न्युयोर्क /अमेरिका

आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा  बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

२०२४ साल  मार्च ९ तारीख  फिवनाको आफ्नै कार्यालय कक्षमा सम्पन्न भएको उक्त  कार्यक्रममा विभिन्न क्षेत्रबाट फिवनाको विकासमा योगदान पुर्याउने  व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो।

युनाइटेट किरात राई एसोसिएसन अफ अमेरिका (युक्रा) कि पुर्ब अध्यक्ष तथा बर्तमान सल्लाहकार मुना राई गुरुङलाई बिगत लामो समय देखि सामाजिक कार्यमा संलग्न भएर विभिन्न तवरले फिवनामा महत्वपुर्ण योगदान पुर्याए बापत सम्मान गरिएको थियो ।  सामाजिक कार्यमा सक्रिय हेल्लो अमेरिका अनलाइन टिभीसंग सम्बद्ध सम्राट कार्कीलाई पनि उनले फिवनालाई दिएको देनको कदर स्वरुप सम्मान गरिएको थियोे ।

कार्यक्रममा फिवनाका अध्यक्ष ईन्दिरा चोङबाङद्वारा  महिला अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमा महिलाहरूको विद्यमान स्थिति माथी प्रकाश पारिएको थियो साथै महिला शशक्तिकरणका लागि अवलम्बन गर्न सकिने नितिहरु पनि प्रस्ताव गरिएको थियो। 
फिवनाका सल्लाहकार संगिनी राना मगरले वित्तीय तथा सामाजिक सुरक्षा व्यवस्थापन सम्बन्धि जानकारी दिदै  यस बारेमा महिलाहरु सुसूचित हुन अती आवश्यक भएको कुरामा जोड दिइन् । यसैगरी आयकर र स्वास्थ्य बिमा सम्बन्धी जानकारी क्रमशः निलिमा शाक्य र रुमी क्षेत्रीले  प्रस्तुत गरेका थिए ।

आफ्नो मन्तव्य पोख्ने क्रममा अधिकारकि कार्यकारी निर्देशक नर्बदा क्षेत्रीले महिला शसक्तिकरणको निम्ति महिला बर्गको आर्थिक अवस्था सुदृढकरण हुन उत्तिकै जरुरी रहेको बताइन् । अर्की वक्ता अनेरास्ववियुकी अध्यक्ष आरती लामाले  महिलाहरु शसक्त हुनको लागि आर्थिक र सामाजिक बिकासमा जोड दिनु पर्ने कुरा ब्यक्त गरिन्। लामा लैंगिक समानता र महिला सशक्तीकरण सम्बन्धि अमेरिकाको न्युयोर्कना रहेको केन्द्रिय कार्यलयमा संयुक्त राष्ट्र संघद्वारा आयोजित   कमिसन अन द स्टाटस अफ वुमन (commission on the status of women) विषयक अन्तर्राष्ट्रिय सम्मेलनको ६८ औं संस्करणमा सहभागी हुन आएकी हुन। सोहि अवसरमा आदिवासी जनजाती महासंघ, अमेरिका (फिपना) का अध्यक्ष तोरण गुरुङले महिला दिवसको ईतिहासलाई कोट्याउदै आजको घडीसम्म आइपुग्दा विश्वका महिलाहरुको अवस्थामा व्यापक प्रगति आइसकेको जनाउँदै  शुभकामना व्यक्त गरेका थिए ।

कार्यकर्मको संचालन फिवनाकी महासचिव ईन्दु गुरुङ  लामिछाने र सदस्य शान्ति जिरेलले  संयुक्तरुपमा गरेका थिए भने सभाको सभापतित्व अध्यक्ष ईन्दिरा चोङबाङले गरेकि थिइन् ।

उपाध्यक्ष  मैना सिंह बज्राचार्यको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा न्युयोर्कका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा ज्येष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति रहेकोे थियो ।

सोही अवसरमा फिवनाका आजीवन सदस्य लिनेहरूलाई पनि प्रमाणपत्र र खादाबाट सम्मान गरिएको थियो । सदस्यताको प्रमाण पत्र लिनेहरूमा अति कला लामा, शुभद्रा लिम्बु, कृष्ण लामा, सिप्रा चौधरी, किशोरी चौधरी, दिलमाया लिम्बु, शान्ती गुरुङ , ईन्दिरा राई, निलिमा शाक्य र बिष्णु तामाङ रहेका थिए ।

कार्यक्रमको अन्त्यमा न्युयोर्क सिटी मेयर कार्यालयकी दक्षिण एशियाली मामिला सल्लाहकार प्रमुख पाट्रिसिया रघुनन्दले महिलाहरू यसरी नै अघि बढ्नुपर्ने कुरामा जोड दिॅदै आफ्नो मन्तव्य राखिन् । माईनोरिटी ईम्पावरमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक श्रेया तुलाधारले संस्थाले न्युयोर्क सिटी र नेपाली संघ संस्थाहरुको सहयोगार्थ पुलको काम गर्दै आएको जानकारी दिइन्।
औपचारिक कार्यक्रमको समापनपछि फिवनाको  “Empowered Women Empower the World” स्लोगन र संस्थाको लोगो सहितको टिसर्टमै महिला दिदीबहिनीकोहरूले सामुहिक तस्बिरहरू लिएको थिए ।

तपाईको प्रतिक्रिया