क्रान्ति सुब्बा

चुन मुन निवासी अज्ञात स्रोतबाट संक्रमित भएको भनिएको व्यक्तिलाई  क्याथे प्यासिफिककि फ्लाइट एटेन्डेन्ट ओहदामा कार्यरत व्यक्तिकि आमाबाट भाइरस सरेको हो भनेका छ्न  सरकारी सल्लाहकार युन क्वोक-युङले ५ तारिख बुधबार ।  तीन हाउ स्थित एउटा भोजनालयमा ब्रेकफास्ट खाइरहेको बेला ती महिलाबाट त्यो पुरुषमा भाइरस संक्रमण भएको हुनुपर्छ उनले भने।

४२ वर्षीय सर्वेक्षकलाई जनवरी ५ तारिख बुधबार कोभिड-१९ पुष्टि भएको थियो । तर एक दिन अघिसम्म उनको केस अज्ञात स्रोतबाट संक्रमित प्रारम्भिक पोजेटिभको रूपमा सूचीबद्ध गरिएको थियो। हङकङमा ओमिक्रोन प्रकोप विस्तार भए यता  यो प्रकृतिको केस पहिलो चोटि देखिएको हो।

युनको भनाइ अनुसार ती व्यक्तिको संक्रमणको स्रोत तिन हाउ स्थित  सिक्स गार्डेन रेस्टुरेन्ट हो। यसको अर्थ अब हङकङमा अज्ञात स्रोत भएको कुनै  केस छैनन।

सर्भेयरले बिहानको खाजा खाइरहेको समयमा फ्लाइट एटेन्डेन्टकी ६२ वर्षीया आमा दुई साथीहरूसँग अर्को टेबलमा बसिरहेकी थिइन।
त्यसबेला रेस्टुरेन्टमा एयर भेन्टिलेटर अन गरिएको थिएन युनले रेस्टुरेन्टको निरीक्षण गरेपछि भने।

“ती महिला क्याथे क्रु मेम्बरले पहिला आफ्नी आमालाई कोरोनाभाइरस सारिन र त्यसपछि उनको आमाले आफ्ना साथीहरु र सर्वेक्षणकर्तालाई सारिन ” युनले भने।

ती विमान परिचारिका  र उनको आमालाई कोरोना संक्रमण पुष्टि भैसकेको छ । उनकि  आमासँग बिहान खाजा खाने  आमाका दुई साथी साथै उनको एउटा साथीको लोग्नेको  रिपोर्ट पनि जनवरी ५ तारीख बुधबार प्रारम्भिक पोजेटिभमा परेको थियो ।

स्वास्थ्य अधिकारीहरूले अहिलेसम्मका सबै पुष्टि केसहरूको स्रोतहरू पत्ता लगाइसकेका छ्न जहाँ सम्म । तर  ओमिक्रोन संस्करण विरुद्ध कडा महामारी विरोधी उपायहरू अपनाउन  अझै आवश्यक छ भन्छ्न युन।

“अधिकांश केसहरू मास्क लाउनु नपर्ने  वातावरणबाट  संक्रमित भएर आउछन उदाहरणका लागि रेस्टुरेन्ट, बार र फिटनेस सेन्टरहरू” उनले भने।

स्वास्थ्य संरक्षण केन्द्रका सरुवा रोग शाखा प्रमुख चुआङ सुक-क्वानले डिसेम्बर ३१, २०२१ मा बिहान ८:५० देखि ९:५० सम्म तिन हाउको सिक्स गार्डेन रेस्टुरेन्टमा पुगेका नागरिक र छिमेकीहरूलाई  चाँडो सम्पर्कमा आउन अनुरोध  गरेका थिए ।

अधिकारीहरूले उक्त रेस्टुरेन्टमा त्यो बेला खाजा खान नजिकै  बसेका  एक दर्जन जति व्यक्तिलाई खोजी रहेछ्न।

अघिल्लो पत्रकार सम्मेलनमा अधिकारीहरूले  सर्भेयर काममा जाँदा हरेक दिन भिक्टोरिया पार्कको बाटो भएर जान्थे भनेका थिए । त्यो बाटो हिडेको बेला विमान परिचारिकाकि आमा करिब २० मिटर टाढा  साथीहरूको समूहमा व्यायाम नृत्य गरिरहेकि थिइन।

“भिक्टोरिया पार्कमा धेरै मानिसहरु आवतजावत गरिरहन्छ्न  र व्यायाम गरिरहेका हुन्छ्न। अहिलेको अवस्थामा  उनीहरूलाई कोरोनाभाइरसको प्रकोपमा  पर्ने उच्च जोखिम हुन्छ, “सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक एडविन चोई लोक-किनले चेतावनी दिए।

सरसफाइ गर्ने कामदारले जनवरी ५ तारिख बुधबार  रात पार्कको भुइँहरू कीटाणुरहित तुल्याउन सफा गरेका थिए ।

स्वास्थ्य अधिकारीहरूले हङकङमा जनवरी ५ तारीख बुधबार  ३८ वटा नयाँ कोविड-१९ केसहरू देखिएको  घोषणा गरेका थिए । जसमध्ये ३१ जनाले N501Y र T478K स्ट्रेनहरू बोकेका थिए – यी स्ट्रेन बोक्नु भनेको  ओमिक्रोनको  संकेत हुन।

तीमध्ये नयाँ वर्षको दिन हङकङ आइपुगेका तीन एयरक्रू र १४ जना घरेलु कामदारहरू सहित ३४ वटा  आयातित केसहरू थिए।

तपाईको प्रतिक्रिया