क्रान्ति सुब्बा

टेस्टिङ किटको औचित्यबारे क्यारी लामको भनाइ हेर्न माथिको भिडियो क्लिक गर्नुहोस

  हङकङ सरकारको गृह मामिला ब्यूरोले यही अप्रील ७ तारीखका दिन हङकङका १८ वटै जिल्लामा लगभग ९० स्थानमा एन्टि-इपिडेमिक सर्भिस ब्याग वितरण केन्द्र स्थापना गर्ने घोषणा अप्रिल ४ तारीख  गरेको  छ। अप्रिल २ तारीखदेखि सम्पूर्ण घरपरिवारको ढोकासम्म गइ वितरण गरिएका महामारी विरुद्ध लडने चीजबीज भएका झोलाहरू जसले प्राप्त गर्न सकेका छैनन उनीहरुले वितरण केन्द्रबाट आफ्नो हिस्सा संकलन गर्न सक्नेछन भनिएको छ।


एन्टि एपिडेमिक सर्भिस ब्याग निम्न बमोजिम च्यानलबाट वितरण हुनेछ ।

1. हाउजिङ डिपार्टमेन्ट  र हङकङ हाउजिङ सोसाइटीले आफ्नो पब्लिक हाउजिङमा बस्ने घरपरिवारलाई वितरण गर्दछ।

2. प्राइभेट हाउजिङ एस्टेटमा बस्ने घरपरिवारलाई एस्टेट मालिकको निगम अथवा घर मालिकहरूको कुनै  संस्था वा प्रोपर्टी म्यानेजमेन्ट कम्पनीहरुले वितरण गर्नेछ्न।

3. ” थ्री निल बिल्डिङ “(तीन वटा अवयब नभएका भवनहरु थ्री निल बिल्डिङस भित्र पर्छन जस्तै १. फ्लाट मालिकहरुको कर्पोरेसन नभएको २. रेसिडेन्टहरुको संचालक समिति नभएको ३. कुनै प्रोपर्टी म्यानेजमेन्ट नभएको ) र तल्लो तहका जनतालाई स्वयंसेवक र निजामती कर्मचारीहरूले घर-घरमा गएर वितरण गर्नेछन।

4. ग्रामीण वा दुर्गम क्षेत्रमा बस्ने परिवारहरूलाई गाउँ विकास समिति वा ह्यङ यी कुक भन्ने संस्थाले  वितरण गर्दछ। 
5. घरबारविहीन मानिसहरूलाई गैर-सरकारी संस्थाहरूले वितरण गर्दछ।


क्यारी लाम जनताको घरदैलोमा कीट वितरण गर्दै
वातावरण मन्त्री केएस वङ(दायाँबाट पाँचौ ) आफ्नो टिमका साथमा

ती वितरण बिन्दुहरू ७ देखि १३ अप्रिल सम्म संचालनमा रहनेछ्न। प्रत्येक घरदैलोमा महामारी विरोधी प्याकेज युक्त झोला वितरण गर्न गएका कर्मचारीले यदि  घरका कसैलाई पनि नभेटेमा एक संकलन स्लिप छोडेर  जान्छन। उक्त संकलन स्लिप देखाएर कुनै पनि  घरपरिवारले वितरण बिन्दुमा गएर आफ्नो भागको थैलो संकलन गर्न सक्नेछन। यदि कसैले महामारी विरुद्ध सरसामान भएको निशुल्क झोला प्राप्त गरेका छैनन र संकलन गर्ने रसिद छैन  भने पनि  आफ्नो जिल्लामा खोलिएको वितरण बिन्दुमा गइ सामान्य दर्ता प्रक्रिया पूरा गरेर झोला  संकलन गर्न सक्नेछन।

खाद्य तथा स्वास्थ्य मन्त्री प्रोफेसर सोफिया चान महामारी कीट प्याक वितरण गर्दै

गृह मामिलाका कार्यवाहक सचिव ज्याक च्यानले भने  “गृह मामिला ब्यूरो, गृह मामिला विभाग , १८ वटा जिल्लाका जिल्ला अफिसर, निजामती कर्मचारी साथै लगभग १७,००० स्वयंसेवकहरूको सक्रियतामा महामारी विरोधी प्याकेजयुक्त झोलाहरू सहज रूपमा वितरण हुदैछ जुन कार्यलाई जनताले पनि ठूलो स्वागत गरेका छन। यसरी आफ्नो फिक्री गरेकोमा जनताले  देश र सरकारलाई धन्यवाद दिएका छ्न।  र यस्तो  महामारीको बेला प्रदान गरिएको महामारी विरुद्धका संसाधनले  ठूलो मद्दत गर्ने बताएका छ्न।”

संबैधानिक तथा मेनल्याण्ड मामिला मन्त्री वङ ताइ सिन स्थित एउटा थ्री निल बिल्डिङमा एन्टि-एपिडेमिक सर्भिस व्याग दिदै

हङकङ सरकारले जनसाधारणलाई अप्रिल ८, ९ र १० तारीख दैनिक रयापिड एन्टिजेन टेस्ट कीट मार्फत परिक्षण गरि पोजिटिभ आएकाले रिपोर्ट गर्न अनुरोध गरेकोछ। यदि त्यसबेला कसैलाई रयापिड एन्टिजेन टेस्ट कीट चाहिएमा अप्रील ७ र ८ तारीखका दिन कुनै पनि जिल्ला कार्यलयले स्थापना गरेको वितरण केन्द्रमा गएर संकलन गर्न सकिनेछ । 
कार्यकारी प्रमुख क्यारी लामले पनि तीन दिनको टेस्टमा नागरिकले स्वेच्छापुर्वक  भाग लिने हो भन्दै आएकी छिन। उक्त अवधिमा पोजेटिभ आउनेले २४ घन्टाभित्र अन्लाईन डिक्लेरेशन प्लेटफर्म मार्फत रिपोर्ट अपलोड गर्नुपर्ने छ। तर यो स्वेच्छिक टेस्ट भविष्यमा गरिने कम्पलसरी युनिभर्सल टेस्टिङको सट्टामा आएको होइन भनेर लामले स्पष्ट भनेकी छिन। पाँचौ लहर सामान्य भएपछि अनिवार्य आम परिक्षण जारी गर्ने शर्तमा तत्कालको लागि  निलम्बन भएको अवस्थामा रहेको छ।

विकास मन्त्री माइकल वङ कीट क्वारी बे वासिन्दालाई हस्तान्तरण गर्दै
वित्तीय तथा आर्थिक विकास मन्त्री एडवार्ड याउ ,आँप लेइ चाउ स्थित थ्री निल बिल्डिङवासीलाई कीट प्याक वितरण गर्दै

मास्क , टेस्टिङ कीट आदि भएको झोला संकलन गर्ने स्थानहरु निम्न बमोजिम छ्न

लोकसेवा मन्त्री पेट्रीक निप चुन वान एरियामा सर्भिस ब्याग बाँडदै
श्रम तथा जनकल्याण मन्त्री डाक्टर ल चि-क्वङ ,क्वुन तङ स्थित पुरानो भवनमा कीट वितरण गर्दै
इनोभेसन एन्ड टेक्नोलोजी मन्त्री अल्फ्रेड सिट महामारी विरुद्धको सर्दम वितरण गर्दै वेस्टर्न डिस्ट्रीक्ट एरियामा

तपाईको प्रतिक्रिया