काठमाडौ ।`सरिताको दिदी´ गीतको सफलतापछि गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा गीत `सिमल भुवा´ बजारमा ल्याएका छन । गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ ।

मिस विश्व कस्मोपोलिटन–२०१९ , टिभी टुडे कफी गफकि संचालिका, कोरियोग्राफर  एंव मोडल प्रियारानी लामाको ध्यानाकर्षण आजभोलि अभिनय तिर पनि गएको देखिन्छ । एक पछी अर्को म्युजिक भिडियोमा बहुआयामिक रोलका साथ उनी प्रस्तुत हुदैछिन। सिमल भुवा भन्ने यस म्युजिक भिडियोमा पनि मेल मोडेल प्रज्वल श्रेष्ठसंगको रोमान्टिक अभिनयमा राम्ररी जमेकी छिन।


विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा समावेश छ । अनीश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ । ३ दशक देखि साङ्गतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीको गुलाबी जाडो ,झ्याल बाट हेरी लगायत गीतहरू चर्चित छन ।

तपाईको प्रतिक्रिया