क्रान्ति सुब्बा

अगस्ट २४ तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७,८८४
.स्थानीय केस संख्या : ७,६७७
.पिसिआरबाट पुष्टि केस संख्या : २,९३४
.एन्टिजेनबाट पुष्टि केस : ४,७४३
.आयातित केस संख्या : २०७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८२ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ४६ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
५६ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
२३ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.आयातित केस अन्तर्गत इन्डियाबाट ३२ जना , अमेरिकाबाट आएका ३१ केस ,फिलिपिन्सबाट १९ केस  , युकेबाट १८ केस , थाइल्यान्डबाट १३ केस , सिंगापुरबाट १८ केस, नेपालबाट १२ केस आएका थिए ।

.कुल संक्रमित संख्या : १,४७९,३९३ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,६३४ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२९१,४०८

. ९ वटा नर्सिङ होमबाट ७ जना वासिन्दा २ जना कर्मचारी  र ६ वटा अपांग आश्रमका ६ जना वासिन्दा संक्रमित भएका थिए । कुल जना क्लोज कन्ट्याक्ट्को सुचीमा परेका थिए जसलाई क्वारेन्टाइन लगिने भएको थियो ।

.७२ वटा स्कुलबाट १०१ वटा केस आएका थिए जसमा ७४ जना विद्यार्थी र २७ जना टिचिङ स्टाफ परेका थिए ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,४२१
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १४ जना । मृत्यु हुनेमा ४५ देखि ९७ वर्ष  बीचका १० जना पुरुष र ४ जना महिला परेका थिए । १० जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,१८३

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ६
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ५
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ३९ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ३२
.आइसियुमा रहेकोे बिरामीको संख्या : ९
.गत २४ घन्टामा निको भएका बिमारी : २६८
.डिस्चार्ज भएका बिमारी : २४७
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ११ संक्रमितको संपर्क आएका मानिसको संख्या :
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी :
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :४१

पामेला युडे नेथर्सोल इस्टर्न अस्पतालमा एकजना ९५ वर्षीय बिरामी पोजिटिभ फेला परे।  कन्ट्याक्ट ट्रेसिङका क्रममा थप ५ जना बिरामी र ४ जना कर्मचारीमा पोजेटिभ देखिएको छ । २० अगस्टमा विवाह भोजमा भाग लिएपछि क्वङ वाह अस्पतालका ४ डाक्टर, क्वीन मेरी अस्पतालका १ डाक्टर र प्रिन्सेस मार्गरेट अस्पतालका १ डाक्टरको पोजेटिभ भएका छ्न ।

स्वास्थ्य अधिकारीहरूले दैनिक केस १०,००० मा पुग्ने अवस्था आएमा सामाजिक दूरीका नियमहरु कडा गर्ने कि नगर्ने भनेर समीक्षा गर्ने निधोमा पुगेका छन ।

स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शनको सरुवा रोग शाखाकि  प्रमुख चुआङ सुक-क्वानले  “दिनहुँ बढ्दो गतिमा केसहरू बढेको देख्दा केस बढ्ने क्रमले कस्तो आकार ग्रहण गर्छ भन्न कठिन छ भनिन।

“यदि केसहरु बढ्दै गए भने, सरकारले सामाजिक दूरीका नियमहरूलाई फेरि कडा गर्न सक्छ,” उनले भनिन्।

तपाईको प्रतिक्रिया