काबुल विमानस्थल विस्फोटनमा मृत्यु हुनेको संख्या १७० जना पुगेकोछ भने घाइते हुनेको संख्या २०० जना बढी छ्न। यो आक्रमणको जिम्मेवारी आइसिस- के ले लिएको छ। ईस्लामिक स्टेट अफ इराक र खोरासन प्रदेशका आत्मघाती बम्बरहरुले तालिबान नियंत्रित अफगानिस्तानबाट भाग्नको लागि बिहिवार हमिद कर्जाइ विमानस्थलमा जम्मा भएका मानिसहरू माथि आक्रमण गरेका हुन। यो बिस्फोटमा १३ जना अमेरिकी सैनिकको ज्यान गएकोछ। राष्ट्रपति जो बाइडनले घटना प्रति  जिम्मेवारलाई खोजेर छाड्ने प्रतिज्ञा गरेकाछ्न।

“हामी  क्षमा दिदैनौ, हामी बिर्सन सक्दैनौ, जसरी पनि खोजेर तिमिलाइ मुल्य तिर्न लगाउछौं।” बाइडनले यो आक्रमणका कारण अफगानिस्तानबाट अमेरिकी र अफगानिस्तानका नागरिकलाई उद्वार गर्ने काम नरोकिने पनि बताए।

“आइसिसलाई तह लाउन सायद अब हामी अफगानिस्तान जानै पर्छ” पुर्व सुरक्षा सचीव तथा सिआइए डाइरेक्टर लियोन पनेटाले सिएनएनलाइ बताए।  अमेरिकी सैनिकले यो अगस्ट ३१ भित्र अफगानिस्तान छोडिसक्नु पर्ने अल्टिमेटम पाएको छ भने सबै पस्चिमा देशले पनि आफ्नो नागरिक देश फर्काउदैछ। यहि क्रम अफगान शरणार्थीलाई पनि जहाजबाट देशान्तर गर्ने क्रम जारिछ। अहिलेसम्ममा करिब  १ लाख मानिसहरुलाई  अफगानिस्तानबाहिर लगिसकिएकोछ।

ड्रोन आक्रमण

२८ अगस्ट

अमेरिकी सैनिकले शुक्रबार बेलुकी नंगरहार प्रोभिन्समा प्रतिशोध स्वरूप ड्रोन मार्फत हवाई आक्रमण गर्‍यो जहाँ आइसिस- के का दुई जना हाइ प्रोफाइल लिडर मारिएको दाबी पेन्टागनले गरेकोछ। ती दुई जनामा एक जना योजनाकार र एक जना फेसिलिटी उपलब्ध गराउने व्यक्ति रहेकाछ्न। आतंककारी समुहका अर्को एक जना पनि घाइते भएको जनाइएको छ।

आइतबार र सोमबार फेरि अर्को आक्रमण हुनसक्ने कुरा बाइडनले शनिबार भने।

“यो आक्रमण नै अन्तिम होइन। हामी त्यो जघन्य आक्रमणमा संलग्न व्यक्तिलाई खोजेर निकाल्छौं र मुल्य तिर्न लाउछौं।” बाइडनले थपे ।

अमेरिकी जेनेरल विलियम हेन्क टेलरका अनुसार आजको दिन सम्ममा १,१७,००० मानिस जसभित्र करिब ५,४०० अमेरिकी नागरिक पनि पर्दछ्न – लाई अफगानिस्तान बाहिर विमानद्वारा स्थानान्तरण गरिसकिएकोछ। शुक्रबार जम्मा ६,८०० जनालाई अफगानिस्तान बाहिर लाने काम सम्पन्न भएकोछ। शनिबार १४,०० जनालाई फ्लाइटको लागि स्कृन गरेर निकास गरिसकिएको छ।

बिहीबारको विस्फोटमा अमेरिकी सैनिकको तर्फबाट ११ जना मरिन,एकजना सिपाही र एक जना नेभीको मृत्यु भएको थियो ।

२९ अगस्ट

अमेरिकी अधिकारीले काबुलमा कुनै पनि बेला आतंककारी हमला हुन सक्छ भनेको केही बेर मै एउटा ठुलो बिस्फोटको आवाज अफगानिस्तानको राजधानी काबुलमा एएफपीका रिपोर्टरहरुले आइतबारको दिन सुने। भर्खरै अपधस्त भएको अफगानिस्तान सरकारका एक सुरक्षा अधिकारीले यो रकेटले भर्खर एउटा घरमा हानेको आवाज हो एएफपीलाई भने।

https://twitter.com/i/status/1431966031820562434

अफगान न्युज एजेन्सी अस्भाका अनुसार काबुल एयरपोर्ट नजीक भएको यो रकेट आक्रमणमा कम्तीमा २ जनाको मृत्यु र ३ जना घाइते भएको जनाइएको छ। मृत्यु हुनेमा एक बालक पनि परेका छ्न।

अमेरिकाले आइतबार अर्को हवाई आक्रमण एउटा सवारी साधन माथि गरेकोछ। अमेरिकी अधिकारीका अनुसार टन्न बिस्फोटक पदार्थ बोकेको उक्त गाडी अर्को आत्मघाती गर्न विमानस्थल जादै थियो ।उक्त गाडीमा आइसिस अफगान शाखाका एक जना थिए ।

अमेरिकाले गरेको यो दोस्रो ड्रोन आक्रमणको शिकार नागरिकहरु पनि भएको हुन सक्ने आशंका गरिएकोछ।

  • साताको तीन कविता – कवि दोस्ताज
    नेपाली कविता लेखनको अनुज पुस्तामा एक जबर्जस्त कवि दोस्ताज शक्तिशाली कविता लेख्ने कविमध्ये पर्नुहुन्छ । बिचार र क्राप्टको हिसाबले उहाँको कविताले धेरै  स्थापित लेखकहरुको लेखनशैली भन्दा माथि छ भन्दा फरक…
  • हामी नेपाली ग्लोबल न्युयोर्कको तेस्रो अधिवेशन सम्पन्न, अदिप तामाङ अध्यक्षमा निर्वाचित
    न्युयोर्क,ज्याक्सन हाइट्स — ‘हामी नेपाली ग्लोबल, यूएसए – न्युयोर्क सब–च्याप्टर’ को तेस्रो अधिवेशन ज्याक्सन हाइट्समा भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकाल (2026–2029) का लागि 21 सदस्यीय विशाल कार्यसमिति…
  • साताको तीन कविता – कवि सुमन घिमिरे ‘अग्रिम’
    कवि सुमन घिमिरे  ‘अग्रिम’  नेपाल कविता लेखनमा एक  शसक्त कवि हुनुहुन्छ । कथ्य र शिल्पको अर्थपूर्ण योगहरु उहाँको कवितामा पाईन्छ । समनताको आग्रह र वेथितिप्रतिको प्रहार उहाँको कविताको स्वरुप हो ।…
  • दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न
    विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि…
  • साताको तीन कविता – कवि भगवती बस्नेत
    कवि भगवती बस्नेतले लेखन र सञ्चारकर्मलाई समानान्तर रुपमा अगाडि  बढाईरहनु भएको छ । नारी संवेदनशीलतालाई केन्द्रमा राखेर लेखीएका प्राय उहाँका कविताहरुले समाजका बेथितिहरुलाई बिरोध गरिरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन…

तपाईको प्रतिक्रिया