क्रान्ति सुब्बा

हङकङको अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउने  कदम अनुरुप स्वास्थ्य मन्त्री  पल चानले फेब्रुअरी २२ तारीख बुधबार २०२३ को बजेट  भाषण प्रस्तुत गरेका छ्न।

भौचर बारे भिडियो हेर्न माथि क्लिक गर्नुहोस्

यो वर्तमान सरकारको पहिलो बजेट हो । महामारीको कहरबाट बाउँरिदै गरेको हङकङले मुल भूमि चीन र अन्तर्राष्ट्रिय समुदायसँग क्वारेन्टाइन-मुक्त यात्रा पुन: सुरु गरिसकेको परिप्रेक्ष्यमा आएको यो पहिलो बजेटले आर्थिक समृद्धिका नयाँ पहलु ल्याउने आशा गरिएको छ।

यस पटकको बजेट अन्तर्गत आएको जनताको दैनिक जीवनसंग सोझै सरोकार राख्ने प्याकेज नगद भौचरको वितरण रहेको छ। हङकङ सरकारले १८ वर्ष पुगेका वयस्क स्थायी वासिन्दा र हङकङ भरखरै आएका अस्थायी वासिन्दालाइ जनही हङकङ डलर ५ हजार ($ 5,000) बराबरको इलेक्ट्रोनिक उपभोग भौचर वितरण गर्ने भएको छ। उक्त भौचर दुई किस्तामा वितरण हुनेछ ।

स्मरण रहोस् सरकारले अघिल्लो वर्ष हङकङ डलर १० हजार बराबरको इलेक्ट्रोनिक भौचर वितरण गरेको थियो । तर यस वर्ष भने त्यस आधा मात्रै उपलब्ध गराउने भएको छ।

विभिन्न एडमिसन स्किम अन्तर्गत हङकङ बस्दै आएका व्यक्ति अथवा हङकङमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूले पनि यो नगद भौचरको आधा हिस्सा अर्थात हङकङ डलर २,५०० प्राप्त गर्नेछन्।

फेब्रुअरी २२ तारीख बुधबार बिहान यो सरकारको पहिलो बजेट प्रस्तुत गर्दै मन्त्री चानले गत वर्षको योजनामा दर्ता भएको डाटा प्रयोग गरेर यस वर्षको अप्रिलमा पहिलो किस्ता हङकङ डलर तीन हजार  मूल्य बराबरको उपभोग भौचर  वितरण गर्ने बताएका हुन। अर्थात यो भन्दा अगाडि भौचर प्राप्त गरिसकेकाले अन्लाईन फारम भर्नु पर्दैन ।

बाँकी रहेको रकम बराबरको भौचर यो वर्षको मध्य तिर वितरण गरिनेछ । यही बेला भौचर प्राप्त गर्न योग्यता पुगेका नयाँ व्यक्तिहरूले पनि यो नगद कुपन एकमुष्ट  प्राप्त गर्नेछन् ।
यो नगद भौचर वितरणबारे पुर्ण विवरण सरकारले चाडै सार्वजनिक गर्ने भएको छ।

तपाईको प्रतिक्रिया