क्रान्ति सुब्बा

जनवरी २,२०२२

लकडाउनमा शुन्य केस

आइतवार समाप्त भएको मा अन शानको भिल्ला एथेना, तुङ चुङको अल्बानी कोभ र नर्थ प्वाइन्टको नाम तिन भवनको लक डाउनमा एक जना पनि  नयाँ कोभिड-१९ संक्रमित व्यक्ति फेला परेन।

शनिबार राति घोषणा गरिएको रातभरको लकडाउनमा जम्मा १ हजार ४ सय ८५ जनाको परीक्षण गरिएको थियो ।

डिसेम्बर २७ सोमबार मुन प्यालेस, फेस्टिभल वाक, काउलुन तङको रेस्टुरेन्टमा गएकी एक ५० वर्षकी गृहिणी  जनवरी १ शनिबार कोरोनाभाइरसको रुपान्तरित स्वरुप  N501Y र T478K बाट पोजिटिभ भएको तसल्ली भएपछि उनी बसेको भवन भिल्ला एथेना ब्लक ६ लाई लकडाउन गरिएको थियो । यी संक्रमित महिला समेत थपिएपछि मुन प्यालेस क्लस्टर अन्तर्गत संक्रमित हुनेको कुल केस संख्या चार पुगेको थियो । जुन रेस्टुरेन्टबाट एक ४४ वर्षीय पुरुष एयरक्रूले उनको बुबा र रेस्टुरेन्टमा खाना खान आएका अरु दुई जनालाई संक्रमित गरेको विश्वास गरिएको थियो।

आइतवार बिहान २.३० बजेसम्ममा  ३०० जना बासिन्दा परिक्षणमा सहभागी रहेका थिए जस मध्येबाट कोहि पनि पोजिटिभ ठहरिएका थिएनन। लगभग ८५ जनाको टेस्ट रेकर्ड चेक गरिएको थियो जसमा १७ जनाले टेस्ट नगरेको भेटाइयो र उनीहरुलाई  अनिवार्य परीक्षण गर्ने  आदेश जारी गरियो।

नाम तिन बिल्डिङमा बस्ने एक २८ वर्षीया महिला एयरक्रू मेम्बरलाई जनवरी १ तारीख शनिबार प्रारम्भिक पोजेटिभ भएपछि सरकारले नर्थ पोइन्टमा रहेको नाम तिन भवन र तुङ चुङ स्थित  अल्बानी कोभको टावर ६ मा पनि लकडाउन गरेको थियो ।

उनी डिसेम्बर २४ मा संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी थिइन र डिसेम्बर २७ मा उडान CX885 बाट हङकङ फर्केकी थिइन।

गत बुधबार डिसेम्बर २९ तारीख सङकलन गरिएको उनको नमूना परीक्षण नेगेटिभ आएको थियो तर तेहि  साँझ उनमा लक्षण देखिन शुरु भएको थियो । उनले   डिसेम्बर ३० मा एक निजी चिकित्सकलाई भेटेकी थिइन।

१ जनवरी शनिबार कोभिडको  प्रारम्भिक पोजेटिभ उनमा देखियो  र संकलित उनको नमुनामा भाइरसको दुइटा रुपान्तरित संस्करण N501Y र T478K देखिएको थियो । अहिलेको समयमा  उत्परिवर्तीत स्ट्रेन देखिनु भनेको सम्भावित ओमिक्रोन संक्रमणको संकेत हो।

बिरामीले बताए  अनुसार उनी डिसेम्बर २९ देखि तुङ चुङको अल्बानी कोभको टावर ६ मा रहेको साथीको घरमा बसेकी थिइन।

नाम तिन बिल्डिङमा आइतबार बिहान १ बजेसम्म जारी रहेको परीक्षणमा आएका २ सय ८५ बासिन्दाहरूमध्ये कसैमा पनि  पोजेटिभ भेटिएन। करिब ६० जना बासिन्दाको टेस्ट  रेकर्ड जाँच गरिएको थियो  जसमध्ये एक जनाले परीक्षण पूरा नगरेको पाइयो र उनलाई अनिवार्य परीक्षण आदेश जारी गरियो।

