न्युयोर्क / अमेरिका

१७ मार्च २०२४ आईतबारका दिन प्रवासी नेपाली मंच, अमेरीका (ONF-USA) र न्यूयोर्क राज्य कमिटीको पहलमा एक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  नेपाल सरकारको महिला, बालबालीका एवं ज्येष्ठ नागरीक मन्त्री माननीय भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा न्यूयोर्कमा रहेका ५३ वटा संस्थाका १०३ जना सदस्यहरूले सहभागीता जनाएका थिए  ।

न्यूयोर्क  स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित CSW-68 औं महासभामा नेपाल सरकारको नेतृत्व गर्दै न्यूयोर्क आउनु भएका नेकपा एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका महिला, बालबालीका तथा ज्येष्ठ नागरीक मन्त्री माननीय  भगवती  चौधरीले नेपालको समसामयिक परिस्थिति, नेपाल सरकारको भुमिका र आगामी कार्यदिशा  सम्बन्धमा बिस्तृत जानकारी गराउनु भयो । कार्य्रक्रमका बिशेष अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य सभासद डा. बिन्दा पाण्डेले CSW को ६८ औं महासभा र यसमा नेपालका सरकारी एवं गैरसरकारी संघ संस्थाबाट सहभागीहरूको भुमिकाको बारेमा स्पष्ट पार्दै नेपालबाट सहभागी हुन आउनु हुने सहभागीहरूको भुमिका थप बिषय केन्द्रित हुनु पर्ने सुझाब सहित आफ्नो भुमिका र अनुभब बताउनु भयो ।


अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य सभासद शान्ता चौधरीले नेपालमा आफु १८ बर्षसम्म कमलरी बस्दा झेलेको संघर्षपुर्ण जीवन, नेपालको संबिधानसभा सदस्य हुँदा आफुले पाएको जिम्मेवारी निर्बाह गर्दाका भोगाइ र संयुक्त राष्ट्रसंघ सम्मको यात्रा अनुभवलाई विस्तारमा बताउनु भयो । उनले  न्यूयोर्कमा आयोजित यस कार्यक्रमा सबै राजनितिक आस्थाका नेता, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू सहभागी भएको देख्न पाउदा आफु अत्यन्तै खुसी भएको पनि बताउनु भयो।
प्रवासी नेपाली मंच, अन्तराष्ट्रिय अध्यक्ष संजय थापाले समग्र संगठन बिस्तारको अभियान र प्रवासी नेपाली मंचको राष्ट्रिय र अन्तराष्ट्रिय भुमिकाको सन्दर्भमा बताउनु भयो। प्रवासी नेपाली मंच (ONF) अमेरीकाका अध्यक्ष कृष्ण लामिछानेले कार्यक्रम आयोजनाको उदेश्य, कार्यक्रम तयारी एवं व्यवस्थापन बारे स्पष्ट पार्दै  अतिथि तथा सहभागीहरुलाई स्वागत गर्नु भयो।

अन्तरक्रिया कार्यक्रममा संयुक्त राष्ट्र संघ (UN) का लागि नेपालका स्थाई प्रतिनिधि महामहिम राजदूत लोक बहादुर थापा, अमेरीकाका पुर्ब राजदुत डा. अर्जुन कार्की, नेकपा एमाले सुदुर पश्चिम प्रदेस कमिटी सदस्य सरस्वती नेपाली, युवा संघ नेपालका प्रवक्ता निरोज पौडेल लगायत संयुक्त राष्ट्र संघको कार्यक्रममा आउनु भएका नेपाल सरकारका सचिव एवं अन्य प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

