क्रान्ति सुब्बा

स्कुलमाथि नयाँ खोप नियम लागु

हङकङको शिक्षा ब्यूरोले हङकङका बिद्यालयहरुलाई यही नोभेम्बर १ देखि कोभिड-१९ खोप संबंधी नयाँ नियम लागु गरिनेछ भनेर पत्राचार गरेकोछ। स्कुलमा लागु हुने खोप संबंधी नयाँ नियम यस प्रकार छ:

.कुनै पनि  माध्यमिक विद्यालयहरू (विशेष विद्यालयहरू सहित) ले यही नोभेम्बर १ मा वा सो दिन भन्दा पछि विद्यालयका सम्पूर्ण विद्यार्थीलाई उपस्थित गराएर होस वा निजी स्तरको कक्षा संचालनको लागी होस, यदि फुल डे फेस टु फेस कक्षा संचालन गर्न चाहन्छ्न भने कुल विद्यार्थी संख्याको ९०% विद्यार्थीले वा प्रत्येक तहको ९०% विद्यार्थीले खोपको तीन डोज पूरा गरेको  हुनुपर्छ ।
.तेस्रो खोप लाउनु नपर्ने विद्यार्थीहरु -पछिल्लो छ महिनामा खोपको दुई डोज पाएका विद्यार्थीहरू , कोमिनार्टी खोपको दुई डोजलाइ पुर्ण खोप मानिने भएकोले यो खोपको दुई डोज लगाएका २, ५ देखि ११ वर्षका विद्यार्थीहरू वा कोभिड १९ बाट संक्रमित विद्यार्थीहरू जसलाई  तेस्रो डोजको आवश्यकता पर्दैन।

.शिक्षा ब्यूरोले संबंधित विद्यालयको अवस्था हेरेर  सम्बन्धित विद्यार्थीहरूलाई फुल डे फेस टु फेस क्लासमा उपस्थित हुने व्यवस्था गर्न अघि नै तीन डोज लगाइ सक्नु पर्ने छ।। अन्यथा विद्यालयहरूलाई  आधा दिन मात्र  आमनेसामने कक्षाहरू सञ्चालन गर्न अनुमति दिइनेछ । विद्यालयहरूले जतिसक्दो चाँडो सम्बन्धित सरोकारवालाहरू (अभिभावकहरूलगायत) सँग सम्पर्क राखेर यो नयाँ प्राबधानबारे सुसूचित गराउनु पर्दछ पत्रमा भनिएको छ।

गर्मी बिदा सकिएर यही सेप्टेम्बर १ तारीखबाट हङकङका स्कुलहरु संचालनमा आउदैछ्न । तत्कालको लागी माध्यमिक तहको स्कुलले पुर्ण कालिन प्रत्यक्ष कक्षा संचालन गर्ने हो भने तत स्कुलका ९० प्रतिशत विद्यार्थीले खोपको दुई मात्रा ग्रहण गरेको हुनुपर्ने नियम छ।

तर नोभेम्बरदेखि भने खोपको तीन मात्रा लगाएको हुनुपर्छ भनिएको छ।

प्राइमरी स्कुलले भने नानीहरूले जतिवटै खोप ग्रहण गरेको भएता पनि हाफ डे क्लास मात्र संचालन गर्न पाउनेछ । किन्टरगार्टेनका बच्चाहरुले मर्निङ क्लास या त आफ्टरनुन क्लासमा मात्र हाजिर हुन पाउँछन् । दुइटै सेसनमा हाजिर हुन पाउदैनन् ।


केस संख्याले १० हजार नाघेमा कोभिड नियम अझ कडा हुने

हङकङमा मार्च २५ तारीख देखि यता दैनिक संक्रमित केस ९ भन्दा तल नै रहेको थियो तर अहिले दैनिक संक्रमित संख्याले त्यो अंक नाघेको छ। यदि दैनिक केसले १०,००० नाघेमा हङकङ सरकारले कुनै पनि बेला महामारी रोकथाम तथा नियन्त्रण संबंधी नियम  कडा बनाउन सकिनेछ भनिसकेको छ।

