अमेरिका । डिसेम्बर ८ तारिख बिहीबार अर्थात मंसिर पुर्णिमाको दिनदेखि प्रकृति पूजक किराती समुदायको उधौंली पुर्व सुरु भएको छ । किरातीहरुको यो परम्परागत पर्व पाँच हजार साल भन्दा प्राचीन रहेको छ। लिम्बूहरुले यसलाइ चासोक  तंगनाम, राइहरुले साकेला, सुनुवार समुदायले फ़ोलास्यादर र  याख्खाहरूले चासुवा भन्दछ्न । यो पर्व जिरेल, सुरेल, धिमाल, हायुहरुले पनि मनाउने गर्दछन ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाले यस पटक अत्यन्त  भव्य र सभ्य पुर्वक न्यूयोर्कको क्वींस स्थित शेर्पा किदुगमा यो पर्व मनाएको छ। हरेक वर्ष मनाईने यो पर्वमा अग्रज / तुम्यांग प्रेम मेन्यांगबोले मंसिरमा पाकेको धान, कोदो, सिम्बि लगायतका अन्न बाली (तागेरा नींवा फुंग माँग ) मानी ल्याएको देवी देउरालीलाई मुंधूम  फलाकेर,  चढ़ाएर मात्र आफ़ुले खानु पर्ने मान्याताका साथ यो पर्वको पुजा अर्चना गरि न्वाँगी चढ़ाएर सुरूवात गरिएको थियो । यो पर्वलाई न्वाँगी पूजा पनि भन्ने चलन छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि, लगायत बिभिन्न ब्यक्तिहरुले यस पर्व बारे मुंधूममा उल्लेखित कथाबारे मंतव्य राखेंको थिए । किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्शुहाङ लिम्बुले यो मंसिर पूर्णे देखि उधौंलि सुरु भएको हुनाले पहाड, हिमाल तीर अत्यधिक चीसो बढेर चराचुरूँगी, माछाहरु न्यानो खोज्दै मधेश तिर झर्ने अनि बैशाख पूर्णे देखि फेरि उभौंली सुरु हुने र मधेसतीर अत्यधिक गर्मीको कारण चराचुरूँगी, माछाहरु उभो माथी पहाड़, हिमाल तीर सर्दैजाने किराँती किंवदन्ती वा मान्याता रहेको बताउनु भयो ।
संस्थाका निवर्तमान अध्यक्ष बिरेन्द्र हाङ लाबुङको प्रमुख आतिथ्यतामा संपन्न उक्त कार्यक्रम संस्थाका यूवा महासचिव सूर्य लिङ्देनले सन्चालन गरेका थिए ।

कार्यक्रममा बिगत ७/८ वर्ष देखि निरंतर संस्थामा केलांग प्रशिक्षण गराई रहेका सल्लाकार, निवर्तमान उपाध्यक्ष कुबेर वनेमलाइ सम्मान पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया