न्युयोर्क । यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ( युक्रा) न्युयोर्क च्याप्टरले हालै भब्यताका साथ किरात राईहरुको महान चाड साकेला उभौली सम्पन्न गरेको छ । 

गत जुन १७, २०२३ शनिबार आयोजित उक्त कार्यक्रम न्युयोर्क कुइन्स्को एलम्हर्ट्सबाट र्‍याली निकालेर न्युयोर्कको प्रमूख शहर म्यानहाटन स्थित टाइम्स् स्क्वायरमा साकेला नाचिएको थियो। उक्त स्थान न्युयोर्क शहरको सबै भन्दा धेरै पर्यटक घुम्न आउने क्षेत्र हो ।न्युयोर्क घुम्न आउने पर्यटक टाइम्स स्क्वायरमा नजाने व्यक्ति बिरलै पाईन्छ । यस क्षेत्रमा कुनै पनि कार्यक्रम गर्नुका लागि बिशेष अनुमती लिनुपर्दछ । युक्रा न्युयोर्क च्याप्टरले यस स्थानमा किरातिहरुको साकेला नाच प्रस्तुत भएको ईतिहासमा नै पहिलो पटक हो भनेर दाबी गरेको छ । 

टाइम्स स्क्वायरको साकेला उभौली सिली कार्यक्रममा सिटिको तर्फबाट अधिवक्ता द्वय जुमाने विलियम्स र काशिफ हुसेनलाई बिशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको थियो भने सिटीको तर्फबाट उत्कृष्ट आठजना कलाकारलाई प्रमाण पत्र दिएको थियो । प्रमाण पत्र काशिफ हुसेनको हातबाट बितरण भएको थियो।

टाइम्स स्क्वायरमा साकेला उभौली कार्यक्रम समाप्त भए पछी उक्त र्‍याली भब्य साकेला मनाउनका लागि क्विन्स   स्थित क्विन्स ब्रिज पार्कमा जम्मा भएका थिए। उक्त साकेला कार्यक्रममा युक्रा न्युयोर्क च्याप्टरका अध्यक्ष ममता खालिङ राई सभाध्यक्ष, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग,  स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राई प्रमूख अतिथी थिए।

न्युयोर्कका लागि नेपाल सरकारका कार्यबाहक  महावाणिज्यदूत बिष्णु गौतम, युक्रा केन्द्रिय अध्यक्ष जय कुमार थूलुङ राई,जनजाती महासंघ अमेरिकाका केन्द्रिय महासचिब टोमा लामा, एन आर एन न्युयोर्क च्याप्टरका सभापति आङ छिरिङ् शेर्पा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा, कालेजपोइन्ट सिविक तथा ट्याक्स्पेयर अशोशिएसन्का अध्यक्ष, न्युयोर्कका मेयर एरिक एडम्स्का सल्लाहकार तथा हामी नेपाली ग्लोबलका बरिष्ठ  केन्द्रिय उपाध्यक्ष नवराज केसी, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष शंकर पन्त, जनसम्पर्क समिती अमेरिकाका महासचिब   मुनिन्द्र नेम्बाङ, पूर्व उपराष्ट्रपती नन्दकिश्वर पुनका सल्लाहकार बिशेष अतिथी थिए।

किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष वाकास राई, नृत्य निर्देशक तथा युक्रा न्युयोर्क च्याप्टर सल्लाहकार गोविन्द राई, मगर संघ  अमेरिकाका अध्यक्ष कुलदिप राणा मगर, शेर्पा  किदुकका अध्यक्ष    पेम्बा शेर्पा, तमु सोसाइटी अफ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, तामाङ सोसाइटी अफ अमेरिकाको प्रतिनिधि सेन्तुलामा (रक) किरात याक्थुम् चुम्लुङ दिपक थेबे, मकैहाउस्का संचालक पत्रकार बिकी पुलामी, हेल्लो अमेरिका टिमका पत्रकार   सम्राट  कार्की र सुमन थाम्सुहाङ, नेवा गूठि अध्यक्ष बिजय महर्जन, मूगुम समाज अमेरिकाको अध्यक्ष वाङेल लामा, महिला महासंघ अमेरिकाका अध्यक्ष इन्दिरा चोङ्बाङ, समाज सेवी तिलबहादुर कार्की, समाज सेवी यामलामा, नोक्छो पदम बहादुर राई हामी नेपाली ग्लोबल अमेरिकाका सचिब सुर्य सिम्खडा, एभरेस्ट क्लामर अध्यक्ष पासाङ  शेर्पा, एन आर एन न्युयोर्क च्याप्टरका उपाध्यक्ष शोभा कान्त पाण्डे अतिथीका रुपमा थिए। 

युक्राको पाँच च्याप्टर मध्य न्युयोर्क च्याप्टरले सबैभन्दा अन्तमा साकेला उभौली मनाएको हो । क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्निया र न्यु ईङ्गल्याण्ड च्याप्टरले बोस्टन मस्साचुसेट्समा जुन ३, शनिवार एकै दिन उभौली मनाएका थिए। डिएमभिपी च्याप्टरले ४ जुन,२०२३ मा म्यारिल्यण्डमा मनायो भने युक्रा केन्द्रिय ग्राण्ड साकेला यस वर्ष मे ६, २०२३ शनिबारका दिन टेक्सस राज्यको युलेस स्थित भिलेजेस अफ वियर क्रिक पार्कमा मनाएको थियो।

संगै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग, स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राई ज्यु आफ्नो चार बर्ष कार्यकाल पूरा गरी मातृभूमी नेपालको लागि बिदाई गरियो । उहाँले भावुक  मुद्रामा युक्रा न्युयोर्क च्यापटरलाई हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया