न्युयोर्क / अमेरिका

शेर्पा समुदायको महान चाड २१५१ औं सिङफो डुक्ल्हो ल्होसारको अवसर पारेर शेर्पा किदुग न्युयोर्कले वार्षिक ल्होसार विशेष कार्यक्रमको आयोजना गरेको छ ।

मौलिक शेर्पा संस्कृति झल्कने गरि आयोजना गरिएको उक्त कार्यक्रममा बौद्ध धर्म गुरु लामा टुल्कु उर्गेन शेर्पा, प्रमुख अथिति संस्थापक अध्यक्ष सोनमजी शेर्पा अध्यक्ष तेम्बा शेर्पा र बोर्ड अफ त्रस्तीसको चेअर ल्हाक्पा रिन्जी शेर्पाले बुद्धको प्रतिमा सामु छयोमी बालेर  कार्यक्रमको उदघाटन गरेका थिए ।


नेपाली र अमेरिकी राष्ट्रिय गान गाउँदै शेर्पा बालबालिकाहरुले बौद्ध मन्त्र पाठ उच्चारणका साथ कार्यक्रमको शुरुवात भएको थियो। किदुगको महासचिव साङदोर्जी शेर्पाद्वारा संचालित औपचारिक कार्यक्रममा स्वागत मन्तव्य किदुगका उपाध्यक्ष सांङबु शेर्पाको रहेकोे थियो । औपचारिक कार्यक्रमको अध्यक्षता तेम्बा शेर्पाले गरेका थिए ।

सुश्री पासाङ शेर्पाद्वारा संचालित दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा खुम्बु गाउपालिका, शेर्वि रिग्सुङ लोप्टा र रामेछाप समाजका कलाकारहरुले मौलिक शेर्पा नृत्य सेब्रु प्रस्तुत गरेका थिए । त्यस्तै मिस मंगोल विजेता पासाङ डोल्मा, वाङदी शेर्पा, सानु शेर्पा , जेम्स डिनकाउपलिन र नेपालका ख्याती प्राप्त तथा सुप्रसिद्ध गायक शिव परियारले गीत गएर दर्शकलाई मनोरञ्जन  प्रदान गरेका थिए । 

कार्यक्रममा शेर्पा किदुगले खेलकुद क्षेत्रमा योगदान पुर्‍याए वापत डिजे जाङबु शेर्पा र सोनाम शेर्पालाई सम्मान गरेको  थियो । त्यस्तै मिस नेपाल नर्थअमेरिका विजेता जुब्ली  शेर्पा र मिस मंगोल बिजेता पासाङ डोल्मा शेर्पालाई पनि शेर्पा किदुगले सम्मान गरेको थियो । कार्यक्रममा न्युयोर्कसिटिको कमिसनर अफ इमिग्रेसन एफेयर्स मिनाइनल कास्त्रो र एसेम्बलीम्यान स्टेफन रागा, किदुगका अध्यक्ष तेम्बा शेर्पा, प्रमुख अतिथि सोनाम शेर्पाले ल्होसारको शुभकामना दिएका थिए ।
असेम्ब्ली मेम्बर स्टेफन रागाद्वारा युनाईटेड शेर्पा एसोसिएसन इन्क न्युयोर्क, प्रसिद्ध गायक शिव परियार, मिस नेपाल नर्थअमेरिका विजेता जुब्ली शेर्पा र मिस मंगोल बिजेता पासाङ डोल्मा शेर्पालाई  सम्मान गरिएको  थियो ।

किदुगले यस पटक ल्होसारको पहिलो दिन आफ्नै भवनमा सम्पन्न गरेको थियो जहाँ ल्होसार छेवाची मनाउन करिब एक हजार जनाको उपस्थिति रहेकोे थियो । किदुगका महासचिव साङ दोर्जी शेर्पाले  आगामी मार्च ९ मा सम्पुर्ण प्राणी जगतको हितको लागी ग्याप्सी पुजा र अप्रिल १४ मा ल्हास्सो कार्यक्रम आयोजना हुने पनि बताए ।

तपाईको प्रतिक्रिया