शेखर राई/ राकेश राई
न्यूह्यम्सायर

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले (UKROA) किरात राई संस्कृति र संस्कारमा आधारित पुजा/अनुष्ठान र कर्मकाण्डहरुलाई मुन्दुमी बिधी पूर्वक सम्पन्न गर्न सक्ने अग्रज गुरुहरु – जसलाई नोक्छुङ /नोक्छो र तोकाया  भन्ने गरिन्छ – लाई गत फागुन ३ गते  सोलुखुम्वु जिल्लाको माप्य दुधकोशी गाँउपालिका-१ मा विशेष कार्यक्रमक़ो ओयोजना गरी सम्मान गरेको छ।

प्रकृति र पितृ/पुर्खाहरुलाई जीवनको मुल आधारशिला मान्ने किरात राईको वैदिककाल भन्दा पुरानो मुन्दुमी संस्कार आज विविध कारणले लोपोन्मुख अबस्थामा पुगेकोछ। यही तथ्यलाई मध्यनजर गर्दै यस किराती संस्कृति र संस्कारलाई जिवित राख्न अहम दायित्व निर्वाह गरिरहेका (पुजारी) नोक्छुङ /नोक्छो र तोकायाजस्ता अग्रज जनको संरक्षण गर्न अपरिहार्य भएको छ। जसको लागि सरोकारवाला र सिंगो किरात समुदायमा विशेष जागरण ल्याउन आवश्यक छ । यस्तो विशेष जागरण ल्याउने उदेश्यले  युक्रा (UKROA) ले यो सम्मान कार्यक्रमक़ो आयोजना गरेको हो। उक्त “नोक्छुङ /नोक्छो र तोकाया पुर्खा” सम्मान समारोह युक्रा (UKROA) न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईको सभापतित्व र माप्य दुधकोशी गाँउपालिका-१ का वडा अध्यक्ष सज्जन राईको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो। अध्यक्ष ममता खालिङले युक्रा (UKROA ) संस्थाको तर्फबाट नोक्छुङ/नोक्छोहरुलाई किराती संस्कार अनुसार शिरमा फेटा गूथी “सायराम्मा” गरेकी थिईन।

उनले जाडो याममा लाउने न्यानो कपडा र कदर-पत्र पनि प्रदान गरेकी  थिईन्। उक्त सम्मान कार्यक्रमबाट सम्मानित हुने नोक्छुङ्ग/नोक्छोहरूमा नौ बहादुर राई, बुद्धि वीर  राई, भिम बहादुर राई, दिर्ग सिं राई, डिक बहादुर राई, जित बहादुर राई, कृष्ण प्रसाद राई, नौधन राई, मोहन राई, हर्क बहादुर राई, धनवीर राई, छक्के राई, भक्त राई, उजलमान राई, फट्ठि बहादुर राई , मन्दे राई र दोन्जे राई हुनुहन्थ्यो भने तोकाया पूर्खाहरूमा पर्खे राई, धन बहादुर राई, पर्शुराम राई, वीरकाजी राई, तेज बहादुर राई, मोति प्रसाद राई, ज्ञाने राई, संचे राई, शंसेर राई, आईवीर राई, धन बहादुर राई र वीर बहादुर राई हुनुहुन्थ्यो।


कार्यक्रममा आमन्त्रित अतिथिहरुमा जनकल्याण मा.वि. का प्र.अ. धन बहादुर राई, शिक्षक लाख मान राई , व्यवसायी भक्त बहादुर राई , युवा नेता तथा व्यवसायी असार मान राई, समाजसेवीहरु उत्र बहादुर राई, मकर राई, कुमार राई , जुभिङ स्वास्थ्य चौकी इन्चार्ज तथा यूथ सर्कल अध्यक्ष विजय राई , केन्द्रिय अध्यक्ष/यूथ सर्कल जुभिङ गौतम राई रहेका थिए  ।

