क्रान्ति सुब्बा

रग्बीको भिडियो

हङकङमा कोभिड-१९ को प्रकोप जारी छ। हङकङमा नोभेम्बर ५ तारीख एक्सबिबि (XBB) भेरिएन्ट भाइरसबाट थप ३ वटा स्थानीय केस थपिएका थिए । संक्रमित हुनेमा खोपको एक डोज लगाएका याउ चिम मोङ जिल्ला निवासी २९ वर्षीय पुरुष, तीन डोज खोप लगाएका  याउ चिम मोङ जिल्लानिवासी एक ६४ वर्षीय पुरुष  र बिना खोपका याउ चिम मोङ जिल्ला निवासी एक २७ वर्षीया महिला रहेका थिए ।

यसै सन्दर्भमा सरकारी विशेषज्ञ तथा सल्लाहकार एवं चिनियाँ विश्वविद्यालयको रेस्पिरेटरी मेडिसिन विभागका अध्यक्ष प्रोफेसर डेभिड हुईले नोभेम्बर ५ तारिख बिहान एक रेडियो कार्यक्रममा बोल्दै हङकङमा हालका दिनहरुमा दैनिक नवीन केस औसत ४,००० भन्दा बढी आइरहेको बताएका थिए । र भाइरसको तत्काल प्रजनन दर १ को नजिक रहेकोे जसले भाइरसको वृद्धि दर उकालो लागिरहेको कुरालाई इंगित गर्दछ भनेका थिए । तर हङकङमा साझा रोग प्रतिरोधात्मक क्षमता स्थापित भैसकेका कारण संक्रमित भैहाले पनि गम्भीर बिरामी नहुने र सितिमिति मृत्यु नहुने अवस्था रहेको कुरामा उनले आफ्नो बिश्वास व्यक्त गरेका थिए । हङकङमा संक्रमणबाट मृत्यु हुने नागरिक प्रायः भ्याक्सिन नलाएका व्यक्ति रहेको उनले स्पष्ट पारे।

हङकङमा कोभिड संक्रमणको यथार्थ अवस्था जाँच्ने अवसरको रूपमा हङकङमा यही सप्ताहन्तमा आयोजना हुनगैरहेको अन्तर्राष्ट्रिय सातौं रग्बी प्रीमियर टुर्नामेन्ट खेल हङकङ सेभेन्सलाई लिन सकिने कुरा हुइले बताए। २०,००० भन्दा बढी दर्शकहरू भेला हुने त्यस खेल पश्चात् केस संख्या ह्वात्तै बढेर आएन भने महामारी मापदण्डहरुलाई अरु नरम बनाउन सकिने धारणा उनले व्यक्त गरे। तर, अन्य भाइरसको संक्रमणबाट बच्न यो जाडो याम भरी  नागरिकले मास्क लगाउनुपर्ने धारणा उनको रहेको छ ।

त्यसो त कार्यकारी परिषदका संयोजक रेजिना इप लाउ सुक-यीले पनि  नोभेम्बर ४ तारीख हङकङ सेभेन्स खेल पश्चात् कोभिड केसहरू फर्किएर नआएको खण्डमा कोविड महामारी कन्ट्रोल गर्न लागु भएका नियमहरूलाई थप सहज बनाउन सकिने बताएकी थिइन।

उक्त खेलमा करिब २६,००० दर्शकहरू भेला हुन्छन् र परिसर भित्र नै खाने पिउने अनुमति पनि दिइएको हुन्छ। यस मानेमा संक्रमणको संभावनालाई कसी लगाउन सकिने अर्थमा यस्तो प्रतिक्रिया दिएकी थिइन।

उनले पनि यदि यो खेल समाप्त भए पछि कोभिड केसमा वृद्धि नआएमा सामाजिक दूरी सम्बन्धि नियमहरूलाई थप खुकुलो पार्न सकिने बताइन।

नयाँ म्युटेन्ट भाइरस स्ट्रेनबाट संक्रमित केसहरु  हङकङमा थपिरहेको भएता पनि अहिलेको स्थितिमा  हङकङमा ९०% भन्दा बढी संक्रमित केसहरू अझै पनि ओमिक्रोन बिए.४ (BA.4) वा बिए.५ (BA.5) का कारण आएको विश्वास हुइको रहेकोे छ।  यसैबीच हालै एक्सबिबी (XBB) म्युटेन्ट स्ट्रेन अत्यधिक संक्रामक भएर आएको छ। यसले खोपले दिने सुरक्षात्मक प्रभावकारितालाई धेरै कम गराएको छ। यो भेरिएन्ट सिंगापुरमा व्यापक रूपमा देखिएको छ तर यसको प्रकोपले स्थानीय चिकित्सा प्रणालीलाई भने असर गरेको छैन। हङकङमा देखिएका कुल आयातित केसहरूको ८% देखि ९% सम्म यही भाइरसले ओगटेको छ। ती मध्ये ६०% केसहरू आगमनको दिनमा फेला परेका थिए, र बाँकी केसहरू ७ दिन भित्र फेला परेका थिए। कोभिडको मौखिक औषधि र भ्याक्सिन पासलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिएमा र अन्य परिस्थितिले साथ दिएमा महामारी मापदण्डहरुलाई खुकुलो तुल्याउन सकिनेछ हुइले महामारीको वर्तमान सिनारियो बारे आफ्नो धारणा राख्ने क्रममा भनेका थिए ।


६ महिनाको शिशुको लागि खोप उपलब्ध

हङकङ सरकारले हङकङमा कोभिड महामारीको अवस्थाबारे नोभेम्बर ३ तारीख एक पत्रकार सम्मेलन गरेर केहि ताजा अप्डेटलाई सार्वजनिक गरेको थियो । अस्पताल प्राधिकरण रणनीति तथा योजना बिभागका निर्देशक डा लिब्बी ली हा-युनले पहिल्यैबाट वितरण भैरहेको  सिनोभ्याक खोपका अतिरिक्त अब ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई सरकारले बायोएन्टेक कर्मिनिटी कम्पनीले उत्पादन गरेको खोपको वाल संस्करण  उपलब्ध गराउन थालेको बताएकी थिइन।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाका लागि सरकारले खरिद गरेको खोपको शिशु संस्करण भने नोभेम्बर ४ तारीख हङकङ पुग्ने अपेक्षा गरिएको थियो  ।  सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोपको ३ डोज दिनुपर्ने बताएको छ ।  पहिलो र दोस्रो खुराक बीचको अन्तराल ५६ दिन रहेकोछ, र दोस्रो र तेस्रो खुराक बीचको अन्तराल ९० दिन रहेकोे छ।


नोभेम्बर ६ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,९८८
.स्थानीय केस संख्या : ४,५९३
.पिसिआरबाट पुष्टि केस संख्या : १,००२ (५०७ वटा पुष्टि केस ,४२३ वटा लक्षणहिन केस र ७२ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस:३,५९१

.आयातित केस संख्या : ३९५ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ३६४ जना ( ६० वटा पुष्टि केस ,२९५ वटा लक्षणहिन केस र ९ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३१
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना: २४७
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: १०३
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ४५

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या :१,००६,६५५
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: ९४१,०४०

.हङकङ स्वास्थ बिभागले अहिले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले नोभेम्बर ६ तारीख  सम्ममा  पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : २०८ वटा
.एक्सबिडी (XBD): ६ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ८ वटा
.बिए.४.६ (BA.4.6) : ७ वटा
.बिएफ.७ (BF.7): ११ वटा
.बिक्यु.१.१(BQ.1.1) : २९ वटा

.स्थानीय भेरिएन्ट
..एक्सबिबी(XBB) बाट संक्रमित संख्या : ११
.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित संख्या : ९ वटा .बिए.७५.२ बाट संक्रमित संख्या : १
.बिक्यु.१.१ बाट संक्रमित  संख्या : १९ वटा 

.अक्टोबर २८ देखि नोभेम्बर ३ तारीख बीचमा आएका लोकल केसमा ० प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ९०.७ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,९४२,७०७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,४५७ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,७५४,९६५

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १३
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि ६ नोभेम्बर सम्म   ) : १०,२५७ जना । जसमध्ये १०,१६९ जनाको मृत्यु अस्पतालमा भएको  अस्पताल प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८४ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ४ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,४७०

.अस्पतालमा भर्नारत बिरामीको संख्या : १,८७० ( नयाँ भर्ना भएका बिरामी :१६४)
.अक्सिजन थेरापीमा रहेका बिरामीको संख्या :१७४
.भेन्टिलेटरमा रहेका बिरामीको संख्या : १०
.आइसोलेसन वार्डमा रहेका बिरामीको संख्या : ४०२
.दोस्रो तहको वार्डमा रहेका बिरामीको संख्या : १०८
.नर्थ लान्ताउ हस्पिटल हङकङ इन्फेक्सन सेन्टर रहेका बिरामीको संख्या : ४२८ ( नयाँ बिरामीको संख्या : ११५)
.नयाँ क्रीटिकल बिरामीको संख्या : ५
.नयाँ गम्भीर बिरामीको संख्या : ४
. कुल क्रीटिकल बिरामीको संख्या: ३५
.कुल गम्भीर बिरामीको संख्या : ५१
.आइसियुमा रहेको बिरामीको संख्या : १०
.२४ घन्टाको अवधीमा निको भएका बिरामीको संख्या : १८० (डिस्चार्ज भएका बिरामी : १५२ जना)

तपाईको प्रतिक्रिया