न्युयोर्क स्थित जनसम्पर्क समितिका महासचिव मुन्नेन्द्र नेम्वाङ , न्यूयोर्क डेमोक्रेटिक क्लब (Democratic Club) का अध्यक्ष ज्ञानल थापा, न्यूयोर्क मेयरका सल्लाहाकार नबराज केसी, जमैका नेपाली समाजका उपाध्यक्ष पुस्कर खनाल, रिजउड नेपाली सोसाइटीका अध्यक्ष राजेस भट्ट, एनाआरएनए न्युयोर्क च्याप्टर (NRNA NY Chapter) उपाध्यक्ष लक्ष्मी थापा, जनजाती महासंघका महासचिव दिपक चौधरी, जनजाती महासंघ महिला उपाध्यक्ष ममता राई, लायन्स क्लब अफ क्विन्स केटिएमकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, हामी ग्लोबल नेपाली अमेरीका अध्यक्ष सोभाकान्त पाण्डे पान्डे, न्युयोर्क अध्यक्ष बिरेन्द्र जंग केसी, शेर्पा संघ अमेरीका अध्यक्ष एपी शेर्पा, कलाकार महासंघ अध्यक्ष बसन्ती राई, कास्की समाजका अध्यक्ष डम्बर जंग गुरुङ , मंचका सल्लाहकार फुरी शेर्पा, पर्यटन दुत प्रदिप श्रेष्ठ र केशवराम राई लगायत ५३ संस्थाका प्रतिनिधि एवं पत्रकारहरूको सहभागीता उक्त कार्यक्रममा रहेको थियो ।

न्यूयोर्क स्थित अधिकार संस्थाकी कार्यकारी निर्देशक  नर्बदा क्षेत्रीले समग्र अमेरीकामा नेपालीले भोग्नु परेको समस्या र अधिकार संस्थाले गरेको सामाजिक एवं कानुनी सहयोगको बारेमा बताउनु भयो ।

सहभागी प्रतिनिधिहरुले वक्ताहरुलाई नेपालीले भोग्नुपरेका समसामयिक विषय माथी प्रश्न गरेका थिए । प्रश्नकर्ताहरुमा जनजाती महासंघका अध्यक्ष तोरण गुरुङ, एनाआरएनए  (NRNA ) का क्षेत्रीय संयोजक आङछिरिङ शेर्पा, एनाआरएनए  न्युयोर्क ( NRNA NY) पुर्व सचिव बासु लामिछाने, गोरखाली समाज अमेरीकाका अध्यक्ष खाम भट्ट,  प्रवासी नेपाली मंच न्युयोर्क (ONF NY) राज्य कमिटीका सह सचिव शम्भु राई, अन्तराष्ट्रिय तामाङ परिषदका उपमहासचिव लाक्यन लामा,  प्रवासी नेपाली मंच ( ONF ) अन्तराष्ट्रिय कमिटी सदस्य एवं महिला बिभाग प्रमुख कुन्ती थापा, महादेस सदस्य अशोक कार्की, धादिङ समाजका सदस्य सागर अधिकारी आदि थिए । प्रश्नका विषय थिए – पासपोर्ट नवीकरण, भिषा प्रकृया सम्बन्धमा देखिएको कठिनाई, दोहोर नागरिकता, गैर आवासीय नागरीकता, नेपालको बदलिँदो सरकार र यसको प्रभाव, जनजाती प्रतिको हेराई र संघियता कार्यान्वयनमा देखिएको अन्योलता एवं जनगुनासो, नेपालमा खोलीने डलर एकाउन्ट, युवा तथा प्राविधिक  ज्ञान, सिप र क्षमता भएका नेपालीहरूलाई नेपालमा नै राख्ने र बिदेसमा रहेका क्षमतावान नेपालीलाई नेपाल कसरी फर्काउने आदि रहेका थिए ।
प्रस्तुत जिज्ञासालाई तृप्ति दिने कार्य प्रमुख अतिथि माननीय मन्त्री भगवती चौधरी, अतिथि द्वय  डा. बिन्दा पाण्डे पान्डे र शान्ता चौधरीले गर्नुभएको थियो  ।

प्रवासी नेपाली मंच (ONF) न्युयोर्क राज्य कमिटीका उपाध्यक्ष गोपी ढुंगानाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमलाई कमिटी सचिव बलभद्र खडायतले संचालन गर्नु भएको थियो। उपसचिव तथा उत्तर-पुर्बी ईन्चार्ज कृष्ण आचार्यले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया