न्युयोर्क । अमेरिका। नेपाल आदीवासी जनजाती महासंघ  अमेरीका (फिप्ना) ले यही मार्च २५ आईतबारको दिन अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व कृषि राज्यमन्त्री तथा बागमती प्रदेशकी पुर्व उपसभामुख राधीका तमाङ, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष आरती लामा, आदिवासी जनजाती महिला महासघंकी संस्थापक अध्यक्ष संगिनी राना मगर र सोसियल सेकुरिटी लाईसेन्स प्राप्त प्रशिक्षक डाजिमा शेर्पा प्रमुख वक्ताका रुपमा रहेका थिए ।

संस्थाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचांलकमा महासचिव दिपक चौधारी र सचिव शान्ती गुरुङ एवं  स्वागत मन्तव्य  फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तमाङको रहेको थियो ।

कार्यक्रममा फिप्नाका सल्लाहकार संघीय परिषदका सभामुख भारती राई, सदस्य संस्थाका अध्यक्षहरु, नेपाल सरकारका पुर्व पर्यटन सदभावना दुत केशवराम राई, जन सम्पर्क समितीका महासचिव मुनिन्द्र नेम्वाङ, नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष वसन्ती राई, क्वींस काठमाडौं लायन्स कलवका प्रतिनिधी,एनआरएनए न्युयोर्क च्याप्टरका महिला उपाध्यक्ष लक्ष्मी थापा एवं अन्य आमणन्त्रित प्रतिष्ठित व्यक्तीहरुको उपस्थिति रहेकोे थियो ।

प्यानल छलफलमा वक्ताको रुपमा रहनुभएका पुर्व राज्यमन्त्री राधिका तमाङले आफु नेतृत्व पंक्तिमा रहदै गर्दा सिंगो आदिवासी जनजातीको अधिकारको मुद्दालाई जोडदारसगं सदनमा उठाउने गरेको र सधैं उठाईरहने प्रतिबद्धता व्यक्त गरिन । उनले भनिन्- आदिवासीको मुद्दालाई वास्तवमा राजनितीक हिसाबले हेरीनु हुन्न, जुनसुकै पार्टीमा आबद्ध भएपनि आफ्नो विकास तथा उत्थानको लागि हामी एकजुट भएर लाग्नु पर्छ ।
अर्का वक्ता अनेरास्ववियुका केन्द्रीय अध्यक्ष आरती लामाले आदिवासी जनजातीले शिक्षालाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिदै शैक्षिक स्तरोन्नति बिना  लक्ष्यमा पुग्न नसकिने स्पष्ट पारिन् ।

यसैगरी आदिवासी जनजाती महिला महासंघका संस्थापक अध्यक्ष सँगिनी राना मगरले आदिवासी जनजातीको मुद्दा महिला तथा पुरूषको संयुक्त  प्रयासबाट मात्र सफल हुने भएकोले महिला तथा  पुरूषको समान सहभागीता हुनु जरुरी भएको घारणा अभिव्यक्त गरिन ।

यसैगरी अर्का वक्ता डाजीमा शेर्पाले सोसियल सेक्युरिटी सम्बन्धी जानकारी विस्तारमा दिने क्रममा महिला वा  पुरूष जोकोहीले कसरी, कुन उमेरमा, कस्तो अवस्थामा सोसियल सेकुरिटी क्यलेम गर्न सकिन्छ आदि विषयलाई  प्रष्टसंग बताइन् । सोसियल सेक्युरिटी सम्बन्धी कुनै पनि  समस्या वा जिज्ञासा भएमा आफु सहयोग गर्न सदैव तत्पर रहेको समेत उनले जानकारी दिइन् ।

यसैगरी आदिवासी जनजाती महिला महासघंका अध्यक्ष इन्दिरा चोङवाङले कार्यक्रममा छलफल भएका विषयवस्तुलाई साराशंमा टिप्पणी गर्दै आफ्नो मन्तव्य पनि राखिन ।

जनजाती महासंघका सघिंय परिषदका सभामुख भारती  राईले आफ्नो मन्तव्य राख्दै उपस्थित सम्पुर्णलाई धन्यवाद ग्यापन गरेकी थिइन् ।

अन्त्यमा जनजाती महासघंका अध्यक्ष तोरण गुरूङले कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया