क्रान्ति सुब्बा

४ जनवरी २०२२

ताई वाइ स्थित  ग्रानभिल गार्डेनको टावर २ मा मुन प्यालेस रेस्टुरेन्टमा खाना खाने छैटौं संक्रमित व्यक्तिका  कारण जनवरी ३ तारीख सोमबार राति लक डाउन गरिएको थियो । तर एक जना पनि  कोविड-१९ पोजिटिभ भेटिएन।

मंगलबार बिहान करिब ७ बजे लकडाउन हटाइएको हो ।  बिहान १ बजेसम्म, त्यहाँका ६६० बासिन्दाहरूमध्ये कसैको पनि कोरोनाभाइरस परीक्षण नतिजा पोजिटिभ आएको थिएन।

सरकारले पनि करिब २२० घरपरिवारको फ्लाटमा घरदैलो गर्न  कर्मचारी पठाएको थियो, जसमध्ये २० घरपरिवारले ढोका खोलेनन। सरकारले ढोका नखोल्ने परिवारलाई कुनै उपाय निकालेर खोज्ने बताएको थियो ।

डिसेम्बर १४, २०२१  देखि  सोमबार (जनवरी 3)सम्मको अवधिमा जोकोहीले दुई घण्टा भन्दा बढी समय त्यस स्थानमा बिताएका थिए उनिहरुले  जनवरी ५ सम्ममा अनिवार्य कोरोना परीक्षण गराइसक्ने आदेश जारी गरिएको थियो ।
लकडाउन भएको भवनमा बस्ने एक ६६ वर्षीया महिलाले डिसेम्बर २७ मा काउलुन तंङको मुन प्यालेस रेस्टुरेन्टमा आठ जना आफन्तहरूसँग खाना खाएका थिइन र यदि उनको संक्रमण पुष्टि भएमा  यो क्लस्टरसँग जोडिने छैठौं कोविड बिरामी हुनेछन उनी ।

अधिकारीहरूले जनवरी ३ तारीख २९  वटा नयाँ कोरोनाभाइरस केसहरू रिपोर्ट गरेको बेला उनको केस पनि समाबेश गरिएको थियो जसमा २८ वटा केस आयातित थिए ।

हङकङमा ओमिक्रोन प्रकोप : पहिलो अज्ञात स्रोतवाला केस भेटियो

कोभिड-१९ को ओमिक्रोन संस्करण भुसको आगो जस्तै  मौन ढंगले  समुदाय स्तरमा फैलिरहेको आशंका गरिएको छ। अधिकारीहरूले ४ तारीख मंगलबार चुन मुन निवासी एक व्यक्तिमा पहिलो चोटि अज्ञात स्रोतवाला केस पत्ता लगाएपछि यस्तो निष्कर्ष निकालिएको हो।

ती अज्ञात स्रोतबाट संक्रमित ४२ वर्षीय पुरुषमा जनवरी ४ तारिख  मंगलबार प्रारम्भिक पोजेटिभ देखिएको थियो    र उनमा भाइरसको रूपान्तरित स्वरूप  N501Y र T478K स्ट्रेन देखिएको थियो ।अहिलेको स्थितिमा रूपान्तरित संस्करण बोक्नु भनेको ओमिक्रोन हुनसक्ने संकेत हो।

प्रारम्भिक अनुसन्धानले उनको संक्रमण स्रोत पहिचान गर्न असफल भएपछि हङकङमा  ओमिक्रोन प्रकोप बिस्तार पस्चात  पहिलो अज्ञात स्रोतवाला केस अन्तर्गत उनलाई राखिएको हो।

ती व्यक्ति सर्भेयरको रूपमा कार्यरत छ्न । उनी आफ्नी श्रीमती र छोरीसँग चुई निङ गार्डेनमा बस्छन। उनको कार्यस्थल नर्थ पोइन्टमा छ।

जनवरी २ आइतबार  उनलाई टाउको दुख्ने र ज्वरो आउने भएको थियो ।  एक दिन पछि अर्थात सोमबार  उनी निजी डाक्टरलाई देखाउनु गएको बेला कोभिड टेस्ट पनि गराए। र मंगलबार दिउँसो उनको प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएको थियो ।

“स्थिति  चिन्ताजनक छ, किनकि समुदाय भित्र मौन ढंगले भाइरसको फैलावट भैरहेको  हुन सक्छ,” स्वास्थ्य संरक्षण केन्द्रका प्रमुख चिकित्सा तथा स्वास्थ्य अधिकारी अल्बर्ट आउ का-विंगले भने।

सरकारी सल्लाहकार युन क्वोक-यङसँग फेस्टिभल वाक, काउलुन तङमा रहेको मुन प्यालेस रेस्टुरेन्ट भ्रमण गरेपछि आउले पत्रकारहरूलाई यस केसको बारेमा जानकारी दिएका थिए ।

उनले मुन प्यालेस क्लस्टरमा थप एक जनामा ​​प्रारम्भिक  पोजेटिभ देखिएको बताए ।  उनी मुन प्यालेसमा खान गएका  मा ओन शानबासी   एक ग्राहकका १३ वर्षीया छोरी थिइन।

छोरीलाई ३१ डिसेम्बरदेखि पेन्नी  बे क्वारेन्टाइन सेन्टरमा राखिएको थियो ।

मुन प्यालेस  क्लस्टरमा हालसम्म  ​​पोजेटिभ हुनेको संख्या ७ पुगेको छ। मुन प्यालेसमा डिसेम्बर २७ तारीख खाना खान गएका ६ जना ग्राहकलाई अधिकारीहरूले क्वारेन्टाइनमा लानको लागि खोजी गरिरहेका थिए । तर उनीहरुलाई पनि खोज्न सफल भएको कुरा आउले मंगलबार बताए।

निरीक्षण पछि युनले भने कि  खाना खाने संक्रमित व्यक्तिहरु  रेस्टुरेन्टको कुनामा बसेका थिए।

क्याथे प्यासिफिक एयरक्रू क्लस्टरको प्रथम  केसबाट कोरोनाभाइरस रेस्टुरेन्ट भित्र खडा पार्टिसनको खाली ठाउँ( ग्याप)बाट फैलिएको हुन सक्छ। भाइरसहरु हावा जम्ने  कुनामा  गएर फसिएका हुन सक्छ।

एयर भेन्टिलेटरहरू सिलिङको नजिक जडान गरिएका थिए जसले   भुइँको नजिक तिर रल्लिएका भाइरसलाई  मार्न सक्षम भएनन उनले भने।

विज्ञले  बिरामी हुँदा खाना खान बाहिर नजान आग्रह गरे।

“एयर क्रु मेम्बर टाउको दुखाइ  र झाडापखालाबाट पीडित थिए बाहिर गएको दिन ” उनले भने।

५६ स्थानलाई अनिवार्य टेस्टको सूचना

नागरिकको कोभिड टेस्ट गर्ने सिलसिलामा अहिले हङकङ स्वयंको टेस्टिङ क्षमता कति छ भन्ने कुराको परिक्षा हुने स्थिति आएको छ। एकैचोटि ५६ स्थानमा परिक्षण सूचना जारी गर्नुपर्ने भएपछि यो बोझ आएको हो।

गत वर्ष नोभेम्बरमा खोलिएको अहिलेको हट स्पट M+ म्युजियमभित्र   एकै दिनमा करिब १०,००० जना भिजिटर घुम्न आउछ्न।

बुधबार जारी गरिएको अनिवार्य परीक्षण सूचनामा एक जना  प्रारम्भिक पोजेटिभ  स्थानीय केस, एक जना आयातित केससंग सम्बन्धित र दुई जना  सम्भावित आयातित केससंग  सम्बन्धित केसवालाहरुद्वारा भ्रमण गरिएका यी ५६ परिसरलाई  डिसेम्बर ४ तारिख बुधबार अनिवार्य परिक्षण  सूचना जारी गरियो। यी ठेगानामा गएका  मानिसहरूले बुधबारसम्म परीक्षणहरू पूरा गर्नुपर्छ भनिएको थियो ।

ती ५६ स्थानहरू हुन:

1. 3/F, कजवे बे कम्युनिटी सेन्टर ,7 फुक यम रोड, कजवे बे;

२. भिक्टोरिया पार्क, १ हिङ फात स्ट्रिट, कजवे बे;

3. सिक्स गार्डन रेस्टुरेन्ट, G/F, 1A गोर्डन रोड, तिन हाउ;

4. East Ocean · Lafayette, 15A/F, Windsor House, 311 Gloucester Road, Causeway Bay;

5. Tai O Tak Fat, G/F, Ying Wong House, 153 King’s Road, North Point;

6. वान चाइ मार्केटको G/F, 258 क्वीन्स रोड ईस्ट, वान चाइ;

