क्रान्ति सुब्बा

भिडियो हीर्न माथी क्लिक गर्निहोस

पृष्ठभुमि

जनवरी २४ तारीख साँझ ।

स्थान : २/ फ्लोर , नम्बर ६ विङ अन स्ट्रीट , पेङ चाउ ।

सारा हङकङमा चाइनिज नयाँ वर्षको तेस्रो दिनको चहलपहल थियोे । हङकङको एकलासमा रहेको एउटा सानो द्विप पेङ चाउको ग्रामीण वातावरण प्रायः सुनासान नै रहन्छ । चिनियाँ जातिको महान चाड  नयाँ वर्षको अवसरमा हर्षोल्लासका साथ पारिवारिक जमघट हुने गर्दछ। साँझ परेदेखी नै माथि जनाइएको
बिल्डिङको दोस्रो तल्लामा रहेको एउटा सबडिभाइडेट फ्लाटमा केही मानिसहरु पार्टी मनाइरहेका थिए र ठुलो स्वरमा मानिस बोलेको आवाज आइरहेको थियो ।यस्तैमा आवश्यकता भन्दा ठुलो हल्ला गरेको भनेर कुनै एक छिमेकीले प्रहरीकहाँ उजुरी दियो।

पेङ चाउ द्विप

त्यसो त केहि छिमेकीले बताए अनुसार त्यो फ्लाटबाट नियमित जस्तै यस्ता हल्लाहरु समय समयमा आइरहन्थ्यो। यस पटक हल्ला शान्त पार्न केहि प्रहरी बेलुकी ८ बजेतिर सो फ्लाटमा गए ।
सो हाउजिङ  युनिटको उक्त करिब एक सय स्क्वायर फिटको फ्लाटमा ४ जना पुरुष र ४ जना महिला थिए । टेबुल पेय पदार्थले ढाकिएको थियो । प्रहरीले सम्झाइ बुझाइ गरेपछि हल्ला दुई घन्टाको लागी शान्त भएको थियो । त्यसपछि फेरि उनीहरु हल्ला गर्न थाले र प्रहरीले करिब १०:४१ बजे तिर फेरि कम्प्लेन रिसिभ गर्यो।
राति लगभग ११ बजे तिर दुइ जना प्रहरी त्यहाँ पुगे र  पुनः  ढोका ढकढक्याए। ढोकामा  दुई जना फिलिपिनो पुरुष देखा परे। दुइ जना मध्ये एकजना थिए एक ४३ वर्षका ओलिभर डि.एरिमास नाम गरेका एक पुरुष । अर्का पुरुष थिए ३३ वर्षका क्रीस । दुबै जना फिलिपिन्स मुलका हङकङ आइडी होल्डर हुन।

अकस्मात गोलि चल्यो

हल्ला गरेको रिपोर्ट अनुसार प्रहरीले आफ्नो अनुसन्धान प्रक्रियालाई अगाडि बढाउदै गर्दा अकस्मात ओलिभर आवेगमा आएर सिनियर प्रहरी अधिकारीमाथी जाइलागे। उनले उक्त पुरुष अफिसरलाई धकेलेर सिँढीबाट तल झारिदिए । मुक्का र लात्ती प्रयोग गरि रहे । प्रहरी र ऊनी बीच झडप परिरहयो। उनले आक्रमण गर्न नछोडेपछी  सिनियर प्रहरी अधिकारीले मौखिक चेतावनी दिदै पेप्पर स्प्रे (कालो मरिचबाट बनेको स्प्रे) प्रयोग गरे तर त्यसको कुनै प्रभाव उनी माथी परेन। अन्तमा प्रहरीले संदिग्ध व्यक्ति ओलिभर माथि आत्मरक्षाका लागि ३ वटा  गोलि चलायो । तीन वटा गोलीको शिकार भएपछि उनी घाइते भए। गोली संदिग्धको दाइने पाखुरा , कुम र कम्मरमा लागेको थियो ।
ओलिभरका साथी क्रीसले प्रहरीको कार्वाही प्रक्रियामा व्यवधान खडा गरेर अर्का एक पुरुष प्रहरी माथि हात उठाएका थिए । उनलाई प्रहरीको कार्य सम्पादनमा बाधा पुर्याएको र प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ गरि पुछताछको लागि हिरासतमा लिइएको थियो ।

झडपको क्रममा ती दुई जना प्रहरी अधिकारी पनि घाइते भएका थिए । क्षणान्तरमा प्रहरीको अतिरिक्त फोर्स आएर  घटनास्थललाई घेरा लगाइ अनुसन्धान गर्न थाले । उचाई १८० सेन्टिमिटर भएका घाइते फिलिपिनो नागरिकलाई सरकारी उडान सेवाको हेलिकप्टरबाट पामेला युडे नेदरसोल इस्टर्न अस्पताल, चाइ वान लगिएको थियो । अस्पताल लगेको बेला उनी होस मै थिए र उनको अवस्था क्रीटिकल थियो ।
रातभरिको शल्यक्रिया पछि जनवरी २६ तारीख राति उनको अवस्था क्रीटिकलबाट सिरियसमा रुपान्तरण  भएको थियो ।

