शेखर राई/ राकेश राई
न्यूह्यम्सायर,अमेरिका ।

यूनाईटेड किरात  राई अर्गनाईजेसन आफ अमेरिका( UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरले वार्षिक कार्यतालिकामा समावेश गरिएको आफ्नो  ग्रिष्मकालिन वनभोज कार्यक्रम गत २१ आगष्ट, २०२२ का दिन संस्थाका सदस्यहरु तथा नव आगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न गर्‍यो ।

एटलान्टिक ओसनको किनारमा अवस्थित न्यू ह्यम्पसायर राज्यको न्यू क्यासल टाउनमा पर्ने न्यूक्यासल कमन्स पार्कमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु सहितको उक्त वनभोज कार्यक्रममा न्यूयोर्क, बोष्टन म्यासाचुसेटस र न्यूहाम्सायर राज्य निवासी किरात परिवारहरु तथा आमन्त्रित पहुनाहरू समेत गरी २०० जनाको सहभागिता रहेको थियो। वनभोजमा संस्थाका संस्थापक अध्यक्ष , फिप्ना तथा एनआरएनए, एसिसि (NRNA, NCC)का पूर्व अध्यक्ष शिव कुमार राई, पूर्व केन्द्रिय अध्यक्ष विष्णु कुमार राई, कानुनी सल्लाहकार शुरेश चाम्लिड राई, संस्थापक सदस्य धौलावीर राई, कल्चर संयोजक द्वय गुल्सन राई र लक्ष्मी कुमार राई, संस्थाका वरिष्ट सदस्य (Senior member) धर्म कुमारी राई, पशुपति गुरूङ्ग अन्तराष्ट्रिय साहित्य समाज, म्यासाचुसेट्स च्याप्टर अध्यक्ष दिपा राई पुन , न्यूहाम्सायर नेपाली समाजका संस्थापक अध्यक्ष मिन गौतम तथा वर्तमान उपाध्यक्ष लाक्पा शेर्पा, गुरूङ्ग समाज न्यूह्याम्सायरका प्रतिनिधि सदस्य याम घले साथै वोष्टन फूटबल टिमका अध्यक्ष विमल रेग्मीको उपस्थिति रहेको  थियो।

यूनाईटेड किरात  राई अर्गनाईजेसन आफ अमेरिका
(UKROA) ले वोष्टन फूटबल टिमको आयोजनामा हालै सम्मन्न गरेको गेमको लागि आर्थिक सहयोग गरे वापत टिमको तर्फबाट अध्यक्ष विमल रेग्मीले संस्थाप्रति आभार प्रकट गर्दै  यूनाईटेड किरात  राई अर्गनाईजेसन आफ अमेरिका (UKROA) ईङ्गल्याण्ड च्याप्टर अध्यक्ष कर्ण राईलाई प्रशंसा पत्र सहित ट्रफी प्रदान गर्नु भएको थियो। उक्त ट्रफी र प्रसंशा पत्र ग्रहण गर्दै अध्यक्ष राईले बोस्टन टिम संगको प्रगाढ सम्वन्धबारे प्रकाश पार्दै निकट भविष्यमा संस्थाले आपसी सहकार्य गरी वोष्टनमा एक वृहत फूटबल खेलको आयोजना गर्ने योजना रहेको कुरा पनि वताउनु भयो।

​विध्यार्थी भाइ वहिनीहरूको गृष्मकालिन दुई महिने लामो विदाको अन्त्यसंगै नयाँ शैक्षिक सत्र शुभारम्भ हुनु भन्दा ठिक अगाडी सदस्यहरुमा भाईचारा, बन्धुत्व र मित्रताको भावना मजबुत बनाउने उदेश्यका साथ सन् २०१६ देखी निरन्तर रुपमा संस्थाले गृष्मकालिन बनभोज कार्यक्रम आयोजना गर्दै आईरहेको थियो।

कोरोना महामारीका कारण सन २०२० र २०२१ दुई वर्ष संस्थाले ग्रिष्मकालिन वनभोजको आयोजना गर्न सकेको थिएन । कोरोना विरुद्धको खोप उपलब्ध भएसंगै मानवीय जीवन सहजतातर्फ उन्मुख रहेकोले यसवर्ष देखी पूनः `ओकरोआ समर पिकनिक´ (“UKROA SUMMER PICNIC”) लाई निरन्तरता दिइएको च्याप्टर अध्यक्ष राईले बताउनु भयो। उहाँले संस्थामा आबद्ध  हुनु भएका नयाँ सदस्यहरू र अमेरिकामा पारिवारिक भ्रमणमा रहनु भएका ७ जना सदस्यहरू- श्री मनि कुमार राई, श्रीमती निलम राई, श्रीमती विमला चाम्लिङ राई, सरिना राई, शान्ति सुब्बा , अशन राई र पवना राईलाई खदा लगाई स्वागत तथा सम्मान गर्नु भएको थियो । नव सदस्यहरूले संस्थाको लोगो अंकित स्वागत केक पनि सामुहिक रूपमा काट्नु भएको थियो। सोहि अवसरमा दुई वालिका भूमिका राई र लिली होस्फिल्डले भाइलनको सुमधुर स्वगत धून पनि प्रस्तुत  गरेका थिए।

