न्युयोर्क , अमेरिका ।


प्रवासी नेपाली मंच न्युयोर्क च्याप्टरको आयोजनामा प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका नवनिर्वाचित अध्यक्ष संजय थापा र सदस्य कुन्ती थापा तथा उत्तर अमेरिका महादेश कमिटी (North America Continent Committee, USA/Canada) सदस्य अशोक कार्कीको सम्मानमा हालै शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका नेता पुर्व आइजीपी सर्वेन्द्र खनालको बिशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा शुभकामना र बधाईको निम्ति न्युयोर्कस्थित बिभिन्न संघसंस्थाका अतिथिहरु, नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, एनआरएन (NRN) न्युयोर्क च्याप्टरका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पा, फिप्ना( FIPNA) का महासचिव टोमा लामा, किरात याक्थुङ चुम्लुङ (KYC) अमेरिकाका अध्यक्ष सुमन लिम्बु, पर्यटन दुत केशबराम राई, लायन्स क्लब इन्टरनेसनलका बिशेष क्लब संयोजक  कृष्ण आचार्य लगायत अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बिशेष अतिथि पुर्व आइजीपी तथा एमाले नेता सर्वेन्द्र खनालले मंचका नव निर्वाचित अन्तराष्ट्रिय अध्यक्ष संजय थापा लगायत सबैलाई बधाई दिंदै  विश्वभरका प्रवासी नेपालीको हित र कल्याणका लागि नयाँ दृष्टिकोण र गतिबिधि सहित “सुखी प्रवासी – समृद्ध नेपाल” को मिसनमा उल्लेखनीय सफलता प्राप्तिका लागि शुभकामना ब्यक्त गर्नु भयो ।

बधाई मन्तव्यको क्रममा जनसम्पर्क समिति अमेरिकाकाका अध्यक्ष आनन्द बिष्टले आफ्नो मित्र संजय थापा प्रवासी नेपाली मंचको अन्तराष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएकोमा अत्यन्त हर्ष व्यक्त गर्दै जनसम्पर्क र प्रवासी नेपाली मंच विचार र आस्थाले फरक संगठन भएपनि प्रवासी  नेपालीको समस्या निराकरणको निम्ति यी दुई संगठनहरुको निरन्तर सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।


एनआरएन (NRN) न्युयोर्क च्याप्टरका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले प्रवासी नेपाली मंच आफैमा गतिशील संस्था भएको आफुले महसुस गरेको बताउंदै नवनिर्वाचित अन्तराष्ट्रिय अध्यक्ष लगायत सबैलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।
प्रने मंच अमेरिकाका राष्ट्रिय अध्यक्ष कृष्ण लामिछानेले संगठनको बारेमा प्रकाश पार्दै छोटो सूचनाको बावजुद पनि अतिथि र सहभागीहरुको उल्लेखनीय उपस्थितिको लागि धन्यवाद ब्यक्त गर्नुभयो । फिप्ना (FIPNA) महासचिव टोमा लामाले मंचको राष्ट्रिय अन्तराष्ट्रिय गतिबिधिको प्रशंशा गर्दै भावी दिनमा यो नव निर्वाचित  ग्लोबल नेतृत्वले विश्वभरका प्रवासी  नेपालीको समस्या समाधानमा नयाँ आशा र भरोसा जगाउने बिश्वास ब्यक्त गर्नु भयो। कार्यक्रममा किरात याक्थुङ चुम्लुङ ( KYC) न्युयोर्कका अध्यक्ष सुमन लिम्बु, नेपाल सरकारका न्युयोर्कस्थित पर्यटन दुत केशबराम राई लगायतले नवनिर्वाचित प्रने मंच अन्तराष्ट्रिय अध्यक्ष तथा अन्य सदस्यहरुलाई बधाई र शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा मंचका नवनिर्वाचित अन्तराष्ट्रिय अध्यक्ष संजय थापाले आफुले बिश्वभरि छरिएर रहेका प्रवासी नेपालीका नागरिकता लगायत हरेक समस्याहरुमा नेपाल सरकार, एनआरएनए (NRNA) साथै सरोकारवाला सबैसंग समन्वय र सहकार्य गरि कार्य गर्ने प्रतिबद्धता व्यक्त  गर्नुभयो । सदस्य कुन्ती थापाले अमेरिकामा मंचको स्थापनामा आफ्नो योगदानको चर्चा गर्दै आगामी दिनमा पनि अमेरिकी प्रवासी  नेपालीको बृहत्तर सम्वृद्धिको निम्ति निरन्तर पैरवी गरिरहने बताउनुभयो । प्रने मंच न्युयोर्क च्याप्टरका अध्यक्ष सुर्य लिंग्देंनको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको संचालन मंचकै न्युयोर्क च्याप्टरका सचिव बलभद्र खडायतले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया