न्यूयोर्क। किरात याक्थुङ चुम्लुङ अमेरीकाले चुम्लुङका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार दिपेश लिम्बु खाम्बेकलाई संस्थामा पुरयाएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।


लिम्बु समुदायले आफ्नो पर्वको रुपमा मनाउदै आईरहेको “वलिहाङ तङनाम” ५०८१ को कार्यक्रममा उहाँलाई उक्त सम्मान अक्टोबर २९ तारीख शुक्रबार प्रदान गरिएको हो ।

सन २००४ मा किरात याक्थुङ चुम्लुङ अमेरीकाको संस्थापक महासचिव हुदै निरन्तर चुम्लुङमा सक्रिय रहनुभएका खाम्बेक सन २०१७–२०१९ को कार्यकालमा कियाचु अमेरिकाको अध्यक्ष बन्नुभएको थियो । हाल संस्थाको सल्लाहकारका रुपमा पनि उत्तिकै सक्रिय खाम्बेकलाई संस्थाप्रतिको वहाँको लामो र निरन्तर योगदानको मुल्यांकन गर्दै सम्मानीत गरिएको चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले बताउनुभयो । समाज र समुदायमा योगदान पुरयाउने वहाँ जस्तो व्यक्तित्वलाई सम्मान गर्दा भावी पीढ़ीलाई समाजप्रति उत्तरदायी बन्न प्रोत्साहन मिलोस भन्ने उदेश्य स्वरूप उक्त सम्मान प्रदान गरिएको थाम्सुहाङले बताउनुभयो।

सम्मान ग्रहण गर्दै दिपेश लिम्बू खाम्बेक

आफू सम्मानित भएकोमा भावुक हुँदै सल्लाहकार खाम्बेकले सन २००४ देखि किरात याक्थुङ चुम्लुङ यहाँसम्म आइपुग्दाको तीतामिठा किस्सा पनि सुनाउनुभएको थियो।

खाम्बेकसंगै काम गरेका तत्कालिन महासचिव हाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले कियाचुको स्थापनादेखि हालसम्मै चुनिएका कार्यसमितिहरुमध्ये दिपेश लिम्बु खाम्बेक अध्यक्षताको कार्यसमिती संस्थागत व्यवस्थापन, बैचारिक, आर्थिक नेतृत्व र समुदायप्रतिको जिम्मेवारीमा उत्कृष्ट रहेको बताउदै सहि कामको मूल्याङकन भएकोमा वर्तमान कार्यसमितीलाई धन्यवाद दिनु भएको थियो ।

कियाचु अध्यक्ष सुमन थाम्सुहाङले सम्मान पत्र प्रदान गर्दै संस्थाका अनुभवी, पूर्व पदाधिकारीहरूबाट अनुभव लिदै यो संस्थालाई सिंगो लिम्बुहरूको आस्थाको धरोहरको रूपमा स्थापित गराउने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया