क्रान्ति सुब्बा

जनवरी ७ तारीख शुक्रवारदेखि हङकङका सबै बार र मनोरन्जन स्थलहरू दुई हप्ताको लागि बन्द हुने भएको छ। र रेस्टुरेन्टहरूले साँझ ६ बजे पछि खाना प्रदान गर्न बन्द  गर्नुपर्नेछ, हङकङकि कार्यकारी प्रमुख क्यारी लामले जनवरी ५ तारीख  बुधबार घोषणा गरिन।

कोभिड–१९ को  पाँचौं लहर कुनै पनि बेला शुरु हुने चेतावनी लामले दिइन। “हामीले समुदायमा हुनसक्ने ठूलो स्केलको प्रकोपलाई रोक्ने अवसरलाई गुमाउनु हुन्न। किनकि यो दौड  ओमिक्रोनसँगको हो ” उनले भनिन।

जनवरी ७ तारीखदेखि रेस्टुरेन्टहरूले साँझ ६ बजे पछि खानाको सेवा प्रदान गर्न पाउनेछैनन।

टाइप बी रेस्टुरेन्टहरूले प्रत्येक टेबलमा दुई जनालाई मात्र बसाउन  सक्छ। टाइप सी र डी रेस्टुरेन्टमा प्रति टेबल  क्रमशः चार र छ जना मान्छे मात्र बस्न पाउनेछन।

रोग रोकथाम तथा  नियन्त्रण अध्यादेशको क्याप्सन ५९९F ले नियमन गरेका सम्पूर्ण स्थलहरु दुई हप्ताको लागि बन्द गर्नुपर्नेछ जस अन्तर्गत जस्तै  बार, कराओके, जिम, ब्यूटी पार्लर, मसाज पार्लर, गेमिङ सेन्टर र मनोरञ्जन पार्कहरू रहेका छ्न।

हङकङ साइक्लोथन जस्ता  ठूला सार्वजनिक कार्यक्रमहरू रद्द गरिनेछ।  क्रूज यात्राहरू निलम्बित हुनेछन। लेजर एन्ड कल्चरल सर्भिसेस डिपार्टमेन्ट अन्तर्गत रहेका सम्पूर्ण  परिसर बन्द हुनेछ।

लामले यात्रा प्रतिबन्धलाई कडा गर्ने घोषणा पनि गरिन।
जनवरी ८ शनिबार मध्यरातबाट आठ देशका सबै यात्रुवाहक उडानमा १४ दिन प्रतिबन्ध लगाइने भएको छ । ती प्रतिबन्धित देशहरू हुन  अष्ट्रेलिया, क्यानडा, फ्रान्स, पाकिस्तान, युनाइटेड किंगडम, फिलिपिन्स, संयुक्त राज्य अमेरिका र भारत ।
ती देशहरूमा विगत २१ दिनदेखि बसेकाहरूलाई पनि हङकङ  प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ । यसको अर्थ इभन ट्रान्जिट उडानहरू प्रयोग गरेर समेत उनीहरु हङकङ फर्कन पाउदैनन।

कोरोनाभाइरसको अघिल्लो लहरहरूमा निजामती कर्मचारीले घरबाट नै काम गर्नु परेको थियो र स्कुलहरु पनि बन्द भएका थिए । तर यस पटक  सरकारले निजामती कर्मचारीहरूलाई घरबाट काम गर्ने अनुमति दिइएको छैन । विद्यालयका  कक्षाहरु पनि  सञ्चालनमा रहने छन।

“निस्सन्देह यथासंभव निजी कम्पनीहरुले आफ्ना कर्मचारीहरूलाई सकेसम्म घरबाट नै काम गर्ने अनुमति दिउन भन्ने म चाहन्छु । तर  निजामती कर्मचारीहरूको थुप्रै कामहरू भएकाले घरबाट गर्न संभव छैन  ” लामले भनिन।
अब लागू हुने नयाँ महामारी नियन्त्रण मापदण्डअनुसार कुनै पनि अस्पतालमा रोगीलाई भेटन जान पाइदैन । सार्वजनिक स्थानमा चार जना भन्दा बढी भेला हुन पाइन्न ।

बन्द हुने परिसरहरू निम्न छ्न:

1. बार वा पब
2. मनोरञ्जन खेल केन्द्र
3. बाथहाउस
4. फिटनेस केन्द्र
5. मनोरञ्जनजन्य स्थान 
6. सार्वजनिक मनोरञ्जन स्थल
7. पार्टी रुम
8. ब्यूटी पार्लर र मसाज सेन्टर
7. क्लब हाउस
8. क्लब वा नाइट क्लब
9. काराओके
10. माजिलोङ-तिन काउ परिसर
11. खेलकुद परिसर
14. स्विमिङ पुल
15. कार्यक्रम हुने  स्थान

हङकङमा कोभिड रुललाई तुरुन्तै कडा गर्नुपर्ने मत हङकङका मेडिकल विशेषज्ञले राख्न थालेपछि हङकङ सरकारले यो नयाँ महामारी मापदण्डलाई कार्यान्वयनमा ल्याएको हो। समुदायमा कम्तीमा १० थान मौन संक्रमण साङलो सगबगाएको हुनसक्ने अनुमान विज्ञजनले गरेका थिए ।
स्वास्थ अधिकारीले हङकङमा करिब तीन महिनाको अन्तराल पछि पहिलो चोटि  यस्तो अज्ञात स्रोतधारी केस देखिएको बताएका थिए । र संभवत त्यो चुन मुनवासी संक्रमितको संसर्ग ओमिक्रोनसंग भएको थियो ।

युनिभर्सिटी अफ हङकङ मेडिसिन फेकल्टीका डिन ग्याब्रीयल ल्यङले संक्रमणको साङलो चुडाल्न हङकङले २४ घन्टाभित्र सामाजिक दुरि सम्बन्धि नियमलाई  कडा गर्नु पर्छ भनेका थिए ।
तेस्रो पुस्ताको भाइरस फैलिएको यो सहरले देखिसकेको छ भन्दै उनले भने ” मुन प्यालेस क्लस्टर बाहेक कम्तीमा अरु दुइटा संक्रमण साङलो सक्रिय छ। त्यति मात्र होइन अरु ५ देखी १० वटा अदृश्य ( मौन ) स्क्रमण साङ्लो हाम्रो समाजमा व्याप्त छ।”
युनिभर्सिटी अफ हङकङका प्रोफेसर इभान हुङले पनि ल्यङ कै भनाइलाई सदर गर्दै सरकारले यही दुई दिन भित्र सामाजिक दुरिको नियमलाई टाइट गर्न सुझाव दिएका थिए ।
कोभिड आउटब्रेक बढ्दै गएमा स्कुलका प्रत्यक्ष कक्षा समेत फेरि निलम्बन गर्नुपर्ने हुनसक्छ उनले भने।
सरकारका महामारी सल्लाहकार प्रोफेसर युन क्वक यङले त हङकङमा कोभिडको पाँचौं लहर शुरु भैसकेको घोषणा गर्दै अनावश्यक जमघट बन्द गर्न आव्हान गरे।

उनको विस्वास अनुसार संक्रमित क्याथे क्रु मेम्बरको  घनिष्ठ सम्पर्कमा रहेकाहरुले नै यो भाइरस चारैतिर फैल्याएका हुन।

तपाईको प्रतिक्रिया