ओलिभरले घाँटी ङ्याकेका वरिष्ठ प्रहरी अधिकारी अनुसन्धानको क्रममा अचानक बेहोस भएका  र उनको घाँटीमा रातो दाग बाँकी रहेको प्रहरीले जनाएको थियोे  ।  आकस्मिक कक्षमा रहेका डाक्टरले दुईजना घाइते व्यक्तिको चोटपटकको विश्लेषण गरेका थिए र घाइते फिलिपिनो व्यक्तिको पेटमा गोली लागेको बताएका थिए ।  पेटमा लागेको चोटको गम्भीरता नाङ्गो आँखाले विश्लेषण गर्न गाह्रो भएको जनाइएको थियो र थप परिक्षण गराउनु पर्ने डाक्टरले भनेका थिए।
गोली शरीरमा प्रवेश गरिसकेपछि सामान्यतया यो कम प्रतिरोधको साथ छिर्ने गर्दछ। त्यसकारण चोट लागेको भाग र अंगहरू कहाँ छन् खुट्याउन गाह्रो हुन्छ । तर गोलीको शिकार भएको मान्छे होशमा रहनु अत्यन्त आवश्यक छ।
गोली छाला, बोसो, प्रावरणी(धज्जी) , मांसपेशी, पेरिटोनियम, जलोदर(एसाइटिस-पेटमा जमेको पानी ), कलेजो, मृगौला, आन्द्रा, नसा, महाधमनी, मेरुदण्ड जस्ता आन्तरिक अङ्गहरू हुँदै जान सक्छ र अन्ततः यसले आन्तरिक अंगहरूलाई चोट पुर्याउन सक्छ।

घाँटी थिचिएका प्रहरी भने घाटी ङ्याकिए लगत्तै बेहोस नभए पनि अनुसन्धानको क्रममा अचानक बेहोस भएका थिए । डाक्टरका अनुसार यो भेसोभगल सिन्कोपका कारण भएको हुन सक्छ। यस्तो अवस्था आलो रगत बगेको दृश्य वा अत्यधिक भावनात्मक कष्टका कारण पैदा हुने अवस्था आउदा कसै कसैको शरीरले अतिप्रतिक्रिया(ओभररिएक्ट) देखाउँदछ र बेहोस हुने स्थिति  उत्पन्न हुन्छ।
यसलाई न्यूरोकार्डियोजेनिक सिन्कोप पनि भन्न सकिन्छ। भेसोभगल सिन्कोप ट्रिगरले व्यक्तिको मुटुको धड्कन र रक्तचाप अचानक घट्छ। घाँटीको दुवैतिर यो नसा हुने गर्दछ।

  घाइते भएका दुई जना प्रहरीलाई अर्को हेलिकप्टरबाट वान चाइ हेलिप्याडमा अवतरण गराइ उपचारका लागि रत्तोन्जी  अस्पताल लगिएको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा साइकलको छेउको जमिनमा एउटा गोलीको खोका फेला पारेको थियो । २५ तारीख अर्थात भोलि बिहान करिब ५ बजे, प्रहरी अधिकारीहरूको एक समूह समुद्री प्रहरी डुङ्गामा पेङ चाउ आइपुगेका थिए र बाँकी रहेको  गोलीका खोकाको खोजीमा सहयोग पुरयाउन अपराध स्थल गएका थिए ।  श्रोतका अनुसार घाइते भएका दुई जना प्रहरी अधिकारीहरु  उपचारपछि बिहान ५ बजे अस्पताल छाडेर अनुसन्धानमा सहयोग गर्न समुद्री प्रहरी डुङ्गाबाट पेङ चाउ प्रहरी चौकीमा फर्किएका थिए ।

न्यु इरा युनिभर्सिटी कलेज मलेसियाबाट २००४ सालमा ग्र्याजुएसन गरेका ओलिभरले आफ्नी श्रीमतीसंग मिलेर सेन्ट्रल भन्ने स्थानमा ब्युटी पार्लर संचालन गर्दैछन र यस अघि उनले डिस्कभरी बेमा ग्रोसरी स्टोर चलाएका थिए । हालमा उनी बस्दै आएको निवास घटना भएको फ्लाट पल्लो पट्टी हो।

वारदातका बेला घटनास्थलमा रहेका अन्य २ पुरुष र ४ जना महिलालाई अनुसन्धानका लागि प्रहरी चौकीमा लगिएको थियोे र केसको अनुसन्धान गर्ने जिम्मेवारी  समुद्री प्रहरीको क्षेत्रीय अपराध टोलीले लिएको थियो ।

