क्रान्ति सुब्बा । हङकङ ।

चीनको राज्य परिषदका प्रीमियर ली केकियाङले हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङको  नीति निर्माण तहमा र महामारी नियन्त्रणमा पुरयाएको योगदानको प्रशंसा गर्दै उनको नेतृत्व र उनले नेतृत्व गरेको हङकङ सरकारलाई “पूर्ण मान्यता” दिएकोछ।

कार्यकारी प्रमुखको कार्यालय निर्देशक एरिक चान क्वोक-कीसँग लाम गत २२ डिसेम्बर सोमबार साँझ आफ्नो चार दिने ड्युटी भिजिटको सिलसिलामा बेइजिङ  पुगेकी थिइन । यस भ्रमणको एउटा उदेश्य हङकङको अहिलेसम्मको प्रगति विवरण केन्द्रिय सरकारलाई बुझाउनु रहेको थियो ।

डिसेम्बर २२ तारीख बुधबार बिहान लामले हङकङ सार सरकारले गरेको कामलाई पूर्ण रूपमा अनुमोदन गर्ने चीनका वरिष्ठ व्यक्तित्व लीलाई भेट गरेकी थिइन ।

लि ले नीति निर्माण तह र महामारी नियन्त्रणमा मात्र होईन  लाम र उनको सरकार अर्थतन्त्र व्युताउने कुरामा पनि उत्तिकै ध्यान पुर्वक लागेको बताए ।

केन्द्रीय सरकारले हाल कार्यान्वयनमा रहेको  “एक देश, दुई प्रणाली” को सिद्धान्तलाई निरन्तरता दिने र हङकङले उपभोग गरेको उच्च स्तरको स्वायत्ततालाई  ग्यारेन्टी गर्ने पनि लीले बताए। बेइजिङले लाम र हङकङ सार सरकारलाई कानूनको परिपालना गर्न गराउन पूर्ण सहयोग गर्ने पनि सुनिश्चित गरे ।

बेइजिङले हङकङलाई अन्तर्राष्ट्रिय वित्तीय, व्यापार र उड्डयन हबको रूपमा आफ्नो पोजिसन कायम राख्न पनि सहयोग गर्नेछ, लीले भने।

उनले हङकङलाई चीनको रणनीतिक विकाससँग सीधै जोडन सकिने आशय पनि  व्यक्त गरे । फलस्वरूप हङकङले चीनको उन्नति र विकासमा उर्जा दिन सकोस र चीनले पनि हङकङको विकासको लागि थप केही गर्न सकोस।

उनले हङकङ सरकारलाई नागरिकको जीविकोपार्जन सुधार गर्न ध्यान दिन आग्रह गरे ताकि जनताले आफुलाइ आत्मनिर्भर महसुस गर्न सकुन।

लामले बेइजिङ भ्रमणको बेला व्यक्तिगत रूपमा भेट गर्न पाएकोमा खुसी लागेको बताउदै आफुलाइ यसरी मान्यता दिएकोमा लिलाई  धन्यवाद दिइन।

गत वर्ष महामारीका कारण आफ्नो ड्युटी रिपोर्ट अनलाइन बैठक मार्फत लामले पेश गरेकी थिइन। तर यस पटक महामारीको चौथो लहरलाई पूर्ण रूपमा नियन्त्रण गर्न सफल भएको रिपोर्ट गर्न सशरिर उपस्थित हुन पाउँदा आफू खुशी रहेको कुरा लि समक्ष प्रकट गरिन।
यो भ्रमण लामको आफ्नो कार्यकालको अन्तिम भ्रमण हुनेछ ।

राष्ट्रपति सि जिनपिङ सँग भेट

राष्ट्रपति सी जिनपिङले पनि डिसेम्बर २२ तारीखको एक भेटमा कार्यकारी प्रमुख क्यारी लामलाई भने कि हालैको चुनावमा भएको सफलताले हङकङका जनता आफै आफ्नो सहरको इन्चार्ज भएका छ्न।

लामले दुई वर्षको अन्तरालमा डिसेम्बर २२ तारीखका दिन आमने-सामने ड्यूटी भ्रमणको क्रममा सिलाई भेटेकी हुन। लामले हङकङको प्रशासनलाई अराजकताबाट सुव्यवस्थामा पुनर्स्थापित गरेको, कोभिड-१९ को प्रकोपलाई वसमा राख्न सफल भएको   र अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन सफल भएको कुरा सिले उल्लेख गरे। केन्द्र सरकारले हङकङ सरकारद्वारा  भएका सम्पूर्ण  प्रयासहरूलाई “पूर्ण रूपमा मान्यता दिएको” कुरा पनि उनले दर्साए।

उनले हङकङमा राष्ट्रिय सुरक्षा कानून कार्यान्वयन भएको कुरा उल्लेख गर्दै भने हङकङ  सरकारले सबै गडबडीलाई  सहि मार्गमा ल्याएको छ, कानुनी शासनको अख्तियार र मर्यादालाई  रक्षा गरेको छ र  हङकङलाई राष्ट्र विकासको प्रक्रियामा समाहित गर्दै मुल भुमि चीनसंगको सौहार्दता गहिराउन प्रेरित गरेको छ।

उनले हङकङको निर्वाचन प्रणालीमा “प्रणालीगत सुधार” गर्ने राष्ट्रिय जन कांग्रेसको निर्णयलाई पालना गरेकोमा लामको प्रशंसा गरे।
“निर्वाचन समिति र व्यवस्थापिका परिषदको चुनावलाई  सफल पुर्वक व्यवस्थापन गर्नु नै वास्तवमा  हङकङको माटो सुहाउँदो प्रजातान्त्रिक विकासलाई अगाडि बढाउने एउटा दृढ कदम थियो” उनले भने।

उनले अगाडि भने- “हङकङगेहरुले आफ्नो ठाउँलाई आफै परिचालन गरेको र आफ्नो प्रजातान्त्रिक अधिकारहरूलाई उपभोग गरिरहेको अनुभूति दिने घटना थियो यो । ‘देशभक्तद्वारा शासित हङकङ ‘ भन्ने सिद्धान्त लागू भएको छ। समाजका सबै वर्ग र क्षेत्रहरूको निष्पक्ष सहभागिता हुने   राजनीतिक सेटिङको स्थापना भएको छ।”

यो वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी हो र विगत शताब्दीमा पार्टीद्वारा हासिल  प्रमुख उपलब्धि र ऐतिहासिक अनुभव समेटिएको  चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको ऐतिहासिक दस्तावेज गत महिना सार्वजनिक हुँदा त्यसमा एक देश,दुई प्रणालीलाई  मुख्य सामाग्रीको रूपमा  समावेश गरिएको थियो सिले भने।

उनले हङकङ हस्तान्तरणको २४ वर्षपछि ‘एक देश, दुई प्रणाली’ सिंगो देशको लागि मात्र होइन हङकङ र हङकङवासीको आधारभूत हित रक्षाका लागि लाभदायी सिद्ध भएको बताए ।

यस्तो तरिकाले हङकङको हेरचाह गरेकोमा र हङकङको लिडरको रूपमा आफूमाथि विश्वास गरेकोमा सीलाई धन्यवाद दिन व्यक्तिगत रूपमा बेइजिङ भ्रमण गर्न पाउँदा आफू खुसी भएको क्यारी लामले बताइन।

तपाईको प्रतिक्रिया