अल्बानी कोभको  टावर ६ मा परीक्षण गरिएका ९०० बासिन्दाहरू मध्ये कोही पनि  सकारात्मक भएको  पाइएन। अनिवार्य परीक्षणको सुचीमा परेका करिब  १३५ बासिन्दाहरूको टेस्ट  रेकर्ड जाँच गरिएको थियो  जसमध्ये २२ जनाले अनिवार्य परीक्षण आदेश जारी गर्नु अघि नै परीक्षण स्थान अर्थात आफ्नो निवास छोडेको पाइयो।

हङकङ सामुदायिक संक्रमणको मुखमा

हङकङ कोभिड-१९ सामुदायिक प्रकोपको “टिपिङ प्वाइन्ट” मा छ अर्थात महामारीको ज्वालामुखी कुनै पनि बेला विस्फोट हुन सक्छ ,खाद्य तथा स्वास्थ्य मन्त्री  सोफिया चान सिउ-चीले काउलुन तङ रेस्टुरेन्टमा खाना खान गएकाहरु मध्येबाट  संक्रमित हुनेको संख्या   बढेर पाँच पुगेपछी यस्तो अभिव्यक्ति दिएकि हुन।

चानले अधिकारीहरूले “भ्याक्सिन बबल” लाई चीनिया नयाँ वर्ष अर्थात फेब्रुअरी १ तारीख अगावै  सबै रेस्टुरेन्ट र सिनेमाघर र जिम  जस्ता नियन्त्रित परिसरहरूमा विस्तार गर्नेछन र  कम्तिमा एक डोज  खोप प्राप्त गरेकालाई मात्र प्रवेश अनुमति दिइनेछ।

सोफिया चान

डिसेम्बर २७ तारिख सोमबार फेस्टिभल वाक, काउलुन तङमा रहेको रेस्टुरेन्ट मुन प्यालेसमा गएकी ५० वर्षीय गृहिणीले शनिबार N501Y र T478K म्युटेन्ट स्ट्रेन बोकेको पुष्टि भएको थियो ।  मुन प्यालेस क्लस्टरका उनी   चौथो पुष्टि  केस हुन।

यो क्लस्टरसंग संबंधित पाँचौ केस आफ्नो लोग्नेसंग सोही रेस्टुरेन्टमा खान पुगेकी एक ३८ वर्षीया गृहिणी  हुन। उनको लोग्ने यो भन्दा पहिले पुष्ठि भएका कन्स्ट्रक्सन मजदुर हुन।

चानले ती ५०  वर्षीया महिला संक्रमितको सम्बन्धमा बोल्ने क्रममा ती महिला विमान चालक दलका सदस्य बसेको ठाउँ भन्दा धेरै टाढा अर्को टेबलमा बसेकी थिइन र यो संक्रमण  छोटो दूरीमा  वायुद्वारा हुने संक्रमण अन्तर्गत भएको खेल  हुन सक्छ भनिन।

उनले रेस्टुरेन्ट एपिडेमियोलोजिकल अनुसन्धानमा धेरै सहयोगी रहेको र क्रेडिट कार्डबाट भुक्तानी गर्ने ग्राहकहरूको जानकारी उपलब्ध गराएको बताइन। र खाना खान गएका  धेरैजसो व्यक्ति  सम्पर्कमा आएको पनि  बताइन।

तर उनले चेतावनी दिदै  यदि पाँचौं लहरको शुरुआत भइहालेमा हाल बिद्यामान क्वारेन्टाइन सुविधाले धान्न  सक्षम नहुन सक्छ र भविष्यमा होम क्वारेन्टाइनको सुबिधालाई प्रयोगमा ल्याउनु पर्ने हुन सक्छ भनिन।

हङकङ विश्वविद्यालयका सरकारी सल्लाहकार युन क्वोक-यङले मुन प्यालेसमा भेन्टिलेटरहरू सिलिङमा जडान गरिएको भएता पनि त्यसले खाने टेबल वरिपरिको हावा परिवर्तन गर्न सक्षम  नभएको बताए। त्यस माथि अझ त्यहाँ  दुईवटा मात्र हावा परिवर्तन गर्ने मेसिन संचालनमा थिए तर त्यो साइजको भोजनालयमा छ वटा वायु प्रशोधन मेसिन चाहिन्छ।

युनले हङकङमा कुनै पनि बेला पाँचौ लहर आउन सक्छ किनकि यहाँको कन्ट्याक्ट ट्रेसिङ मापदण्ड यथेष्ट प्रभावकारी छैन भने। खोप बबललाई  विस्तार गर्ने सरकारको योजनालाई  उनले समर्थन गरेका छ्न । हालसम्म ६० देखि ७० प्रतिशत हङकङवासीले मात्रै खोप लगाएकाले खोप दर बढाउन यो उपाय उचित रहेको उनले  बताए।

उनले भविष्यमा खोप लगाउने नियमलाइ अझ कडा बनाउँदै लानु पर्छ र खोप नलाउने व्यक्तिलाई कार्यस्थल र विद्यालयमा जान प्रतिबन्ध लगाउनु पर्छ भने।

खोपले कोभिड संक्रमणलाई पूर्ण रूपमा रोक्न सक्दैन तर यसले कोभिड लागिहाले पनि मृत्यु हुनबाट  त बचाउछ उनले जोड दिएर भने।

अर्का सरकारी सल्लाहकार डेभिड हुईले  अहिले नै सामाजिक दूरी सम्बन्धिका मापदण्डलाई  कडा गरिहाल्न  आवश्यक छैन। तर यदि एक भन्दा बढी क्लस्टरहरू देखा परेको खण्डमा कडा गर्नुको विकल्प छैन भने।

अनिवार्य परिक्षण सूचना १३ जग्गामा जारी

एपीएम र क्वुन तङ प्लाजामा रहेको याता सुपरमार्केट  सहित तेह्र स्थानहरू -जहाँ  कोभिड-१९ संक्रमित  बिरामीहरू गएका थिए -लाई  अनिवार्य परीक्षणमा जानुपर्ने  सूचना जारी गरियो।

फेस्टिभल वाक, काउलुन तङ  स्थित  मुन प्यालेस रेस्टुरेन्टमा खान गएका  तीन जना व्यक्तिलाई  कोभिड-१९ संक्रमण पुष्टि भएपछि  इन्क्युबेशन अवधिमा उनिहरु घुमफिर गरेका स्थानहरूमा  डिसेम्बर २ तारीख आइतबार यो सूचना जारी गरिएको थियो र सोही  आइतबारको दिन भित्र नै परिक्षण  सक्नुपर्छ भनिएको थियो ।

ती १३ स्थानहरू हुन:

१. क्वुन तङ प्लाजा, ६८ होइ युन रोड , क्वुन तङ (68 Hoi Yuen Road, Kwun Tong)
२. (याता) YATA सुपरमार्केट, लोवर ग्राउन्ड फ्लोर,एपिएम,४१८ क्वुन तङ रोड, क्वुन तङ LG/F, apm, 418 Kwun Tong Road, Kwun Tong
३. सुपर स्टार चाइनिज कुजिन, फर्स्ट फ्लोर , येन शेङ सेन्टर, ६४ होई युन रोड, क्वुन तङ
४. ब्रिक लेन डेली, पसल १२६, एल-१, न्यू टाउन प्लाजा फेज -१, शा तिन सेन्टर स्ट्रीट, शा तीन
५.पि एन्ड जि (P&G) ६ तल्ला , शुई अन सेन्टर,६-८  हार्बर रोड, वान चाइ
६.रुबी टुश्डे, पसल १०१, पहिलो तला के-११ , एटलिएर किङ्स रोड ,७२८ किङ्स रोड ,क्वारि बे
७. ल्याटर क्याफे, शप ई, जी/एफ, काम सिंग म्यानसन, 151-161 जाफे रोड, वान चाइ
८. ब्लक K (फ्ल्याट १-८), कोर्नहिल, क्वारी बे
९. फु तुङ मार्केट , फु तुङ प्लाजा, ६ फु तुङ स्ट्रिट, तुङ चुङ, लान्ताउ आइल्याण्ड
१०. चि वान सान (सेन्ट्रल) बाट क्वारी बेसम्म रुट नम्बर ११६ मा चल्ने बसहरू
११. २ए नम्बर मार्ग अन्तर्गत  चल्ने NWFB बसहरु जो यिउ तुङ एस्टेट देखि वान चाइ नर्थसम्म चल्छ्न
१२. लाम टिन स्टेसन देखि वु काई शा स्टेशन सम्म रुट नम्बर ८९डी मा चल्ने KMB बसहरु
१३. क्यारेबियन कोस्ट र तुङ चुङ स्टेशन बीचको रुट नम्बर NR04 (रुट B) (सर्कुलर) मा चल्ने आवासीय  बसहरू


