न्युयोर्क । अमेरिकामा स्थापित नेपालीहरूको संस्था हामी नेपाली ग्लोबलले आफ्नो स्थापना दिवस  डिसेम्बर १७ तारिख मनाएको छ । कार्यक्रममा ग्लोबलका वरिष्ठ उपाध्यक्ष तथा न्युयोर्कका मेयर एरिक एडमको एशिया मामला हेर्ने कार्यालयका सल्लाहकार साथै कलेज पोइन्ट सिभिक एन्ड ट्याक्स पेयर्स एसोशिएसनका अध्यक्ष नवराज केसीले स्वागत मन्तव्य दिने क्रममा हामी नेपाली ग्लोबल संस्थाकाे मूल उदेश्य मध्ये एउटा नेपालमा पर्यटन भित्र्याउनु पनि हो । यस्तो कुराको पहल संसार भरि छरिएर बसेकाे नेपालीहरूले गर्नु पर्ने कुरामा उनले जोड दिए। संसारको जुनसुकै कुनालाई कर्मभुमि बनाई हामी बसेको भए पनि तत स्थानको लाेकल  सरकारसँग  सहकार्य गरि हामीले आफ्नाे देशको पर्यटन प्रवर्द्वन हुने हिसाबले प्रचार प्रसार गर्नुपर्ने बारे बताए ।


सभापति अमृत लामाले हामीले जहाँ गएपनि निजी लाभ भन्दा माथि उभेर आफ्नो देशको निम्ति साेच्नुपर्ने बताए । हामीले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्नसकेको खण्डमा देशको अर्थतन्त्रमा टेवा पुग्नेछ। सगरमाथा, बुद्ध, पशुपतिनाथ,सांस्कृतिक विविधता जस्ता विषय नेपालका आकर्षणका केन्द्र हुन उनले भने।

कार्यक्रम पदयात्राबाट शुरु भएको थियो। पदयात्रा डिएक्सएन एभरेस्ट सेन्टरदेखि टाइम स्क्वायर हुदै ज्याकशन हाइट, डाइभर्सिटी प्लाजामा टुङिएको थियो । पदयात्रीहरुले अमेरिका र नेपालको झण्डा, भिजिट नेपाल , हामी नेपाली शान्ती पदयात्रा लेखिएका ब्यानरहरु बोकेका थिए ।



सभामा परिणत भएको पदयात्रालाई केसी न्युयोर्क क्यारेक्टरका सिनियर उपसभापती ध्रुव कुँवर  र किराँत याक्थुङ चुम्लुङका सभापति सुमन थाम्सुहाङले पनि सम्बोधन गरेका थिए।  कार्यक्रममा युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका सभापति, कलाकार संघका उपाध्यक्ष वसन्ती राई, हामी नेपाली ग्लोबल अमेरिकाकाे केन्द्रीय सदस्य साङ्दुप्पा लामा,क्विन्स काउन्टी सल्लाहकार समितिका सदस्य श्याम कार्की हामी नेपाली ग्लोबलका केन्द्रीय सह कोषाध्यक्ष पशुपती श्रेष्ठ, हेल्लो अमेरिकाका एडिटर डाइरेक्टर संम्राट कार्की, पत्रकार सन्तोष राई र विभिन्न संस्थाका प्रतिनिधिकाे उपस्थिति रहेको थियो ।

न्युयोर्क कार्यालयले प्रदान गरेको कदर पत्र


डिएक्सएन एभरेस्ट सेन्टरको साउन्ड स्टुडियोमा सम्पन्न कार्यक्रममा नेपाल फेस्टिबल नाइग्रा फल्सका आयोजक टिम र स्पोन्सर गर्नुहुने सबैलाई कदर पत्र प्रदान गरिएको थियो । न्युयोर्क मेयर एरिक एडमका सल्लाहकार नवराज केसीले न्युयोर्कका लागि पर्यटन सदभाबना दुत केशवराम राई र हामी नेपाली ग्लोबल संस्थालाई न्युयोर्क अफिसको तर्फबाट विशेष सम्मान प्रदान गर्नु भएको थियो । कार्यक्रम हामी नेपाली ग्लोबलका संयोजक केशवराम राईले  सन्चालन गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया