न्युयोर्क / अमेरिका

हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टरको दोश्रो अधिवेशनले बिरेन्द्र जंग केसीलाई अध्यक्ष पदमा चयन गरेको छ । गत अक्टोबर ७, २०२३ शनिबार न्युयोर्कको क्विन्स ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा सम्पन्न उक्त अधिवेशनले केसीलाई सर्वसम्मतबाट  चयन गरेको हो ।


हेल्लो अमेरिकाका प्रस्तोता साथै हामी ग्लोबल अमेरिकाका महासचिव सुमन थाम्सुहाङ लिम्बुद्वारा संचालित महाधिवेशनको खुला सत्रमा स्वागत मन्तव्य च्याप्टरकी पदाधिकारी तथा कलाकार वसन्ती राइको रहेको थियो ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको प्रमुख आतिथ्यता, न्युयोर्क च्याप्टरका निवर्तमान अध्यक्ष ध्रुब कॅुवरको सभापतित्व, हामी नेपाली ग्लोबलका प्रवक्ता केशब राम राई र हामी नेपाली ग्लोबल, अमेरिकाका बरिष्ठ उपाध्यक्ष नवराज केसीको विशिष्ट आतिथ्यतामा न्युयोर्क च्याप्टरको दोस्रो अधिवेशन सुरु भएको थियो ।

विशेष अतिथि तथा नेपाल परराष्ट्र मंत्रालयकी शाखा अधिकृत प्रतिज्ञा राईले नेपाल र नेपालीको हितको लागि उदाहरणीय काम गर्दै जानु भन्दै शुभकामना दिएकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि फिप्नाका महासचिव टोमा लामाले शुभकामना दिने क्रममा आगामी दिनमा हामी नेपाली ग्लोबलसंग सहकार्य गर्दै जाने बताइन् । न्यूयोर्क च्याप्टरका फिप्ना सभापति हेमन्त मल्लले नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
बिशेष अतिथिको रुपमा उपस्थित पुर्व माननीय बिजुल बिकले पनि नयाँ  कार्य  समितिलाई शुभकामना दिएका थिए ।

हामी नेपाली ग्लोबलका युथ संयोजक लकेस श्रेष्ठले कविता वाचनका साथ आगामी दिनहरुमा संस्थाले नयाँ किसिमका कामहरु गर्दै जाने बताए । कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स पेयर्स एसोसिएसनका अध्यक्ष ,न्यूयोर्क शहरका नगर प्रमुख एरिक एडम्सका एसियन एडभाइजरी काउनसिल तथा हामी नेपाली ग्लोबलका  प्रथम केन्द्रिय उपाध्यक्ष नवराज केसीले उपस्थित सबैलाई धन्यवाद दिदै आजसम्म संस्थालाई सहयोग गर्नु  हुने सबैलाई धन्यवाद ज्ञापन दिदै सफलताको शुभकामना दिएका थिए ।

अधिबेशनद्वारा चयन नवगठित कार्यसमितिमा क्रमशः   अध्यक्ष बिरेन्द्र जंग केसी, बरिष्ठ उपाध्यक्ष वसन्ती राई, दोस्रो उपाध्यक्ष सुवर्ण शाक्य, तेस्रो उपाध्यक्ष जोसिका माथिक, महासचिव शान्ति जिरेल, सचीव सोनिया तामाङ , कोषाध्यक्ष सेन्थुन लामा, सह-कोषाध्यक्ष  लेखनाथ पौडेल रहेका छन् भने सदस्यहरुमा क्रमशः  बिमा कुमारी दुरा, पासांग नोर्बु शेर्पा, महादेब त्रिपाठी, दिनेश सुनार, छिरिंग शेर्पा, अमर अनुराग, अजय कुमार शाह, मनोज बुढा मगर, सुरेन लामा, निमा सोनम शेर्पा, कर्म लामा, निमा शेर्पा, लक्ष्मी थापा कार्की, सरोज तिमिल्सिना र अकिन्द्र केसी रहेका छन् ।

तपाईको प्रतिक्रिया