हंगकंगमा हालै आगजानीजन्य घटनाहरु घटिरहेको अवस्था छ। आगलागीबारे जनचेतना जगाउने कार्यक्रम विस्तार गर्ने क्रममा हङकङ सरकारले यहाका अल्पसंख्यक समुदायलाई पनि समेटेको छ। जस अन्तर्गत हंगकंगमा रहेका नेपाली लगायत अल्पसंख्यक समुदाय (एथ्निक मैनोरिटीज) हरु बीच आगलागीका जघंन्य घटनाहरुबाट कसरी जोगिने, सामाजिक सदभावना कसरी कायम गर्ने र आगलागीबाट जोगिन सुरक्षाका उपायहरु कसरी अवलम्बन गर्ने भन्ने बारे जानकारी गराउने उद्देश्य अनुरुप एक कार्यक्रमको आयोजना अगस्ट २९ तारीख आइतबार गरेको थियो ।

उक्त समर रिफ्रेस फर एथ्निक माइनोरिटिज कम फायर सेफ्टी फन डे (Summer Refresh for Ethnic Minorities cum Fire Safety Fun Day )भन्ने कार्यक्रम याउ चिङ्ग मोङ्ग डिस्ट्रिक स्थित बहुसांस्कृतिक गतिबिधि केन्द्र (MAC) जोर्डनमा याउ चिङ्ग मोंग फाएर सेफ्टी कमिटि र याउ चिङ्ग मोंग डिस्ट्रिक काउन्सिलको संयुक्त आयोजना र हंगकंग फाएर सर्भिस डिपार्टमेन्टको सहयोगमा सम्पन्न भएको थियो।
याउ चिङ्ग मोङ्ग डिस्ट्रिक फाएर सेफ्टी कमिटीकी अध्यक्ष सुश्री एन आउ (Ann Au ), याउ चिङ्ग मोङ्ग डिस्ट्रिक अफिसर एडवार्ड यु, जेपी (Edward Yu, JP), फाएर सर्भिस डिपार्टमेन्ट, काउलुन साउथ डिस्ट्रिक डिभिजनल कमान्डर स्टेभन चान (Stevan CHAN), र कम्युनिटी फाएर एजुएकेसन वर्किङ्ग ग्रुप कन्भेनर पेट्रिक को ( Patrick Ko) बाट प्रोफेसनल हेयर इस्टाइलिस्टहरुलाई प्रशंसा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा थुप्रै नेपाली लगायत एथ्निक माइनोरिटीजका स्कुले छात्रछात्रा तथा अभिभाबकहरुको राम्रो उपस्थिति रहेको थियोे । उक्त कार्यक्रममा बिद्यार्थीहरुलाई स्कुल जानु अघि चुस्त र फुर्तिलो देखियोस भनेर प्रोफेसनल हेयर इस्टाइलिस्टहरुबाट निशुल्क कपाल काट्ने व्यवस्था पनि गरिएको थियो। कार्यक्रममा सहभागी हुनुभएका सबैलाई बिशेष उपहार समेत प्रदान गरिएको थियो। कार्यक्रम उपलब्धि मुलक रहेको प्रतिक्रिया उपस्थितजनले गरेका थिए।
- साताको तीन कविता – कवि यज्ञलाल सुवेदीयज्ञलाल सुवेदी लामो समयदेखि नेपाली साहित्य छन्दमा राम्रो दखल राख्ने कविको रुपमा परिचित हुनुहुन्छ । बरेङ , बाटाकाचौर , लिग्दी…
- साताको तीन कविता – कवि ललित विक्रम सिंहनेपाली कविता लेखनको क्षेत्रमा ललित विक्रम सिंह राम्रो कविको रुपमा परिचित हुनुहुन्छ । स्थायी ठेगाना कुशे २, जाजरकोट, कर्णाली प्रदेश हाल…
- विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, २४९ उपभोक्ता को लाइन काटियोविराटनगर । नेपाल विद्युत प्राधिकरण विराटगर वितरण केन्द्रले प्रथम चौमासिक सम्ममा विद्युत महसुल नबुझाउने २४९ जना उपभोक्ताको लाइन काटेको छ…
- बुटवलमा पर्या साहित्यकाे वर्तमान अवस्थामाथि छलफलवातारणविद् तथा साहित्यकार विजय हितानसंग पर्या साहित्यका बिषयमा साेमबार बुटवलमा संवाद कार्यक्रम गरिएकाे छ । पाठक मञ्च बुटवलकाे आयाेजनामा साहित्यकार…
- गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिकगीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।…





