काठमाडौं। मिस विश्व कस्मोपोलिटन–२०१९ , टिभी टुडे कफी गफकि संचालिका, कोरियोग्राफर  एंव मोडल प्रियारानी लामाले एकै महिनामा तीन वटा  म्युजिक भिडियोमा मोडलिङ गरेर विभिन्न भुमिकामा आफुलाइ खरो उतार्ने कोशिश गरेकी छिन।
गायक रबिल श्रेष्ठको “आफ्नो लागि” भन्ने म्युजिक भिडियोमा उनले एउटा डिप्रेसनमा गएकी युवतिको भुमिकालाई न्याय गर्न सफल भएकी थिइन। बिना मेक अप आफुलाइ एक्स्पोज गर्ने रिस्क  प्रीयारानीले त्यहाँ लिएकी छिन।

त्यसपछि गायक प्रेम परियारको “यो मुटु त तिम्रै हो” भन्ने म्युजिक भिडियोमा पुरै नेगेटिभ रोलमा देखा परेकी थिइन । उनको नकारात्मक भुमिका माथि दर्शकलाई शुरुमा शंका नै हुन नसक्ने हिसाबले अभिनय गरेकी छिन। जुन उनको अभिनय कुसलताको परिचायक हो।

र अहिले आएर  रोनिश एण्ड ड्याड प्रोडक्शनद्वारा निर्मित डिसेम्बर ३ तारिख रिलिज भएको यो पछिल्लो म्युजिक  भिडियोमा प्रियारानी फरक  भुमिकामा देखिएकी छिन  ।

पुरुष  मोडल रामहरी खडकाको राजकुमारीको रुपमा उनको अभिनय एकदम बोल्ड  रहेको छ। राजकुमारी बोलको उक्त गीत प्रीमियर  राजधानीको क्युज हलमा भएको थियो।
“खासमा  यो गीत मुभी प्याटर्नमा  बलिवुड फ्लेवर दिन खोजिएको हो। गायक निरज लामाले दुई वर्ष अघि रेकर्ड गरेको यो गीत भने जस्तो गरि बनाउन सकियोस भनेर बसेका रहेछ्न। उनलाई कतिले यो  गीतको म्युजिक भिडियो बनाउन मागेका पनि  रहेछ्न।”  प्रीयाले भनिन। ” अहिले आएर मैले गर्ने मौका पाएँ र धेरै एंगलबाट भिडियो उत्कृष्ट बनिएकोमा म संतुष्ट छु।”

पोखरा, मनाङ, मुस्ताङ आदि  प्राकृतिक मनोरमताले भरिपूर्ण स्थलमा छायांकन गरि कथाले मागेको समृद्धतालाइ पुर्ण गर्न खोजिएको कुरा भिडियो हेर्दा थाहा पाइन्छ ।

ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको यो भिडियोका निर्देशक रुपेस थापाले गुणस्तरीय नेपाली म्युजिक भिडियो बनाउने प्रयास स्वरूप यो काम गरेको   बताएका छ्न।

यस  गीतमा स्वर र संगीत  निरज लामाको रहेको छ । खगेन्द्र भट्टराईले गीतको शब्द रचना गरेका छन र मिक्सिङमा किशोर थापा रहेका छ्न।

“राजकुमारी” गीतलाई रुपेश थापाले निर्देशन र छायांकन  गरेका छन । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन । अन्य सहयोगीमा आरुश केसी ,राकेश दाहाल , रितु थापा रहेका छ्न।
अब निकट भविस्यमा लोकप्रिय गायक राजु लामाको गीतमा पनि प्रीयारानी लामा फरक भुमिका लिएर आउदै गरेको कुरा उनले हङकङ खबरलाई बताइन।

भिडियो लिन्क

तपाईको प्रतिक्रिया