न्युयोर्क , अमेरिका । प्रवासी नेपाली एकता मंच अमेरिकाको कार्यसमिति बैठकले केहि रिक्त पदलाई पुर्ती गरेको छ। पदपूर्ति र अन्य कार्य बिभाजनबारे जानकारी दिन महासचिव युवराज खनालको नाममा एक प्रेस विज्ञप्ति जारी गरिएको छ । जसको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ।

आदरणीय प्रिय पत्रकार साथीहरु
हार्दिक अभिवादन !
यहाँहरु सबैको माया प्रेम र स्नेहको बलमा अमेरिकामा क्रियाशील अग्रणी सामाजीक संस्थाहरु मध्ये एक प्रवासी नेपाली एकता मंच अमेरिकाको दोश्रो पूर्ण बैठक संस्थाका अध्यक्ष शंकर पन्तको अध्यक्षतामा बसेको जानकारी गराउँदछु।
उक्त बैठकले संस्थाको वार्षिक कार्ययोजना निर्माण गर्नुको अलावा संस्थालाइ आर्थिक रुपमा बलियो बनाउन आवश्यक आर्थिक योजना पनि निर्माण गरेको छ ।बैठकले संस्थाका पदाधिकारीहरुको चयन र कार्य विभाजन जस्ता महत्वपूर्ण कार्य पनि फत्ते गरेको छ।

यसै क्रममा संस्थाका उपाध्यक्षहरुलाई क्षेत्रीय इन्चार्जको पदमा नियुक्त गरिएको छ। नियुक्त हुनेहरुमा पश्चिम क्षेत्रमा उद्धव  खनाल , मध्य पश्चिम  क्षेत्रमा सरस्वती मुखिया, उत्तर पूर्व क्षेत्रमा सोमेन्द्र रन्जित र  डिसी मेट्रो क्षेत्रमा टंक कुँवर रहेका छ्न।

सल्लाहकार परिषदको अध्यक्षमा डा.भरत रावल, बुद्धिजीवी परिषदको अध्यक्षमा डा.राम चन्द्र बराल र  अनुशासन आयोगको अध्यक्षमा राम प्रसाद ज्ञवालीलाइ जिम्मेवारी दिइएको छ ।
यसका अलावा संस्थाका पदाधिकारीहरुलाइ पनि विभिन्न जिम्मेवारी प्रदान गरिएको छ।  संस्थाको स्थापना देखि हालसम्म खेल्नु भएको महत्त्वपूर्ण भूमिका र योगदानको कदर सम्मान गर्दै टेक्सास निवासी चन्द्र पाण्डेलाइ संस्थाको केन्द्रिय कमिटिमा मनोनित गरिएको छ ।

तपाईको प्रतिक्रिया