क्रान्ति सुब्बा

हाल लागू कोभिड नियम मार्फत भाइरसको  ट्रान्समिसन चेन यथाशीघ्र तोडेर  र दुई हप्ताभित्र कोभिड प्रकोपलाई नियन्त्रणमा ल्याउने आशा हङकङका सरकारी अधिकारीहरुले लिएका छ्न स्वास्थ्य मन्त्रीले भनिन।

जनवरी ६ तारीख बिहिवार रेडियो कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री  सोफिया चान सिउ-चीले भनिन -हाल लागु महामारी नियन्त्रणका मापदण्डले  हङकङको व्यापार व्यवसायलाई अवश्य असर पुरयाउदछ  तर सुरुमा थोरै असुविधा भोगेर हामीले भविष्यको ठुलो पीडालाई दूर गर्न सक्छौं ।

उनले अर्को  महिनामा रहेको  चिनियाँ नयाँ वर्षको बिदामा व्यवसायहरू सामान्य अवस्थामा फर्किएर सुचारु हुने  आशा व्यक्त गरिन।

स्कुलका फेस टु फेस कक्षाहरू सामान्य रूपमा जारी रहने   बारेमा बोल्दै  चानले यदि  स्कूलहरु पुरै बन्द गरिएमा यसले विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्दछ भनिन।

यद्यपि शिक्षा ब्यूरोले सहरको कोभिड अवस्थालाई नीग्रानी गरि समय र स्थिति  अनुसार नितिमा आवश्यक संशोधन गर्दै जानेछ भनिन। स्वास्थ्य अधिकारीहरुले ३ वर्ष माथिका  बालबच्चाहरूलाई कोविड खोपहरू उपलब्ध गराउनेबारे पनि अध्ययन गरिएको बताइन।

सरकारले अहिलेको महामारी नियन्त्रण मापदण्ड लागु भएको ७ दिन पछिको स्थितिलाई  समीक्षा समिक्षा गर्ने बताइएको छ। पुष्टि भएका ओमिक्रोन केसको जाँच पडतालको सन्दर्भमा जानकारी दिने क्रममा चुन मुन निवासी  पुरुष सर्वेक्षक र संक्रमित फ्लाइट एटेंडेंट की आमा  सिक्स गार्डन रेस्टुरेन्ट ग्राउन्ड फ्लोर , 1ए गोर्डन रोड, तिन हाउमा एउटै समयमा  खाना खाएको पत्ता लागेको बताइन। एउटै रेस्टुरेन्ट र  समयमा १५ मिनेट वरपर बसेर खाजा खाएको बेला ती पुरुषमा भाइरस सरेको शंका गरिएको थियो । यसकारण यो संक्रमणको  स्रोत  स्पष्ट भएको बताइन। यसको मतलब जोखिमपूर्ण स्थिति टरेर गयो भनेर ढुक्क हुने स्थिति छैन । समुदायमा अझै   संभावित संक्रमण श्रृंखला यथावत हुनसक्ने कुरा औल्याइन।

अर्कि संक्रमित इन्डोनेसियाली घरेलु कामदार – जसलाई उडान परिचारिकाकि आमाबाट संक्रमित भएको थियो – उनले यो भाइरसलाई  होस्टल देखि चर्च सम्म पुर्‍याएको हुन सक्छ भनिन।

सरकारले हङकङ स्थित  इन्डोनेसियाली महावाणिज्य दूतावासलाई कन्ट्याक्ट ट्रेसिङको लागि मद्दत गर्न आग्रह गरेको छ चानले बताइन।

तपाईको प्रतिक्रिया