संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयका सचिव सुरेश अधिकारी र उहाँको टिमलाई जेएफके एयरपोर्टमा अमेरिकी नेपालीले गत अक्टोबर १० तारीख भव्य स्वागत गरेका थिए । सचिव अधिकारी र उनको टिमलाई स्वागत गर्न समाजसेवी तथा वरिष्ठ नेता राधाकृष्ण देउजा, न्युयोर्कका लागि नवनियुक्त पर्यटन सदभावना दुत फिप्नका उपाध्यक्ष चोन्जोन लामा , प्रवासी नेपाली एकता मञ्चका काेषाअध्यक्ष उमा लामा, किराँत याक्थुङ चुम्लुङका सभापति तथा हेल्लो अमेरिका अन्लाईन  (hello america online tv) का प्रस्ताेता सुमन थाम्सुहाङ , पत्रकार सान्तिराज राई, सन्तोष राई, हेल्लो अमेरिका अन्लाईन टिभीका सदस्य सम्राट कार्की, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) न्युयोर्क च्याप्टरका सभापति ममता खालिङ राई ,फिप्ना (FIPNA) का सभामुख सुवर्ण कुमार शाक्य , समाजसेवी कुमार श्रेष्ठ , अन्जान श्रेष्ठ र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।

अमेरिका आगमनको दाेस्राे दिन अर्थात अक्टोबर ११ तारीख न्युयोर्ककाे क्वीन्स, डिएक्सएन एभरेस्ट सेन्टर स्थित ग्याल्सुम्डो सेवासन्थाकाे कार्यालयमा एक अन्तरक्रिया कार्यक्रम न्युहेम्सायर राज्यको लागि नवनियुक्त सदभावनादुत शिव कुमार राइको अध्यक्षतामा आयोजना भएको थियो । शिव कुमार राई फिप्नाका पुर्व अध्यक्ष , एनआरएन आइसिसी (NRN ICC)का पूर्व मानार्थ सदस्य, आइसिसीका सिटिजन सिटिजनसीप तास्क फोर्सका सह अध्यक्ष, एनआरएनएका पुर्ब सभापति तथा युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । कार्यक्रममा केशव राम राईले स्वागत मन्तव्य गर्नु भएको थियो र मन्तव्यमा संभव भए र सकेसम्म नेपालमा पर्यटक भित्र्याउने पहल गर्नुका साथै नेपालमा उत्पादन भएका सामान सबै देशमा पुर्याउनकाे लागि मार्केटिङ गर्ने र न्युयोर्क स्टेटका मेयर एरिक एडम्सलाई नेपाल भ्रमण गराउन मेयरका एशियन एफेयरसका सल्लाहकार नवराज केसीसंग पहल गर्ने बताउनुभयो ।

यसैगरि कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदिको भ्रमण भएपछि  भारतबाट पर्यटक भित्रिने क्रम बढेको बताउनु भयो । त्यसैगरी  न्युयोर्कका मेयरलाई पनि  नेपाल घुम्न लान सकियो भने नेपालमा संसारबाट पर्यटक आउने सम्भावना बढ्ने कुरालाई औंल्याउनु भयो । नेपालमा कोभिड र डेङ्गीको कारण पर्यटकको जनसंख्या १२ लाख देखि घटेर एक लाख पचास हजारमा पुगेको तथ्य पेश गर्दै  आफ्नो देशको लागि सबैले  मिलेर अघि बढौं भन्नुभयो ।


यसैगरी बिशेष अतिथि पुरात्व बिभागका महानिर्देशक दामोदर गाैंतमले नेपालमा भएको महत्त्वपूर्ण मुर्ति १६ वटा भन्दा बेसी फर्काउनु सफल भएको र ती  मुर्तिहरु धातु  र पत्थरबाट निर्मित भएको बताउनुभयाे । ” हाम्रो देशमा भएका पुरातात्त्विक महत्त्वका वस्तु जाेगाउनु निक्कै गार्‍हो छ । सचिव ज्युले अहिले  विभिन्न निकायमा कुरा गर्दै वातावरणलाई सहज बनाउने प्रयास गरिरहनु भएको छ।” उहाँले  भन्नुभयो ।

यसैगरी गैरआवासीय न्युयोर्क च्याप्टरका सभापति आङछिरिङ्ग शेर्पाले नेपालमा पर्यटन प्रबर्द्धनको लागि यस पेशामा आबद्ध  कामदारहरुकाे हकहित र सुविधाको बिषयमा पनि सरकारको ध्यानाकर्षण हुन जरुरी छ भन्नुभयो । शेर्पा संघ अमेरिकाको निवर्तमान अध्यक्ष जाङ्बु शेर्पाले पर्यटन क्षेत्रमा काम गरेर हिमालमा ज्यान गुमाएका व्यक्तिहरुकाे परिवारका बिधुवा, टुहुरा बालबच्चा लागि कल्याण कोष खडा गरि सरकारले राहत प्रदान पर्दछ र सफल आराेहिहरुलाई सरकारले उचित कदर सहित  सुबिधा दिनु मा कन्जुस गर्नु नहुने भन्नुभयो ।


कार्यक्रममा सचिवकाे हातबाट ४ जना व्यक्तित्वलाई बिशेष सम्मान प्रदान गरिएको थियो । युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाकाे आजिवन सदस्य तथा कल्चर बिभाग प्रमुख यसाेदा खालिङ राईलाई गायन र नृत्य क्षेत्रमा याेगदान पुर्याएकाेमा, नायिका येन्सेर्ज  गुरुङलाई समाजमा  याेगदान पुर्याएकाेमा, पत्रकार सन्तोष बद्री राईलाई नेपाल र अमेरिकामा पत्रकारिता क्षेत्रमा याेगदान पुरयाएकोमा र हेल्लो अमेरिका अन्लाईन टिभीलाई अक्टोबर १ र २ तारीख  नाइग्रा फल्समा सम्पन्न नेपाल फेस्टिबल बिशेष सहयोग गरि याेगदान पुर्याएकोमा सम्मान गरिएको थियो।


यसै अवसरमा पर्यटन सांस्कृतिक तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेस अधिकारीले न्युयोर्कका लागि सदभावना दुतमा हालै नियुक्ति पाएका केसव राम राईलाई नियुक्ति पत्र दिनु भएको थियो।
युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका सभापति ममता खालिङ राईले कार्यक्रम संचालन गर्नु भएको थियो  ।

तपाईको प्रतिक्रिया