हङकङमा विफा टाइफुन आउँदा नम्बर १० सिग्नल जारी
हङकङ अब्जर्भेटरीले जुलाई १९ तारीख बिहान २.२० बजे टाइफुन स्ट्यान्डबाइ सिग्नल नम्बर १ जारी गरेको थियो । त्यसबेला विफा नाम गरेको यो टाइफुन हङकङ शहरदेखि लगभग ८०० किलोमिटर दूर रहेकोे थियो । सामान्यतया कुनै पनि सामुद्री आँधी करिब ८०० किलोमिटरको दुरिमा आइपुगेमा हङकङको मौसम बिभागले स्ट्यान्डबाइ सिग्नल नम्बर एक जारी गर्ने गर्दछ ।
दक्षिण चीन सागरको उत्तरपूर्वी भाग अर्थात पर्ल नदीको मुहान तर्फ तीव...