यो गोलि कान्डले धेरै पेङ चाउ निवासीलाई आश्चर्यचकित तुल्याएको थियो । कहिल्यै गोली नचलेको पेङ चाउमा प्रहरीले शक्तिको दुरुपयोग गरेको टिप्पणी पनि गरेका थिए जस्तै  हतियारको रूपमा पेस्तोलको सट्टा ब्याटन ( प्रहरीले भिर्ने लठ्ठी ) प्रयोग गर्न सकिन्थ्यो भन्ने प्रतिक्रियाहरु पनि आएका थिए ।

ओलिभर

केही छिमेकीहरुको भनाइ अनुसार उक्त युनिटबाट  दिनभरि हल्ला आइरहेको थियो । घटना भएको फ्लाटमा भाडामा बस्ने मेरिसेल नाम गरेकी  महिला नयाँ वर्षको उपलक्ष्यमा भएको पार्टीमा पिएर सुतिसकेकी थिइन् । हल्ला र गोलीको आवाजले उनको निद्रा भंग भएको थियो । उनी उठेर तल हेर्दा त उनको  साथी ओलिभर घुडा टेकिरहेको अवस्थामा देखिन। ओलिभरको साथी भएको दाबी गर्ने ती महिलाले त्यो राति कुनै पार्टी नगरेको साथीहरू भेला भएर खानेपिउने काम मात्र गरेको र धेरै हल्ला पनि नगरेको पनि बताइन् ।
ओलिभरका साथीहरूको भनाइ अनुसार उनी कहिल्यै यस्तो झैझगडामा सामेल हुने अथवा मातेर लफडामा भाग लिने गरेका थिएनन् ।

घटनाको केहि  भिडियो जनवरी २५ तारीख  सामाजिक सञ्जालमा शेयर गरिएको थियो । एउटा भिडियोको दृश्यमा गोलि चलाउने प्रहरीले घटनाबारे आफ्नो सहकर्मीहरुलाई आफ्नो कुरा बताउदै गरेको देखिएको छ । जसमा संदिग्धले उनको घाँटी निमोठ्ने प्रयास गरेको र उनलाई भरयाङ्गबाट तल धकेल्दै खेदेको बताएका छ्न।  उनले भनेका छ्न “मसँग कुनै विकल्प थिएन त्यसैले मैले तुरुन्तै गन निकालें।” ओलिभरको साथी भएको आशंका गरिएका ३३ वर्षीय फिलिपिनो पुरुषले बन्दुक चलाउने पुरुष प्रहरी अधिकारीसँग माफी माग्न घुँडा टेकेको देखिएको छ तर अन्य प्रहरी अधिकारीहरूले उनलाई  पछाडि हट्न भनेका छ्न।

अर्को अनलाइन फुटेजमा देखिएको दृश्यमा गोलि चलिसकेपछि अन्य थप प्रहरी बल आएको देखिएको छ।  गोलि लागेका ओलिभर भुइँमा लडिरहेका थिए र ऊनी  त्यो बेला होशमा थिए र उनका हातहरू काँपिरहेका थिए। 
जनवरी २५ तारीख बुधबार एक पत्रकार भेलामा हल्लाको उजुरीलाई बुझ्न गएका प्रहरी अधिकारीले आफ्नो ज्यान खतरामा परेपछि गोलि चलाएको हो त्यसकारण आत्मरक्षाका लागि  गोलि चलाउनु जायज थियोे भनेर कार्यवाहक म्यारिन प्रहरी महानिरीक्षक आउ यङ किले स्पस्टिकरण दिएका थिए ।

गोलि चलाउने प्रहरी सेवामा लागेको ३५ वर्ष भन्दा बढी भएको र आफ्नो सेवा अवधिमा पहिलो चोटि गोलि चलाएका हुन रिपोर्टर समक्ष जानकारी दिदै उनले भनेका थिए ।

प्रहरीमाथि हातपात गरेको र पक्राउको प्रतिरोध गरेको अभियोगमा फिलिपिनो बिजनेसमेन ओलिभरको मुद्दा इस्टर्न अदालतमा जनवरी २७ तारीख शुक्रबार दायर भएको थियो  र उनी अस्पतालमा नै रहेका कारण उनको मुद्दाको सुनवाइ फेब्रुअरी १ तारीख सम्मको लागि स्थगन भएको थियो ।
प्रहरीको कार्वाही प्रक्रियामा व्यवधान पुरयाएको र प्रहरीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका अर्का ३३ वर्षका क्रीस जमानतमा रिहा भएका थिए र फेब्रुअरीको अन्ततिर प्रहरी समक्ष उनले आफ्नो हाजिरी जनाउनु पर्ने छ।

तपाईको प्रतिक्रिया