कार्यक्रममा स्थानीय  बुद्धिजीवी तथा संघसंस्थका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।
सफल व्यावसायी तथा समाजसेवी कुमार राईले उपस्थित सहभागीहरूलाई मिठो स्वागत मन्तव्यले कार्यक्रममा स्वागत गरेका थिए। आमन्त्रित बुद्धिजीवी अतिथी वक्ताहरुले किरात संस्कार/संस्कृतिको संरक्षण र सुरक्षित पुस्तान्तरणको बिषयमा आफ्ना गहन विचारहरु व्यक्त गरेका थिए। सम्मान समारोहका प्रमुख अतिथी तथा माप्य दुधकोशी गाउंपालिका-१ का वडाअध्यक्ष सज्जन राईले किरात राईहरुको भाषा, धर्म, संस्कार/ संस्कृतिको संरक्षण र सम्बर्द्धन लागी प्रारम्भ गरिएको यो विशेष अभियानको निम्ति युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) को खुलेर प्रशंसा गरेका थिए। उक्त सम्मान समारोहका सभाध्यक्ष समेत रहेकी युक्रा (UKROA) न्यूयोर्क च्याप्टरका अध्यक्ष ममता खालिङ राईले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्ण संघ-संस्था र तिनका प्रमुखहरु, स्थानीय प्रतिनीधिहरू, कार्यक्रमलाई व्यवस्थित  बनाउन फिल्डमा खट्नुभएका स्वयमसेवकहरू – जेनिसा राई, सुमित्रा राई, शर्मिला राई , शम्भु राई लगायत सम्पूर्ण सहभागी जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेकी थिईन, भने उक्त कार्यक्रमको संचालन रोशन राईले गरेका थिए।


किरात राई यायोख्खा नेपालसँग आपसी छलफल र सहयोग

गत २० फाल्गुन २०७९ मा युक्रा (UKROA) न्यूयोर्क च्याप्टर अध्यक्ष ममता खालिङ्ग राई  र युक्रा(UKROA) टिएएफ (TAPF) च्याप्टर अध्यक्ष दम काजी  राईले विश्वभरि छरिएर रहेका किरात राईहरुको साझा संरक्षक संस्था किरात राई यायोख्खा नेपालका केन्द्रिय अध्यक्ष जीवन हाताचो राई,सह-अध्यक्ष ज्ञान बहादुर चाम्लिङ्ग राई, उपाध्यक्ष जनक राई, कोषाध्यक्ष परशु राम राई र महासचिव भिम राईलाई  कोटेश्वर स्थित किरायाको केन्द्रिय कार्यलय काठमाण्डौमा संयुक्त रुपमा शिष्टाचार भेट गरी किरात राईहरुको भाषा, धर्म, संस्कार/संस्कृति र ईतिहासको संरक्षण र पुस्तान्तरणको विषयमा गहन छलफल गरेका थिए। उक्त भेटमा संस्थागत सरसहयोग र भावी कार्यक्रमहरुमा गर्न सकिने संस्थागत सहकार्यका बारेमा गहन विमर्श गरिएको थियो।

युक्रा(UKROA) का च्याप्टर अध्यक्षद्धय मार्फत किरात राई यायोख्खाको गत मंसिरमा सम्पन्न अधिवेशनको निम्ति सहयोगार्थ युक्रा (UKROA ) को तर्फबाट ने.रु ५०,०००/- (रु. पचास हजार) हस्तान्तरण गरिएकोछ।

अग्नि पिडितलाई सहयोग

युक्रा (UKROA) का आजिवन सदस्य तथा न्यू ईङ्गल्याण्ड च्याप्टरका कोषाध्यक्ष चन्द्र कुमार राईको धनकुटा जिल्ला स्थित शहिदभूमी गाउपालिका खोकुछिन्ताङमा रहेको पुर्खौली घरमा गत माघ ६ गते शुक्रवारका दिन एल.पी. ग्यास चुहावट भई अचानक आगोलागी हुँदा अन्दाजी १२ लाख बराबरको धनमाल र दैनिक प्रयोजनका मालसामानहरू जलेर पूर्णरुपमा नष्ट भएका थिए। तर कुनै मानवीय क्षति भने भएको थिएन।


आफ्ना सदस्यहरुको साह्रो/गाह्रो र दु:ख/सुखमा सामुहिक रुपमै सरसहयोग र हातेमालो गर्ने युक्रा(UKROA) को परम्परा अनुसार पिडित परिवारजनमा संस्थागत सहानुभुतिको निम्ति न्यू ईङ्गल्याण्ड च्याप्टरले आह्वान गरेको “आगोलागी पिडित राहत कोष” संकलनमा स्वतस्फुर्त जोडिएर  हातेमालो गर्नुहुने सहृदयी युक्रा(UKROA) दाता सदस्य बन्धुहरुबाट संकलित रकम $ ५,४१६.०० (अमेरिकी  डलर पांच हजार चार सय सोह्र) गत २५ फेव्रुवरी २०२३ मा एउटा बिशेष भर्चुयल कार्यक्रमको आयोजना गरी न्यू ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण बहादुर राईले पिडित परिवारका सदस्य चन्द्र कुमार राईलाई हस्तान्तरण गरेका थिए । साथै आगोलागी पिडित परिवारको तर्फबाट चन्द्र कुमार राईले सम्पूर्ण सहयोगी दाताबन्धुहरुमा आभार ब्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया