हङकङ ।क्रान्ति सुब्बा ।

पत्रकार तथा  सामाजिक अभियन्ता स्वर्गीय किसन राइको श्रद्धाञ्जली सभा हङकङको जोर्डन स्थित  मल्टिकचरल एक्टिभिटी  सेन्टरको  हलमा नोभेम्बर ७ तारीख आइतबार  सम्पन्न भएको छ।

आदिवासी जनजाति महासंघ हङकङ , नेपाल च्याम्बर अफ कमर्स हङकङ , नेपाली महासंघ हङकङ ,एनआरएनए हङकङ ,नेपाल पत्रकार महासंघ हङकङ लगायत हङकङका विभिन्न संघ संस्थाको  संयुक्त आयोजना रहेको यस सभाका संचालन संचारकर्मी देवराज राइले गरेका थिए । करिब दिउसोको २ बजे तिर मौन धारणबाट कार्यक्रम शुरु भएको थियो ।

इन्द्र वनेम , अध्यक्ष नेपाली समाज हङकङ


सभामा किसन राइको जिवनीबारे नेपाली समाज हङकङका अध्यक्ष इन्द्र वनेमले संक्षिप्तमा चर्चा गरेका थिए । हङकङको  नेपाली समाजको लागि किसन राई एक खुला किताब सरह भएको उनले बताए । धरानको घण्टाघर निर्माण देखि हङकङमा आदिवासी मुलका महावाणिज्यदूत ल्याउने सम्मको कार्यमा किसन राइको उल्लेख्य भुमिका भएको कुरालाई उनले स्मरण गरे। नेपाली समुदायप्रति उनले गरेको योगदानको कदर गर्दै हङकङ सरकारले उनलाई गरेको सम्मान सानो होइन वनेमले भने।

दोस्रो वक्ता रिता गुरुङले हङकङ सरकारको गृह मामिला विभागबाट पठाएको समवेदना  पत्र वाचन गरेकी  थिइन।

हङकङ पत्रकार महासंघ कार्यवाहक अध्यक्ष   संचारकर्मी इन्द्र लक्समले किसन राइको बहु आयामिक व्यक्तित्वबारे बोल्दै किसन राई सामाजिक  विकृति भण्डाफोर गर्ने अग्रणी पत्रकार थिए भने।

इन्द्र लक्सम ,कार्यवाहक अध्यक्ष नेपाल पत्रकार महासंघ हङकङ

हङकङ च्याम्बर अफ कमर्सका अध्यक्ष दासुराम पराजुलीले समाजको लागि चेक एन्ड व्यालेन्स राख्ने व्यक्ति रहेको कुरा व्यक्त गर्दै  च्याम्बरका संस्थापक सदस्य र एक पटक सचिव पनि भएको कुरा स्मरण गरे।

आदिवासी जनजाती महासंघका कार्यवाहक अध्यक्ष कृष्ण लावती

न्यु होम एशोसिएसनका पदाधिकारी च्याङ यी फेइले पनि श्रद्धाञ्जली व्यक्त गरेका थिए । किसन राइले अहोरात्र पत्रीकाको माध्यमबाट समुदायको सेवा गरेको कुरा बोलेका  थिए । उनी जत्तिको अनुभवी पत्रकार अब हामीले पाउदनौं उनले भने।

हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाले २० वर्ष लामो समाज सेवामा आफुलाइ अर्पण गरेको किसन राइको अवसानले सबैलाई शोकमा डुबाएको छ। राइको दीर्घकालीन स्मृतिकोलागि नेपाली महासंघले केहि गर्ने बिचार गरेको उनले बताए ।

टंक राना, अध्यक्ष नेपाली महासंघ हङकङ

एनाआरएनएका अध्यक्ष गोकर्ण प्रसाद ढकालले किसन राईसंगको सहकार्यलाई स्मरण गर्दै  राई  सचिव र म कोषाध्यक्ष रहेर टीका गुरुङको अध्यक्षतामा काम गरेको अनुभव बताए ।  ” मलाई अध्यक्ष बन्नमा उहाँले जहिले प्रेरित गर्नु हुन्थ्यो।” भन्दै  वहाँको सम्झनामा पुर्खौली स्थानमा केहि गर्नु पर्छ भन्ने सोच एनआरएनएले लिएको बताए ।

गोकर्ण प्रसाद ढकाल , अध्यक्ष एनआरएनए हङकङ

महावाणिज्यदूत उदय बहादुर राना मगरले बोल्ने क्रममा किसन राइले  नेपाली भाषा, साहित्य , संस्कृति हङकङमा प्रबर्द्धन गर्ने र आदिवासी जनजातिको अधिकारको निम्ति नेपाल सरकार सम्म आवाज पुर्याउने काम गर्नु भएको बताए ।
” हङकङमा रहेर नेपाली भाषा साहित्यको उत्थान र नेपालीको  हक अधिकारको लागि लडेको कुरालाई कदर गर्दै नेपाल सरकारले सम्मान स्वरुप जनसेवा श्री पदक दिएको थियो ।” उनले भने।

उदय बहादुर राना, नेपाली महावाणिज्यदूत हङकङ

आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष कृष्ण लावतीले संयुक्त रूपमा हामी अगाडि बढनु पर्छ भन्ने  मान्यता किसन राइको ज्यादै सह्रानिय रहेको बताए। जनजाति आदिवासी मुलको महावाणिज्यदूत हङकङ ल्याउने कुरामा किसन राइको अहं भुमिका रहेको कुरा उनले बताए ।

श्रद्धाञ्जली मन्तव्य सकिएपछि किसन राइको तस्वीरमा पुष्प अर्पण गर्ने कार्य भएको थियो ।

तपाईको प्रतिक्रिया