7. McLarens Hong Kong Limited, Unit A, 13/F, Lee & Man Commercial Centre, 169 Electric Road, North Point;

8. चिज हाउस, सोप 19, G/F, Tsui Ning Garden, 2 Fung on Street, Tuen Mun;

9. डा. हो होन मिङ क्लिनिक, शप 3, G/F, ब्लक 4, Tsui Ning Garden, 2 Fung on Street, Tuen Mun;

10. Tuen Mun Wo Hong Clinic, 2 Wu Hong Street, Tuen Mun;

11. Joytiquette फेन्सिङ एकेडेमी, रुम 122, 1/F, My Loft, 9 Hoi Wing Road, Tuen Mun;

१२. इजी सेन्टर, रुम २००३, २०/f, चुन मुन पार्कलेन स्क्वायर, २ चुन हाई रोड, चुन मुन;

13. Ngar Tsui भोजनालय, पसल 17, G/F, Tsui Ning Garden, 2 Fung on Street, Tuen Mun;

14. AEON Tuen Mun Store, G/F, UG/F & 1/F, फेज1, Tuen Mun टाउन प्लाजा, 1 Tuen Shun Street, Tuen Mun;

15. शोकन, शप एफ, जी/एफ, वाह तात बिल्डिंग, 22 होई पा स्ट्रीट, सुएन वान;

16. मिल्स, 45 पाक तिन पार स्ट्रीट, चुन वान;

17. HeSheEat, शप G15-16, G/F, Luk Yeung Galleria, 22-26 Wai Tsuen Road, Tsuen Wan;

18. फु तुङ सीफुड रेस्टुरेन्ट, शप B-C, G/F, 92-94 इलेक्ट्रिक रोड, तिन हाउ;

19. थाई कुजिन, पसल S120, G/F, H.A.N.D.S, 2A Tuen Mun Heung Sze Wui Road, Tuen Mun;

20. हाना-मुसुबी, शप KOW 92, काउलुन MTR स्टेशन, Tsim Sha Tsui, ;

21. M+, वेस्ट  काउलुन कल्चरल डिस्ट्रीक्ट

22. गोल्डेन डायमंड कुजिन, G-2/F, मर्लिन गार्डन, 160 इलेक्ट्रिक रोड, नर्थ पोइन्ट;

23. चुन मुन लाइट रेल ट्रान्जिट डिपो, G/F, सन चुन मुन सेन्टर, 55-65 लुङ्ग मुन रोड, चुन मुन;

24. हट स्पट रेस्टुरेन्ट, पसल 102-104, G/F, ब्लक 11, Lung Mun Oasis, 43 Lung Mun Road, Tuen Mun;

25. Toi Shui Tong, Shop N202-N203, 2/F, Zone N, H.A.N.D.S, 2A Tuen Mun Heung Sze Wui Road, Tuen Mun;

26. FuwaFuwaPancakes (चेङ चोई स्ट्रीट), पसल 3, G/F, Kam Men Masion, 15 Tseng Choi Street, Tuen Mun;

27. Thre3 concept, G/F, Block 2, 33 San Hui Village, Tuen Mun;

२८. कानिजेन, पसल १०५, १/एफ, ली गार्डेन वन, ३३ हाइसान एभिन्यू, कजवे बे;

२९. हयात सेन्ट्रिक भिक्टोरिया हार्बर हङकङ, १ नर्थ पोइन्ट एस्टेट लेन, नर्थ पोइन्ट;

३०. म्याकडोनाल्ड्स, शप B2, बेसमेन्ट, लेइटन सेन्टर, 77 लेइटन रोड, कजवे बे;

३१. सुशी शियावासे, G/F, ५०९ क्वीन्स रोड वेस्ट, साई यिङ पुन;

३२. ग्रीन वुड कासिर गार्डेन रेस्टुरेन्ट, चिक युएन गार्डेन, लाम तेई, २१.५ माइलस्टोन, क्यासल पीक रोड, टुएन मुन;
33. सेन्ट्रल पियर नम्बर 5, सेन्ट्रल

34. छ्यङ चाउ फेरी पियर, न्यु टेरिटोरिज

35. न्यु बेकाराट सीफुड रेस्टुरेन्ट, G/F, 9A Pak She Praya Road, Cheung Chau;

36. 328 क्याफे, G/F, 217 Tin Sam Village, Tai Wai;

37. MTR ताई वाइ डिपो, 1 मेई तिन रोड, ताई वाई, शा तिन

38. सन मिङ युन सि फुड रेस्टुरेन्ट, पसल 101, 1/F, चुन यङ शपिङ सेन्टर, 16-22 Kwei Tei Street, Fo Tan;

39. Men Wah Bing Teng, Shop N-128, 1/F, Zone N, H.A.N.D.S, 2A Tuen Mun Heung Sze Wui Road, Tuen Mun;

40. फूड रिपब्लिक, 1/F, ओलम्पियन सिटी 2, 18 होई टिंग रोड, ताई कोक चुइ

41. PLAYT, पसलहरू 1.13- 1.22, 1/F, The Park Lane Hong Kong, 310 Gloucester Road, Causeway Bay;

42. Mrchekitchen, 1/F, New Kwai Fong Gardens, Ho Chuck Centre, 2-10 Kwai Yi Road, Kwai Fong;

43. जापान होम सेन्टर, पसल 131-132, डीबि प्लाजा, डिस्कवरी बे, लान्ताउ आइल्याण्ड;

४४. विंग अन डिपार्टमेन्ट स्टोर, शप ११४, डीबि प्लाजा, डिस्कवरी बे, लान्टाउ आइल्याण्ड;

45. पेंग चाउ मार्केट, 2 पो पेंग स्ट्रीट, पेंग चाउ;

46. ​​McDonald’s, Shop G02, D’deck, Discovery Bay, Lantau Island;

47. Bookazine & Partytime, Shop 104B, D’deck, Discovery Bay, Lantau Island;

४८. केनेडी टाउनबाट नर्थ प्वाइन्ट फेरी पियरसम्म रुट नम्बर १० मा चल्ने CTB बसहरू;

४९. वान चाइ (HKCECE) देखि शान किंग सम्म रुट नम्बर ९६१ मा चल्ने KMB बसहरू

५०. चुन मुन (याउ ओइ साउथ ) देखि लाइ किंग (नर्थ ) सम्म रुट नम्बर ६१ एम मा चल्ने KMB बसहरू

51. चुन मुन स्टेशन देखि चुन वान स्टेशन सम्म रुट नम्बर 60M मा चल्ने KMB बसहरू

५२. केनेडी टाउनबाट नर्थ प्वाइन्ट फेरी पियरसम्म रुट नम्बर १० मा चल्ने CTB बसहरू

53. चुन मुन स्टेशन देखि शा तिन स्टेशन सम्म रुट नम्बर 263 मा चल्ने KMB बसहरू

54. रुट नम्बर NR 726 मा चल्ने रेसिडेन्सिएल बसहरू Tsui Ning Garden, Tuen Mun देखि Causeway Bay सम्म

55.  डिस्कभरी बे (निम शु वान ल्यान्डिङ स्टेप्स) देखि पेंग चाउ पब्लिक पियर सम्म दौडने फेरी(हरु)

56. Ferry(ies) Peng Chau Public Pier देखि Discovery Bay सम्म (Nim Shue Wan Landing Steps)

३९ वटा नयाँ केस, चुन मुनमा लकडाउन

चुन मुन स्थित चुइ निङ गार्डनको ब्लक २ भवनमा डिसेम्बर ४ तारिख मंगलबार साँझ लकडाउन गरिएको थियो । हङकङलाई  ओमिक्रोन प्रकोपले गाजेपछी त्यस भवन निवासी एक ४२ वर्षीय सर्वेयरलाई अज्ञात स्रोतबाट ओमिक्रोन लागेको ठहर भएपछि यो लकडाउन भएको हो।

बुधबार बिहान ६.३० बजे लकडाउन खुकुलो हुने बताइएको थियो ।

त्यहाँका बासिन्दाहरूले बुधबार राति  १२ बजेसम्ममा अनिवार्य परीक्षण गर्नु पर्ने थियो । खोप लगाइएका व्यक्तिहरूलाई  पनि परीक्षण गर्न आवश्यक गरिएको थियो ।  आइतबार देखि  मंगलबारसम्मको अबधिमा टेस्ट गरेर परिणाम  नेगेटिभ आएकाले  पुन: परीक्षण गर्न पर्दैनथ्यो।

डिसेम्बर १२, २०२१ देखि ४ जनवरी मंगलबारसम्म दुई घण्टाभन्दा बढी समय त्यहाँ बिताएका  व्यक्तिहरूले पनि बिहीबार (६ जनवरी) सम्ममा परीक्षण गरिसक्नु पर्ने आदेश जारी गरिएको थियो ।

सर्वेक्षक आफ्नी श्रीमती र छोरीसँग त्यहाँ बस्छन।  उनमा मंगलबार कोविड-१९  प्रारम्भिक पोजिटिभ देखिएको थियो ।  र उनमा N501Y र T478K म्युटेन्ट स्ट्रेन  फेला पर्यो, जुन सम्भावित ओमिक्रोन संक्रमणको संकेत हो। तर ओमिक्रोन भेरिएन्ट उनले  बोकेको छ कि छैन भनी पुष्टि गर्न थप आनुवंशिक अनुक्रमण गर्नु पर्छ।

उनको CT भ्याल्लु अस्पताल भर्ना हुँदा  लगभग 18 थियो जुन उच्च भाइरल लोडको संकेत हो।  उनले  खोप लगाएका छैनन। उनी  अन्तिम पटक डिसेम्बर ३१,२०२१  मा नर्थ प्वाइन्टको इलेक्ट्रिक रोडमा रहेको युनिट A, 13/F, ली एन्ड म्यान कमर्शियल सेन्टरमा काम गर्न गएका थिए।

हङकङमा जनवरी ४ तारीख  मंगलबार ३९ वटा  नयाँ कोरोनाभाइरस केस देखापरेका थिए । जसमा १३ देखि ६६ वर्षका १६ पुरुष र २३ महिलाहरू समावेश थिए र  तीन वटा केस आयातित केससंग  थिए भने सम्बन्धित  बाँकी सबै आयातित केसहरू थिए।

आयातितसंग सम्बन्धीत तीनवटा केसमा ३५ वर्षीय पुरुष र ६२ र ६६ वर्षका दुई महिला संलग्न थिए ।

६६ वर्षीया महिलाले डिसेम्बर २७, २०२१ मा मुन प्यालेसमा खाना खाएकी थिइन। उनलाई ३१ डिसेम्बरमा पेन्नी  बे क्वारेन्टाइन केन्द्रमा पठाइएको थियो  र पछि पोजेटिभ पुष्टि भएकी थिइन।

अर्का पुरुष र ६२ वर्षीया महिला २८ वर्षीय महिला एयरक्रू सदस्यका परिवारका सदस्य हुन जो   टावर ६ अल्बानी कोभ, क्यारेबियन कोस्ट फेज-II  तुङ चुङ र नर्थ पोइन्ट स्थित  किङस रोडमा रहेको नाम तिन भवनमा बसेका थिए। आइतवार रिपोर्ट गरिएको २६ वटा  नयाँ केसहरू मध्ये यी  महिला एयरक्रू सदस्य पनि थिइन।

मा अन शानमा बस्ने अर्को मून प्यालेसमा खाना खाने व्यक्ति थिइन  १३ वर्षीया छोरी जो मंगलबार प्रारम्भिक पोजिटिभ भएकी थिइन ।

सेन्टर फर हेल्थ प्रोटेक्शनले थप १२ वटा ओमिक्रोन केसहरू पुष्टि गरेको थियो  जसमा एक देखि ६१ वर्षका आठ पुरुष र चार जना महिला थिए । जनवरी ४ तारीखसम्म हङकङमा ११४ ओमिक्रोन केसहरू रिपोर्ट गरिएको छ।

केन्द्रले मंगलबार देखि जनवरी १७ तारिख सम्म दुई साताका लागि पाँचवटा वायुसेवा कम्पनीका यात्रुवाहक उडानको हङकङ  अवतरणलाई  रोक लगाएको थियो ।

ति हुन  सियोल, कोरियाबाट क्याथे प्यासिफिकको उडान CX419 ;  दिल्ली, भारतबाट आउने एयर इन्डिया  उडान AI1314;  भ्यानकुभर, क्यानाडाबाट आउने एयर क्यानाडा  उडान AC007;  बैंकक, थाइल्याण्ड आउने थाई एयरवेज उडान TG600;  र उडान Z21264 मनिला, फिलिपिन्सबाट आउने फिलिपिन्स एयर एशिया ।

तपाईको प्रतिक्रिया