चिकित्सक संघको सरुवा रोगसम्बन्धी सल्लाहकार समितिका सह-अध्यक्ष डा जोसेफ चाङ के–यानले अगस्ट ३० तारिख बिहान एक रेडियो कार्यक्रममा यो भाइरस तुलनात्मक रूपमा छोटो अवधिमा धेरै फैलिएको स्विकार्दै यो महामारीको पाँचौं लहरको प्रारम्भिक चरणमा संक्रमित भएका धेरै नागरिकको एन्टिबडीको स्तर घटिसकेको बताए। दैनिक केसमा वृद्धि आउने क्रम नरोकिने  र अर्को महिना अर्थात सेप्टेम्बरमा मात्र केस बढ्ने क्रम शिखरमा पुग्ने बताए ।

चाङले पनि अन्य केहि विज्ञले प्रकट गरेको अभिमत झैं  सामाजिक दूरीका नियमहरूलाई कडाई गर्दैमा पुष्टि केसको संख्यामा गिरावट नआउने बरु उल्टै समाजले ठुलो मुल्य चुकाउने  बिश्वास प्रकट गरे। सरकारले आर्थिक हित र महामारी नियन्त्रणलाई सन्तुलनमा राखेर आगामी महामारी रोकथामका उपायहरू तय गर्ने उनको विश्वास छ ।


अगस्ट ३० तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,८४८
.स्थानीय केस संख्या : ८,६११
.पिसिआरबाट पुष्टि केस संख्या : २,६२२
.एन्टिजेनबाट पुष्टि केस : ५,९४९
.आयातित केस संख्या : २३७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८३ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ४३ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.९४ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.१७ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.युकेबाट आएको केस: २४

.इन्डियाबाट आएको केस: २५
.फिलिपिन्सबाट आएको केस : १९
.अमेरिकाबाट  आएको केस:
.थाइल्यान्डबाट आएको केस: २३
.सिंगापुरबाट आएको केस : ११
.अष्ट्रेलियाबाट आएको केस :
.भिएतनामबाट आएको केस:
.क्यानाडाबाट आएको केस:

.कुल संक्रमित संख्या : १,५३१,३०८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,६८१ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३१६,४५५

. ६ वटा नर्सिङ होमबाट ७ जना वासिन्दा र २ वटा अपांग आश्रमबाट २ जना वासिन्दा संक्रमित भएका थिए ।
.१४० वटा स्कुलबाट ३१९ वटा केस आएका थिए । जसमा २३८ जना विद्यार्थी र ८१ जना शिक्षण संबद्ध कर्मचारी थिए । ७ वटा स्कुल निलम्बनको सुचीमा परेका थिए ।

.बिए.४/५ बाट संक्रमित हुने  संख्या कुल बिरामीको ५६.२ प्रतिशत रहेकोछ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,४६८
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १३ जना । मृत्यु हुनेमा ५४  देखि ९७ वर्ष  बीचका ८जना पुरुष र ५ जना महिला परेका थिए । १० जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। ५ जनाले खोप लगाएका थिएनन्  र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,५८५

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या :५
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : १२
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४७ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ४५
.आइसियुमा रहेकोे बिरामीको संख्या : १३
.गत २४ घन्टामा निको भएका बिमारी : ३०४
.डिस्चार्ज भएका बिमारी : २६३
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ५ संक्रमितको संपर्क आएका मानिसको संख्या : ८
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १८२
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ५७

.प्रीन्सेस अफ मार्गरेट अस्पतालका एक ७६ वर्षका पुरुष बिरामीलाई  २७ अगस्टका दिन भर्ना हुने क्रममा गरिएको परिक्षणले संक्रमण पुष्टि गरेको थियो । कन्ट्याक्ट् ट्रेसिङको क्रममा अरु ६ जना उमेर ४६ देखि ८३ वर्ष बीच पुरुष र ३ जना कर्मचारी  पोजिटिभ भएका थिए ।

तपाईको प्रतिक्रिया