२६ वटा केस देखा परयो (२ जनवरी २०२२ )

हङकङ स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनवरी २ तारिख आइतबार जम्मा २६ वटा कोभिड संक्रमित केसहरु रिपोर्ट गरेको थियो । जस अन्तर्गतका २५ केस आयातित थिए भने एउटा केस आयातितसंग संबंधित रहेकोे जनाइएको थियो । पुष्ठि केस मध्ये जम्मा चौबीस वटा केसमा उत्परिवर्तीत स्ट्रेन देखिएको थियो  भने बाँकी दुईवटा केसको म्युटेसन टेस्ट  नतिजा आउन बाँकी नै थियो  ।  बिरामीहरूमा एक देखि ६१ वर्षसम्मका सात पुरुष र १९ जना महिला रहेका थिए । आयातित केसहरू मध्ये नौ जना समूह ए निर्दिष्ट स्थान (उच्च जोखिम) हङकङ आइपुगेका थिए ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको अस्थायी नमूना सङकलन केन्द्रमा १२ जना  र क्वारेन्टाइनमा १० जना पोजिटिभ पुष्ठि भएका थिए ।

मुन प्यालेसमा खाना खान गएका अर्का एक जना व्यक्ति पुष्ठि भएका थिए । यो केस समेत गरेर यो क्लस्टरबाट संक्रमण हुने संख्या पाँच पुग्यो।  मुन प्यालेस क्लस्टरसँग सम्बन्धित आजको  नयाँ केस यो भन्दा पहिले कोभिड-१९  पुष्टि भएको निर्माण क्षेत्रमा काम गर्ने मजदुरकी श्रीमती थिइन।

ती  ३८ वर्षीया महिलाले गत डिसेम्बर २७ मा दिउँसो २.३० देखि ४ बजेसम्म फेस्टिभल वाक, काउलुन तङको मुन प्यालेस रेस्टुरेन्टमा बसेर श्रीमानसँग खाना खाएकी थिइन ।
उनी गत डिसेम्बर २९ मा परीक्षणका लागि सामुदायिक परीक्षण केन्द्रमा जाँदा  रिपोर्ट नेगेटिभ आएको थियो । घनिष्ठ  सम्पर्कमा रहेको व्यक्तिको नाताले उनलाई   डिसेम्बर ३० मा पेन्नि बे क्वारेन्टाइन केन्द्रमा लगिएको थियो ।

जनवरी १ मा उनमा  घाँटी दुख्ने समस्या देखिएको  थियो र आइतबार संकलन गरिएको नमूनामा उनलाई  प्रारम्भिक पोजिटिभ देखाएको थियो । उनको म्युटेन्ट स्ट्रेनको टेस्ट  नतिजा आउन बाँकी नै थियो ।

उनी चुन वान स्थित सान्डोज सेन्टरको १५ तलामा काम गर्छिन जहाँ उनी अन्तिम पटक डिसेम्बर ३० मा काम गर्न गएकी थिइन । इन्क्युबेशन अवधिमा उनले काम गरेको र भ्रमण गरेको ठाउँहरूलाई अनिवार्य परीक्षण सूचनामा समावेश गरिने भएको छ।

स्वास्थ्य सुरक्षा केन्द्रले रेस्टुरेन्टका २२ जना कर्मचारी र  उक्त रेष्टुरेन्टका करिब १७० जना नियमित ग्राहकसहित ३४० जना घनिष्ठ सम्पर्क र घरपरिवारका सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइन केन्द्रमा क्वारेन्टाइनको लागि लान सफल भएको थियो ।

केन्द्रले डिसेम्बर २७ मा दिउँसो १ बजे देखि ३ बजेसम्म मुन प्यालेसमा खाना खान गएका मानिसहरूलाई कन्ट्याक्ट ट्रेसिङ गर्न  निम्न हटलाइनमा फोन गर्न अपिल गरेको थियो – 2125-1111 वा 2125-1122 ।

