श्याम स्मृत,अमेरिका। जाति, धर्म तथा राजनीतिक विचार भन्दा माथि उठेर विश्वभरीका नेपालीलाई एउटै शुत्रमा एकताबद्ध गर्दै लैजाने महान उदेश्य अनुरुप स्थापित संस्था हामी नेपाली ग्लोबलको क्यालिफोर्निया च्याप्टर गठन भएको छ यही जुन १९ तारीख जसको अध्यक्ष पदमा मदन पाण्डेको चयन भएको छ।

क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सर्वसम्मतिले   च्याप्टरको प्रथम उपाध्यक्षमा मुना प्यकुरेल, द्वितीय उपाध्यक्ष अर्जुन पौडेल, तृतीया उपाध्यक्ष मदन तमाङ, महासचिवमा नवा तिवारी, सचिव गणेश भट्टराई, कोषाध्यक्ष रोशन अधिकारी, सह–कोषाध्यक्ष तुला राम बजगाइँ चयन भएका  छन। महिला संयोजक ममता बुढाथोकी, युवा संयोजक बविन थापा, संस्कृति र मनोरञ्जन संयोजकमा कृष्णा बुढाथोकी र सजन बोहोरा चयन भएका  छन।

प्रमुख कार्यकारी अधिकृतमा रोशन अधिकारी, जनसंपर्क अधिकृतमा हेम बहादुर ठकुला र जोसेफ घले चयन भएका छन। सदस्यहरुमा बिकास ठकुरी, राम कृष्णा भट्टराई, हर्क भण्डारी, इन्दिरा कार्की, राधा आचार्य, बिजय चौधरी, प्रकाश बिस्ट, नवराज मुड़वरी, नीरकाजी गुरुङ, अंङ छिरिंङ शेर्पा, महेश राणा मगर,ऋषि ढकाल ,किशोर बिष्ट रहेका छन।

गठन कार्यक्रममा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले संस्था स्थापना गर्नुको आवश्यकता तथा औचित्यमाथि प्रकाश पारेका थिए। त्यसैगरी समाजका उपाध्यक्ष टेक लामा, एनआरएनए क्यालिफोर्निया आरसीसी श्रीराम थापा, एन आर एनका अभियन्ता बिजय कुमार चौधरी लगायतले शुभकामना दिएका थिए।

हामी नेपाली ग्लोबलका स्पोर्ट डाइरेक्टर मोहन वाइवाले निकट भविष्यमा खेलकुद अभियानलाई अगाडि बढाउने बताउँदै सकेको सहयोग गर्न सबैमा अपिल गरेका थिए।
त्यस्तै समाजका निवर्तमान आरसीसी रोशन अधिकारीले क्यालिफोर्निया मात्र नभएर अन्य राज्यमा पनि च्याप्टर छिटै विस्तार गठन गरेर संस्थालाई बलियो बनाउनुपर्ने कुरा राखेका थिए । तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेवाङ लामाको समेत उपस्थिति थियो। एन आर एनएका सक्रिय क्यालिफोर्निया च्याप्टरको युवा जोसेफ घलेले समाज निर्माणको लागि समर्थन र सहयोग गर्नेहरुलाई संस्थाले हिरो अवार्डवाट पुरस्कृत गर्ने गरेको खुलासा गरे । कार्यक्रम रोशन अधिकारीले संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया