क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा डिसेम्बर ११ तारिख  शनिबार फिलिपिन्सबाट एउटा कोभिड  केस  भित्रिएको छ। ओमिक्रोन वा स्थानीय संक्रमण केस शुन्य रहेको  रिपोर्ट रहेको छ।

ती आयातित केसमा फिलिपिन्सबाट आएकी एक २७ वर्षीया महिला घरेलु कामदार रहेकी छिन। उनी फिलिपिन्सबाट नोभेम्बर २८ मा फ्लाइट 5J272 मार्फत  हङकङ आइपुगेकी थिइन। र चिङ  यी स्थित  र्याम्बलर गार्डेन होटलमा क्वारेन्टाइन  बसेकि थिइन।

उनले फिलिपिन्समा जुन २५ र जुलाई २८ मा साइनोभ्याक भ्याक्सिनको दुई डोज ग्रहण गरेकी  थिइन। र कुनै लक्षण उनमा देखिएको थिएन ।

उनको संकलित नमुनामा  भाइरल लोड न्यून देखिएकोले उनले कोभिड भेरिएन्ट बोकेको नबोकेको खुलाउन सकिएको छैन।

हङकङमा विगत १४  दिनमा कुल ६१ केस देखिएकाछ्न र  ती सबै आयातित केस हुन।

हङकङको कुल कोभिड संक्रमित  संख्या अहिले १२,४८४ रहेको छ।

डिसेम्बर १० तारीख , फेरि एउटा ओमिक्रोन थपियो, भिएतनामको उडान प्रतिबन्धित

हङकङमा डिसेम्बर १० तारिख शुक्रबार एक  ओमिक्रोन भेरिएन्ट समेत गरेर पाँच  आयातित केसहरू देखा परेको थियो । र क्याथे प्यासिफिकद्वारा सञ्चालित हो ची मिन्ह सिटीबाट हङकङ आउने उडानहरूलाई  दुई हप्तासम्मको लागि  अवतरण गर्न प्रतिबन्ध लगाएको थियो ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार ओमिक्रोन केसधारी एक  ३७ वर्षीय पुरुष  थिए जो अमेरिकाबाट मंगलबार डिसेम्बर ७ तारिख  उडान CX881 मार्फत हङकङ  आइपुगेका थिए।  उनले जुन २ र जुन २५ मा हङकङमा बायोएनटेक भ्याक्सिनको दुई डोज प्राप्त गरेका थिए ।
ऊनी बिना लक्षणका थिए ।  र विमानस्थलमा आइपुग्दा पोजिटिभ फेला परे। उनमा सोही दिन ओमिक्रोन भेरिएन्ट पोजिटिभ पनि  देखिएको हो।

बागियो भिल्ला

हङकङमा आयातित  सबै पाँच ओमिक्रोन केसहरू एयरपोर्ट वा तोकिएको क्वारेन्टाइन होटलहरूमा फेला परेका थिए र अहिलेसम्म  समुदायमा फैलिएको छैन। हङकङका बाँकी ओमिक्रोन केसहरू दुई दक्षिण अफ्रिका र दुई नाइजेरियासँग सम्बन्धित रहेका छ्न।

आयातित केसका बिरामीहरूको उमेर १५ देखि ५७ वर्षका दुई पुरुष र दुई महिला समावेश थिए।

२७ र ४८ वर्षका दुई महिला र एक ५७ वर्षीय पुरुष बुधबार भियतनामबाट उडान CX764 मार्फत हङकङ आइपुगेका थिए।  दुई महिलाले भियतनाममा एस्ट्राजेनेका खोपको दुई डोज पाएका थिए भने पुरुषले हङकङमा मार्च २२ र अप्रिल १२ मा बायोएनटेक खोपको दुई डोज पाएका थिए।

अन्तिम बिरामी एक १५ वर्षीय केटा रहेका थिए । उनी नोभेम्बर २० मा बेलायतबाट फ्लाइट BA027 मार्फत हङकङ  आइपुगेका थिए । र चिम्सा शा चुइको रामादा हङकङ ग्रान्डमा क्वारेन्टाइन बसेका थिए।  उनले अक्टोबर २० मा बेलायतमा बायोएनटेक भ्याक्सिनको एक डोज पाएका थिए।

भियतनामबाट आएका तीन जनाले भाइरसको म्युटेन्ट स्ट्रेन L452R  बोकेका थिए । भिएतनामबाट आएका र १५ वर्षीय केटामा कुनै लक्षणहरू विकास भएका थिएनन।

पोक फु लामको भिक्टोरिया रोडमा रहेको बागिओ भिल्लाको ब्लक १६ जहाँ ५७ वर्षीय मानिस बस्थे-  त्यो भवन र उनले  पहिले भ्रमण गरेका ठाउँहरूलाई अनिवार्य कोभिड परिक्षणको सुचीमा राखिएको थियो ।

क्याथे प्यासिफिकद्वारा सञ्चालित हो ची मिन्ह सिटीबाट उडान CX764 मार्फत हङकङ आएका तीन जना कोभिड पुष्टि  बिरामीहरू देखिएपछि डिसेम्बर ११ तारीख  (शनिबार) देखि डिसेम्बर २३ सम्म दुई हप्ताका लागि यात्रु उडानहरू अवतरण गर्न  हङकङले प्रतिबन्ध लगाएको छ।

डिसेम्बर ९ तारिख, ७ आयातित, एयर इन्डिया प्रतिबन्धित

हङकङमा बिहीबार डिसेम्बर ९ तारिख  सातवटा आयातित कोभिड केस  उत्परिवर्तीत भेरिएन्ट सहितका देखापरेका  थिए । जसमा इन्क्युबेशन अवधिमा हङकङ मै रहेका  दुई जना पुरुषहरू पनि समावेश थिए , ती दुई पुरुषका कारण  ताइकु शिङ बिल्डिङ  अनिवार्य परीक्षणको लागि लक डाउनमा गएको थियो ।

ताइकु शिङस्थित पो शान म्यान्सनमा बस्ने ३९ वर्षीय पुरुष नोभेम्बर १९ मा नेगेटिभ आएपछि जर्मनी हुँदै चेक गणतन्त्रका लागि नोभेम्बर २० मा हङकङ प्रस्थान गरेका थिए।

उनी नोभेम्बर २९ मा चेक रिपब्लिकबाट जर्मनी हुँदै विमान LH796 मार्फत हङकङ आइपुगेका थिए र त्यहाँ पुग्दा संकलन  गरिएको उनको नमूना नेगेटिभ आएको थियो।
मंगलबार हङकङको एक  क्वारेन्टाइन होटलमा उनको नमूना परिक्षण गर्दा कम भाइरल लोडको साथ L452R नामक म्युटेन्ट भेरिएन्ट भेटिएको थियो ।  उनी लक्षणबिहिन थिए ।

ती व्यक्ति हङकङ ओशन पार्क मेरियट होटलमा काम गर्थे र अन्तिम पटक नोभेम्बर १७ मा काममा गएका थिए।

अनिवार्य परीक्षण सूचना अनुसार नोभेम्बर १६ देखि डिसेम्बर ८ सम्मको अवधिमा पो सान म्यान्सन, काओ शान टेरेस, ताइकु शिङमा कुनै पनि समयमा २ घण्टाभन्दा बढी समयको लागि गएको व्यक्तिले डिसेम्बर १० सम्ममा परीक्षण गराउनुपर्ने सूचना जाहेर गरिएको थियो ।

अर्को घटनामा शौसन हिलको शौसन हिल रोडमा रहेको घरमा बस्ने ३९ वर्षीय पुरुष थिए।

नोभेम्बर २० मा उनको परीक्षण नेगेटिभ आएपछि उनी नोभेम्बर २२ मा डेनमार्कका लागि हङकङ प्रस्थान गरेका थिए। उनी डिसेम्बर ५ मा जर्मनीबाट युनाइटेड किंगडम हुँदै VS206 उडानमा हङकङ आइपुगेका थिए र त्यहाँ पुग्दा सङकलन गरिएको उनको नमूना नेगेटिभ आएको थियो।

उनमा मंगलबार लक्षण विकसित भएको थियो । सोही दिन उनी बसेको  क्वारेन्टाइन होटेलमा संकलन गरिएको नमूनामा कम भाइरल लोडका साथ  L452R म्युटेन्ट स्ट्रेन भेटिएको थियोे ।

भाइरसको संभावित संक्रमणलाई नियन्त्रण गर्न  इन्क्युबेशन अवधिमा हङकङ रहेका संबंधित  बिरामीहरू बसोबास गरेका  र भ्रमण गरेका ठाउँलाई  अनिवार्य परीक्षणमा जानू पर्ने सुचिमा राखिएको थियो ।

पाँच अन्य आयातित केसहरूमा एक ३७ वर्षीय पुरुष  थिए जो संयुक्त राज्य अमेरिकाबाट मंगलबार उडान CX881 मार्फत हङकङ आइपुगेका थिए।  हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण गर्दा उनमा भाइरसको म्युटेन्ट स्ट्रेन  N501Y देखिएको थियोे र उनमा कुनै लक्षण देखिएको थिएन ।

ताइकु सिङ

अर्का रोगी एक ४९ वर्षीया महिला जो मंगलबार युनाइटेड किंगडमबाट उडान VS206 मार्फत हङकङ  आएकी थिइन। उनमा आएकै दिन लक्षणहरू विकास भएको थियो । र उनमा  L452R कोभिड भेरिएन्ट देखिएको थियोे ।

अर्कि रोगी थिइन एक ५७ वर्षीया महिला मंगलबार थाइल्याण्डबाट EK384 उडानमार्फत हङकङ आइपुगेकी हुन । उनमा सोही दिन लक्षण देखिएको थियो । उनमा भाइरसको म्युटेन्ट  L452R स्वरुप देखा परेको थियो ।

अर्का रोगी थिए एक  ३० वर्षीय पुरुष जो पाकिस्तानबाट मंगलबार टर्की हुँदै TK083 उडानमा हङकङ पुगेका थिए। आगमन बखत विमानस्थलमा परिक्षण हुँदा उनमा  L452R नामको  उत्परिवर्तीत स्वरुप देखापरेको  थियो । उनी लक्षणहिन (एसिम्प्टोमेटिक) थिइन।

अन्तिम केस अन्तर्गत  एक ३६ वर्षीया  घरेलु सहयोगी थिइन जो नोभेम्बर १९ मा फिलिपिन्सबाट उडान 5J272 मार्फत हङकङ आइपुगेकी थिइन।  पेनी बे क्वारेन्टाइन सेन्टरमा बसेको बेला गरिएको परिक्षणमा उनमा म्युटेन्ट स्ट्रेन L452R देखिएको थियो  र उनी  लक्षणविहीन थिइन।

  यसका अलावा डिसेम्बर ५ मा भारतको दिल्लीबाट हङकङ आएको एयर इन्डिया एक जना यात्रु आगमन परीक्षणमा पोजिटिभ  पुष्टि भएको थियो । र एकजना यात्रुले हङकङमा जारी रोग नियन्त्रण तथा  रोकथामका नियम अन्तर्गत तोकिएका आवश्यकत शर्तहरु  पूरा गर्न असफल भएका थिए। एयर इन्डियाद्वारा सञ्चालित दिल्लीबाट हुने उडानलाई डिसेम्बर ९ देखि लागु हुने गरि  १४ दिनसम्म हङकङमा अवतरण गर्न निषेध गरिएको थियो  ।

तपाईको प्रतिक्रिया