साथै KLM रोयल डच एयरलाइन्सद्वारा सञ्चालित एम्स्टर्डम र क्याथे प्यासिफिकद्वारा सञ्चालित म्यानचेस्टरबाट हङकङ उडने यात्रुवाहक उडानहरूलाइ जनवरी १५,२०२२ सम्म निलम्बन गरिएको छ।

डिसेम्बर ३१, २०२१ मा एम्स्टर्डमबाट हङकङ आइपुगेको KLM रोयल डच एयरलाइन्सद्वारा सञ्चालित उडान KL819 मा आएका ६ जना यात्रुहरूमा पोजिटिभ देखिएपछि निलम्बनको सिलसिला सुरु भएको हो। जनवरी १, २०२२ मा म्यानचेस्टरबाट हङकङ आइपुगेको क्याथे प्यासिफिकद्वारा सञ्चालित उडान CX216 मा आएका तीन जना यात्रुहरूमा पनि आगमनको टेस्टमा पोजिटिभ पुष्टि भएका थिए ।

३ जनवरी २०२२

१९ स्थानलाई अनिवार्य परिक्षण सूचना जारी

सेन्ट्रलमा रहेको द पोटिन्जर हङकङ होटल सहित तत्काल परीक्षण सूचनामा नामकरण गरिएका १९ स्थानहरू:

यी स्थानहरूमा गएका नागरिकहरूले आज (सोमबार) भित्र नै  परीक्षण पूरा गर्नुपर्नेछ।

– टायर प्यासिफिक (HK) लिमिटेड, 15/F, Sandoz Centre, 178-182 Texaco Road, Tsuen Wan

– एचएसबीसी चुन वान प्रिमियर सेन्टर, शप ए, २/तला , फोउ वाह सेन्टर, २१० क्यासल पीक रोड – चुन वान

– यिउ चुङ भवन, ३६८-३७०ए पोर्टल्याण्ड स्ट्रीट, मङ कोक
– हङ होम बे हुलाक कार्यालय, जी/एफ, ब्लक 14, चेरी मन्सन्स, वाम्पोआ गार्डन, हुङ होम

– इनानीवा योसुके, शप A1, G/F, 27 म्यान ताई स्ट्रीट, हुङ होम

– डोंगुरी रिपब्लिक, शप A222, L2, न्यू टाउन प्लाजा फेज III, शा तिन

– कफी एआरटी द्वारा टर्निंग प्वाइन्ट, शप 113B, L1, मीरा प्लेस 1, 132 नाथन रोड, Tsim Sha Tsui

– युनिट ३००३, ३०/एफ, ट्रेन्डी सेन्टर, ६८२ क्यासल पीक रोड, चेङ शा वान

– द पोटिन्जर हङकङ, ७४ क्वीन्स रोड सेन्ट्रल, सेन्ट्रल

– Le Prabelle होटल, 372 Portland Street, Mong Kok

– टावर ६बी, सेन्चुरी लिंक, ६ यिङ हङ स्ट्रिट, तुङ चुङ, लान्ताउ आइल्याण्ड

– ओजो बार एण्ड रेस्टुरेन्ट, शप जी, जी/एफ, सीभ्यू क्रिसेन्ट, ८ तुङ चुङ वाटरफ्रन्ट रोड, तुङ चुङ

– फ्युजन, पसल G07-09, G/F, सेन्चुरी लिंक, 6 यिङ हङ स्ट्रिट, तुङ चुङ

– टावर १, युक मिङ टावर्स, २०८ थर्ड स्ट्रीट, साई यिङ पुन

– Musee Platinum Tokyo, 5/F, हिप शिंग हङ सेन्टर, 55 Des Voeux Road Central

– एक्टिव , रुम ३.३६, ३/एफ, जकी क्लब टावर, सेन्टेनिअल क्याम्पस, द युनिभर्सिटी अफ हङ
कङ, पोक फु लाम

– टिन यात देखि याउ ओई सम्म चल्ने रुट नम्बर 751 मा चलिरहेको लाइट रेल ट्रान्जिट

– लाइट रेल ट्रान्जिट रुट नम्बर 610 मा चुन मुन फेरी पियर देखि युन लङ सम्म लाइट रेल

– Tsing Yi स्टेशन देखि Long Ping Estate सम्म रुट नम्बर 68A मा चल्ने KMB बसहरू

२९ वटा नयाँ केस ,मुन प्यालेसका ६ जना गायव

हङकङमा आज जनवरी ३ तारीख २९ वटा नयाँ कोरोनाभाइरस केसहरू रिपोर्ट गरिएको छ। जसमा २८ आयातित केसहरू र एक जना पहिला पुष्टि  केसका पारिवारिक सदस्य रहेका छ्न।

उक्त पारिवारिक सदस्य ६६ वर्षीया महिला हुन जसले  डिसेम्बर २७ मा दिउँसो मुन प्यालेस रेस्टुरेन्टमा बसेर  खाना खाएकि थिइन। र आइतवार उनमा  प्रारम्भिक पोजेटिभ देखिएको थियो । उनले आफ्नो इन्क्युबेशन अवधिमा धेरै भोजनालयहरू भ्रमण गरेकी थिइन।

मुन प्यालेस क्लस्टर अन्तर्गत पोजिटिभ हुनेको संख्या अहिले ६ पुगेको छ। जसमा क्याथे प्यासिफिक फ्लाइट एटेन्डेन्ट अन्तर्गतको  पहिलो केस पनि समावेश छ।  अत्यावश्यक काम बाहेक तीन दिनको आइसोलेसन अवधिमा घरमै बस्नु पर्ने नियमको उलंघन गरेकोमा उनलाई क्याथेले  बर्खास्त गरेको थियो।

सेन्टर फर हेल्थ प्रोटेक्शनका प्रिन्सिपल मेडिसिन र इपिडिमियोलोजीका स्वास्थ्य अधिकारी अल्बर्ट आउ का-विङका अनुसार  क्याथे क्रु मेम्बर मुन प्यालेस रेस्टुरेन्टमा खाना खान गएका अबधिमा सहभागी २०७ जना मध्ये १९१ जनालाई  क्वारेन्टाइन पठाइएको थियो ।  तीमध्ये अधिकांशको परीक्षण नेगेटिभ आएको छ ।

दश जनालाई क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको छ ।  तर दुई टेबुलमा बसेका ६ जना भने फेला पर्न सकेका छैनन।

आउले  गत सोमबार दिउँसो १ बजेदेखि साँझ 5 बजेसम्म काउलुन तंङ,फेस्टिभल वाक स्थित मुन प्यालेस रेस्टुरेन्ट गएका  मानिसहरूललाई  अनिवार्य परीक्षणमा जान अनुरोध गरेका छ्न।

मुन प्यालेस रेस्टुरेन्ट

सो पत्रकार भेलामा अधिकारीहरूले एक ३५ वर्षीय पुरुषलाई प्रारम्भिक पोजेटिभ भएको घोषणा गरे।  उनी पहिले संक्रमित भएका महिला उडान परिचारिकाको पारिवारिक  सदस्य थिए जो नर्थ पोइन्टको नाम तिन भवनमा पनि बस्थे।  उनी  हुङ हमको द मेट्रोपोलिस टावरमा काम गर्छन र उनले  आफ्नो इलाकामा रहेका  धेरै भोजनालय र बारहरू, साथै कजवे बे र सिम शा चुई पनि  भ्रमण गरेको बुझिएको छ।

स्वास्थ्य संरक्षण केन्द्र र खाद्य तथा वातावरण स्वच्छता विभागका अधिकारीहरूको टोली सोमबार दिउँसो मुन प्यालेसमा छानबिनका लागि पुगेको थियो ।

केही अधिकारीले सिलिङमा जडित  भेन्टिलेसन जाँच गर्ने क्रममा अवलोकन गरेका थिए ।

  मून प्यालेसको सिमाना छेउको जापानी रेस्टुरेन्ट टोरिटेनसँग जोडिएको छ। तर त्यो टोरिटेन (Toriten) डिसेम्बर २७ सोमबार बन्द गरिएको अवस्थामा रहेकोले त्यसलाई  अनिवार्य परीक्षण सूचना दिइएको छैन।

दुई रेस्टुरेन्टहरू दुबै लुबडस समूह अन्तर्गत छ्न  र उक्त  मलको G25 पसल नम्बरमा अवस्थित छ्न।

तपाईको प्रतिक्रिया