अध्यक्ष राईले पाहुनाहरूलाई स्वागत गर्ने क्रममा संस्थाले आफ्नो मातृदेश नेपालबाट अमेरिकामा स्थाई बसोबास  गर्न आउनु भएका र अमेरिका स्थित आफ्नो परिवार भेटघाटका क्रममा आउनु भएका आफन्तहरूलाई यसरी स्वागत  तथा सम्मान गर्न पाउनु हाम्रो शौभाग्य हो भन्नु भयो। वनभोज कार्यक्रममा मिठा मिठा खानाका परिकारहरू तयार गर्नु हुने सम्पूर्ण स्वयं सेवकहरु श्यामा राई, प्रेमा गुरुङ राई, प्रमिला राई, कमला राई, शोभा राई, भोज कुमारी राई, विशेष सेफ तथा केन्द्रिय कोषाध्यक्ष राजन कुथुमी र च्याप्टर वोर्ड सदस्य यूवराज राई, विशाल थापा लगायत स्पटमा खट्नु हुने सबै सदस्यहरूलाई धन्यवाद दिनु भयो।

सम्मानित हुनु भएका पाहुनाहरूको तर्फबाट मनि कुमार राईले संस्थाबाट गरिएको स्वागत तथा सम्मानको लागि धन्यवाद दिनु हुदै संस्थाका सम्पूर्ण टिमलाई आफ्नो पवित्र मनको फूलमाला लगाई दिएर सम्पूर्णको धेरै धेरै उन्नति र प्रगति होस् भन्दै आशिर्वाद दिनु भयो। उहाँले किरातहरू विश्वभरी यसैगरी फैलिनु पर्छ। हामी तीन चुला पुज्ने पारूहाङ्ग र सुम्निमाको सन्तान भएकोले एट्लान्टिक सागर जस्तै विशाल र शितल बन्न सक्नु पर्छ।हामीले “वन पस्दा रूख चिन्न सक्नु पर्छ र गाउँ  पस्दा मान्छे चिन्न सक्नु पर्छ “ भन्ने लोकोक्तिलाई जोड्दै आफूले सिकेको ज्ञान, शीप र धन मातृभूमी नेपालको लागि पनि उपयोग गर्नु पर्छ भनी सुझाउनु भयो। त्यसैगरी सम्मानित अर्का सदस्य अशन राईले अमेरिका  आएपछि राईहरूको पनि संस्था छ भन्ने सुनेको तर आज पहिलो पटक यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको यस्तो वृहत वनभोज कार्यक्रममा सहभागी  भै समस्त किरात दाजुभाइ तथा दिदी वहिनीहरूसंग भेटघाट गर्ने मौका पाउँदा र संस्थाले आफूलाई यसरी स्वागत तथा सम्मान गर्दा ज्यादै खुशी लागेको कुरा बताउनु भयो। उहाँले सम्मानको लागि आयोजकलाई हृदयदेखि नै धन्यवाद दिदै संस्थाको आगामी कार्यक्रमहरू सकेसम्म नछुटाउने र संस्थालाई सकेको सहयोग गर्ने कुरा पनि बताउनु भयो।

सदा झैं यस वर्षको बनभोजमा पनि पोर्क र चिकेनको बिबिक्यु (BBQ) सहित बिभिन्न नेपाली परिकारहरुको साथमा परम्परागत किरातीको प्रख्यात परिकार “किनिमा र फर्सीको मुन्टा” पनि तयार गरिएको थियो।दिवा खानापछि बनभोजलाई स्मरणीय र मनोरञ्जनात्मक बनाउन च्याप्टरका महासचिव राकेश राईले बहुसंख्यक सदस्यहरुको सहभागीतामा बिङ्गो (BINGO) खेल, महिला तथा वालवालिकाहरुको लागि म्युजिकल चेयर (Musical Chair) र हण्डी फोर खेल रोचक ढंगले संचालन गरेका थिए। हण्डी फोर खेलमा कसैले सफलता हात पार्न नसकेता पनि विंगो खेलमा श्रीमति विमला चाम्लिडः राई प्रथम, म्युजिकल चेयर (Musical Chair) खेलको व्यस्क (Adult ) समूहमा श्रीमती दुर्गा राई र श्रीमती दिर्पा राई क्रमशः प्रथम र द्वितिय, त्यसैगरी बाल (Kid) समूहमा लिली होसफिल्ड र स्वतन्त्र राई क्रमशः प्रथम र द्वितिय हुनु भएका थिए।विजेताहरूलाई अध्यक्ष कर्ण राईले नगद पुरस्कार प्रदान गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा च्याप्टरका कोषाध्यक्ष तथा गायक चन्द्र कुमार राईले डिजेको रूपमा विभिन्न सांगितिक प्रस्तुति दिएका थिए र संगीतमा सम्पूर्ण सहभागीहरूलाई एटलाण्टिक ओसनको किनारमा वेजोडकासाथ नृत्य गराई भरपूर मनोरञ्जन दिलाउनु भएको थियो। कार्यक्रमको प्रारम्भ केन्द्रिय महासचिव मुक्ति नारायण राई र दोस्रो तथा खेल सम्वन्धि मनोरन्जनात्मक कार्यक्रम न्युइङ्ल्याण्ड च्याप्टरका सचिव राकेश राई र वोर्ड सदस्य यूवराज राईले संयुक्त रूपमा संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया