । महानुभावहरू, म थिएँ लोपोन्मुख जङ्गली जनावरको श्रेणीमा पर्ने अनौठो पत्रकार जसलाई समयले स...

साताकाे तीन कविता – कवि कविता राई

साताकाे तीन कविता – कवि कविता राई
कविता कथा उपन्यास लेखनमा सकृय कवि कविता राईको हालसम्म ‘आमा र जून’ कविता संग्रह प्रकाशीत छ प्रस्तुत साताको तीन कविता नाति प्रत्येक तीन महिनामा वृद्ध–भत्ता थाप्छु म अनि छेवैमा बस्छ मेरो नाति खल्तीबाट झिक्छु र, दिन्छु हजारको नोट उसलाई थाहा छ मेरो छेउमा कति पटक आउनु पर्छ ऊ आइरहन्छ र म दिइरहन्छु हजारको नोट, अन्तिम पटकसम्म । सम्झन्छु आफूलाई ऊ बेला वेसाहा बोकेर खुवाउने बा थिए बाको आँखा छलेर पैसा दिने ...

पितृसत्ताकेन्द्रित समाजमा महिला लेखन अति अप्ठेरो–अवरोध छ तर जुध्नमा पनि उत्तिकै मज्जा आउँछ

पितृसत्ताकेन्द्रित समाजमा महिला लेखन अति अप्ठेरो–अवरोध छ तर जुध्नमा पनि उत्तिकै मज्जा आउँछ
समकालीन साहित्यिक लेखनमा एक सशक्त अथक हस्ताक्षर हुन्— प्रगति राई । राईका एक कविता संग्रह ‘बादी विज्ञप्ति’ सहित दुई उपन्यास ‘लेखककी स्वास्नी’ र ‘बिर्सिएको मृत्यु’ प्रकाशित छन् । ‘थाङ्ग्रा’ उपन्यास भने उनको ताजा शब्दकर्म हो, जुन चाँडै नै बजारमा, पाठक माझ आउँदै छ । यहाँ उनले आप्mनो दैनिकी, साहित्यिक यात्रा लेखन–अप्ठेरा, सामाजिक व्यवस्था, लेखनका निजी दृष्टिकोणसहित केही दुःखका, केही उत्साहका र दायित्वक...

जडवत औँलाहरू

जडवत औँलाहरू
बबिता बस्नेत गोली हान्नका लागि बन्दुक ताक्दै गर्दा ‘कुनै पनि बहानामा हिंसा गर्नु पाप हो’ भन्ने आवाजले उसको ध्यान मात्र होइन हात पनि आफूतर्फ खिच्यो । उफ ! लामो सास फेरेर फेरि उसले आँखा चिम्म गरी । आँखा चिम्लिनासाथ अगाडि उभिएर स्टिभले भन्यो—‘सिल्भिया, तिमी मलाई मार्न पनि सक्छ्यौ?’ उसले जवाफमा— ‘तिमीले त मेरो हत्या दुई वर्ष अघि नै गरिसकेका हौ, मेरो मनमा आउने सबै भावहरु तिमी र त्यो महिलाले खाईदिइसक्य...

साताकाे तीन कविता

साताकाे तीन कविता
नेपाली कविताको क्षेत्रमा दिपा राई पुन पछिल्लो समयमा कविता कथा र गीत लेखनमा सकृय नाम हो पुनको प्रकाशित कृतिहरु तिम्रो सपनाको म— कविता संग्रह २०६८ स्पन्दनका रागहरू— कविता संग्रह २०७० छुटेको बागदाता — कविता संग्रह २०७२ प्रतिरुप गीति एल्बम, २०७४ लगायतका कृतिहरु प्रकाशीत छ प्रस्तुत छ साताको तीन कविता । छुटेको बागदाता सपनाहरू उडेर समय स्तब्ध उभिएको बेला सुनसान मलाई तिमीले प्रेम गरेको क्षण म...

भाग— २ ग्रीस यात्राको सम्झना

भाग— २  ग्रीस यात्राको सम्झना
डा. गोविन्दराज भट्टराई दुबाई छोडेर एकघण्टाको हवाई उडानपश्चात्ताप उनीहरुले हाम्रो दिवा भोजन (लञ्च) वितरण गरे । आकाश एक सीमा–क्षेत्रमाथि पुगेको थियो होला । एउटी ‘लुमिनिता’ नाम टाँसेकी परिचारिकाले सर्वप्रथम हामी शाकाहारीजतिका भोजन व्याक ल्याइन् ।   एउटा फराकिलो किस्तीमा सजाएर ल्याइएका सर्दाममा एक ससनो प्लाष्टिक बट्टाभरि मिश्रित फलफूलका चाना, अर्काे बट्टामा हरियो सलाद, ब्राउन ब्रेडका दुई टुक्र...