क्रान्ति सुब्बा

भिडियो हेर्न माथि क्लिक गर्नुहोस्

टाइफुन मा-ओनको खासै गम्भीर प्रभाव नपरेको स्थिति रहयो हङकङमा । अगस्ट २४ तारिख मध्य रात सम्मको खबर अनुसार गृह विभागले भैपरी आउने तथा आपतकालीन अवस्थाको सामाना गर्नुपर्ने नागरिकको लागि हङकङका  विभिन्न जिल्लामा ३० अस्थायी आश्रयस्थल खोलेको थियो जहाँ   १२० जनाले आश्रयस्थलमा शरण लिएका थिए ।

२४ तारीख राति ११ बजेसम्म रुख ढलेको, पहिरो खसेको वा बाढी आएको कुनै रिपोर्ट आएको थिएन  ।

अस्पताल प्राधिकरणका अनुसार राति ९ः३० बजेसम्मको हावाहुरीमा एकजना घाइते भएको  र उनको आकस्मिक विभागमा उपचार भएको थियो  ।

अहिले आँधी मा-ओन हङकङबाट टाढा जादैछ। स्थानीय हावाको गति पनि क्रमशः कमजोर हुदै गैरहेछ। आज बिहान ८ बजेको रिपोर्ट अनुसार यो आँधी हङकङदेखि २८० किलोमीटर दक्षिणपश्चिममा अवस्थित थियो । र यो प्रति घन्टा २८ किलोमीटरको स्पिडमा पश्चिमी ग्वाङ्डोङको किनारमा रहेको आफ्नो गन्तव्य तिर लम्किरहेको थियो । यदि हावाको बेग उल्लेखनीय स्तरले घटेमा हङकङको मौसम बिभागले हाल जारी अवस्थामा रहेकोे नम्बर ८ टाइफुनको स्थानमा नम्बर ३ सिग्नल बिहान ९ बजे देखि ११ बजेको बीचमा जारी गर्ने भनेको थियो ।

त्यसो त टाइफुनका कारण धेरैजसो स्कुल आज बन्द भएको छ। बिहीवारको स्टक ट्रेडिङ बन्द हुने भएको छ।

शिक्षा व्युरोले सबै मर्निङ र फुल डे स्कुल निलम्बन भएको घोषणा गरेको छ। यदि टाइफुन नम्बर आज बिहान १०:३० अगाडि नै नम्बर ३ सिग्नलमा झरेमा प्राइमरी,सेकन्डरी स्कुलको दिउँसोको क्लास र इभिनिङ स्कुलहरु संचालनमा आउनेछ ।

टाइफुन नम्बर ८ अगस्ट २४ तारीख बुधबार बेलुकी ७:२५ बजे जारी भएको थियो । र यो आँधी हङकङ देखि २०० किलोमीटर साउथ- साउथवेस्टको इर्दगिर्दमा अगस्ट २५ तारीख बिहान ३:४५ बजे चक्कर लाउदै आइपुगेको हो।

हङकङ बेधशालाले आज बिहान ९:२० बजे टाइफुन नम्बर ८ लाई क्यान्सल गरेर टाइफुन नम्बर ३ जारी गरेको छ।

हावाको बेग प्रती घन्टा ४१ देखि ६२ किलोमीटर रहने अपेक्षा गरिएको छ। हावाको बेग थप कम्जोर हुँदै गएमा मौसम बिभागले स्थिति अनुसार स्टेन्डबाइ सिग्नल नम्बर १ नत्र आँधी सम्बन्धि सबै चेतावनी संकेतलाई खारेज गर्नेछ ।

तपाईको प्रतिक्रिया