क्रान्ति सुब्बा । हङकङ ।

मार्च ५ तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३७,५२९
.आयातित केस संख्या : ६
.हङकङको कुल केस : ४२७,९७८
.१,९९६ केसको भेरिएन्ट टेस्ट गर्दा २ वटा डेल्टा,१,६३१ केस ओमिक्रोन भेटियो। ३६३ केसको स्थिति अनिश्चित छ वा न्यून भाइरल लोडका कारण टेस्ट गर्न सकिएको छैन।

पाचौं लहर तथ्यांक
.पाचौं लहरले ल्याएको मृत्यु : १,५६१
.मृत्यु दर : ०.३६ %
.पुरुष मृतक : ९६१
.महिला मृतक : ६००
.मृतकको उमेर समूह: ११ महिना – १०८ वर्ष
.बाल मृतक : ६ (४जना १० वर्ष मुनीका)
.१८-५९ वर्षका मृतक : ७७
.६० वर्ष भन्दा माथिका मृतक : १,४७८ (९४%)
.८० वर्ष  भन्दा माथिका मृतक: १,०७३
.दिर्घरोगी मृतक : १,३४४
.नर्सिङ होम निवासी मृतक : ८८५ जना ६० वर्ष माथिका

१,३४१ जना मृतकको केसलाई अध्यन गर्दा ९१.३ प्रतिशतले खोपको डोज पुरा  नगरेको पाइयो । खोपको कोर्स पूरा गर्ने र नगर्ने  बिचमा मृत्युु दरको ठुलो अन्तर रहेको पाइएको छ। खोपको एक डोज पनि ग्रहण नगरेको मानिसमा मृत्यु दर १.२५% देखिएको थियो भने दुबै मात्रा खोप लाउने मानिसमा मृत्यु दर ०.०४ % रहेको देखियो। जम्मा ३१ गुणाको अन्तर  देखियो।

.मृत्यु संख्या : १५० जना (गत २४ घन्टामा)
.खोप नलाएका मृतक संख्या : १०९
.पुर्ण खोप लगाएका मृतक संख्या : २१
.एक खोप लगाएका मृतक संख्या : १९
.तीन खोप लगाएका मृतक संख्या: एक ३२ वर्षकि महिला
.मृतक ज्येष्ठ नागरिकको संख्या : १३७ (६५वर्ष माथिका)
.मृत्यु हुने मानिस: ९० जना पुरुष  ६० जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ३२ वर्ष देखि १०५ वर्ष
.नर्सिङ होमवासीको मृत्यु संख्या : ८२

.डिस्चार्ज हुनेको कुल संख्या : ७४५ ( गत २४ घन्टामा)
.प्रयोगमा आएको अस्पतालको बेड: ८६.३%
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस संख्या : ३०
.क्लोज कन्ट्याक्ट संख्या : ४०

.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : ३,७०४
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,१०२
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट : ३१,७२३

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ७,२१५
.पेन्नी बे क्वारेन्टाइनमा बस्नेको संख्या : करिब २,०००
.हाल क्रीटिकल बिरामीको संख्या : ६१ (४५ जनाले खोप लगाएका छैनन)
.सिरियस बिरामीको संख्या : १०९ (७७ जनाले खोप लाएका छैनन)

.अस्पताल प्राधिकरण कर्मचारी संक्रमित संख्या : ८,०५६
.१,२८७ जना जस्तो स्वास्थ्यकर्मी निको भएर काममा फर्किसके

. आज थप ४७ वटा वृद्ध आश्रम र १३ वटा  अपाङ्ग गृहमा संक्रमण फैलिएको थियो । आज ती गृहबाट ४२८ जना वासिन्दा र २०० जना कर्मचारीहरू संक्रमित भएका  थिए।
कुल सरदर ११,००० निवासी ३,१०० कर्मचारी हङकङका कुल ५८९ वटा संक्रमित नर्सिङ होमबाट संक्रमित हुने मानिस रहेकाछ्न।

मृतक मध्ये एक ४१ वर्षका पुरुष जो अपांग थिए र ऊनी आवासीय हेरचाह गृहमा बस्तथे। उनलाई क्विन एलिजाबेथ अस्पतालमा भर्ना गरिएको थियो र उनको मृत्यु मार्च ४ तारीख भएको थियो ।
अर्का एक ५४ वर्षका पुरुष जो क्यान्सर र मुटुको रोगबाट पीडित थिए उनको देहावसान क्विन एलिजाबेथ अस्पतालमा मार्च ४ तारीख भएको थियो ।
एक ३२ वर्षकी महिला जसले खोपको तीन डोज लगाएकी थिइन( साइनोभ्याकको दुई डोज र बायोएन्टेकको बुस्टर)  र रयापिड टेस्टबाट उनमा २८ फेब्रुअरीको दिन पोजिटिभ आएको थियो । ज्वरो आउने  र घाँटी सुन्निएपछी उनलाई प्रीन्सेस मार्गरेट अस्पतालमा मार्च २ तारीख बुधबार  भर्ना गरिएको थियो जहाँ उनको मृत्यु मार्च ४ तारीख भयो। उनको घाँटी क्यान्सरका कारण सुन्निएको बताइएको थियो ।
एक ५८ वर्षकी हृदय रोगबाट पीडित  महिला जो रेसिडेन्सियल केयर होममा बस्थिन । उनलाई कोभिड पोजिटिभ भएपछि प्रीन्सेस मार्गरेट अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु मार्च ४ तारीख दिउँसो भएको थियो ।
एक ५१ वर्षका उच्च रक्तचापबाट पीडित पुरुष प्रीन्सेस मार्गरेट अस्पतालमा भर्ना भएका थिए । ब्रेन हेमोरेज (मस्तिष्कको नशा फुटेर रगत बग्नु) भएपछि उनको मृत्यु मार्च ४ तारीख भयो।
एक ५९ वर्षकी नर्सिङ होम निवासी महिला जो क्विन मेरि अस्पतालमा भर्ना भएकी थिइन । उनमा क्यान्सर भएको पत्ता लागेपछि मार्च ४ तारीख उनको मृत्यु भयो। आज मृत्यु हुने चार जनामा दीर्घ रोग थियो भने २ जनामा स्वास्थ्य सम्बन्धि गम्भीर समस्या थियोे ।

डाक्टर आउले आज संक्रमित संख्या घट्यो भन्दैमा ढुक्क हुन सकिन्न । स्थितिलाई हामीले नियालेर बस्नुपर्छ अथवा रयापिड टेस्ट किटको प्रयोग मानिसहरुले गरेका कारण यस्तो भएको हुन सक्छ भने।
लकडाउन भएका केहि भवन वासी पोजिटिभ भएर पनि कम्युनिटी आइसोलेसन फेसिलिटी जान मानेका थिएनन।तर महामारी अध्यादेशको धारा ५९९ अनुसार भने सरकारले उचित ठहर गरेका जोकोही संक्रमित आइसोलेसन जानू पर्दछ आउले स्पष्ट पारे।

फेब्रुअरी र मार्च ३ तारीख भित्र मृत्यु भएका तर रिपोर्ट गर्न बाकी रहेका ७० जना मृतकलाई पनि मृतक सुची राखिएको थियो । जस अन्तर्गत ४० वर्ष देखी १०४ वर्ष बीचका ४४ जना पुरुष र २६ जना महिला परेका थिए ।

तपाईको प्रतिक्रिया