क्रान्ति सुब्बा

६ जनवरी २०२२

बर्थ डे पार्टी

मिति : जनवरी ३ तारीख सोमबार २०२२
समय : बेलुकी ६ बजे
स्थान :रिजर्भा इबेरिका तपस बार एन्ड रेस्टुरेन्ट , कजवे बे सेन्टर , वान चाइ।
जन्म दिन व्यक्तित्व : विटम्यान हुङ वाइ- म्यान, प्रमुख संपर्क अधिकृत  सेन्जेन,छ्यान्हाइ (हङकङ प्रतिनिधि )

आयातित ओमिक्रोन बोकेका एक क्याथे प्यासिफिकका क्रु मेम्बरले तीन दिन गृह मै बिताउनु पर्ने आइसोलेसनको नियम उलंघन गरेर जथाभावी हिड डुल गरे। फलस्वरूप हङकङमा समुदाय स्तरमा ओमिक्रोन फैलिन थाल्यो । क्रीसमसको दिनबाट शुरु भएको अथाह ओमिक्रोन आतंकले हङकङमा छुट्टै  मानसिक भय सिर्जना गरेको थियो ।
हङकङ सरकारले संभावित ओमिक्रोन उम्कने छिद्रलाई  टाल्न अहोरात्र लकडाउन बिधिलाइ थप तदारुकताका साथ लागु गरिरहेको थियो । सरकारले चीनिया नयाँ वर्षको छेको मानव भिडभाडलाई नियन्त्रण गर्न भ्याक्सिन बबललाई थप बिस्तार गर्ने सोचिरहेको थियो । चीन संगको सिमानाकालाई क्वारेन्टाइन फ्री तुल्याउने कुरा पनि चलिरहेकै थियो । तर समुदाय स्तरमा घटेको ओमिक्रोन रुढिले हङकङको जनजीवनलाई फेरि अस्तव्यस्त तुल्याइ दियो।
ओमिक्रोन प्रकोप भुसको आगो जस्तो सल्केको बेला हङकङका राजनेता , शिर्ष ओहदाका निजामती कर्मचारी , मन्त्री , सांसदको सय जना भन्दा व्यक्तित्वहरु एउटा विशाल रात्री भोजमा भेला भएर ओमिक्रोनलाइ ठाडै आमन्त्रण गर्छन।

शुरुमा दस जना सरकारी अधिकारीहरू मात्र  सेन्जेन छयानहाइको लागि हङकङ प्रतिनिधि प्रमुख सम्पर्क अधिकारी विटम्यान हुङ वाइ-म्यानको जन्मदिनमा जनवरी ३ तारिख सोमबार भाग लिएका थिए भनिएको थियो  । जुन पार्टी वान चाइको कजवे सेन्टरको रिजर्भा इबेरिका तपस बार एण्ड रेस्टुरेन्टमा आयोजना गरिएको थियो ।

क्यास्पर चुइ

त्यस भोजमा भाग लिएको भोलिपल्ट एक जना महिला  अतिथिलाई कोभिड १९ को प्रारम्भिक पोजिटिभ भएको थियो । एउटा पारिवारिक सदस्यका एक संक्रमित व्यक्तिसंग उनको घनिष्ठ संपर्क भएका कारण उनलाई पेन्नी बे क्वारेन्टाइन सेन्टर लगिएको थियो र त्यसबेला गरिएको टेस्टमा उनको नतिजा प्रारम्भिक पोजिटिभ आएको हो। त्यसपछि उनको क्लोज कन्ट्याक्टमा रहेका पहिलो व्यक्ति  हङकङ गृह मामिला प्रमुख क्यास्पर चुइ यिंग-वाइ रहेको पत्ता लाग्यो। क्यास्परलाइ क्वारेन्टाइनमा राखिने सम्भावना रहेको कुरा कार्यकारी  प्रमुख क्यारी लामले जनवरी ६ तारीखको प्रेस ब्रीफिङ्मा भनेकी थिइन।

बिहीबार साँझ आयोजित उक्त  पत्रकार सम्मेलनमा उनले अध्यागमन प्रमुख आउ का वाङको केस पुष्ठि हुन बाँकी छ भनेकी  थिइन।

ती पोजिटिभ ठहर भएकी महिला जन्मदिनको भोजमा पुग्नु भन्दा अगाडि अन्य आठ जना सरकारी  अधिकारीहरू पनि पुगेका थिए तर उनिहरु धेरै समय नबसी हिडेका थिए । ती अधिकारीको नामावली निम्न बमोजिम छ्न।

• वित्तीय सेवा र खजाना सचिव क्रिस्टोफर हुई चिंग-यु, उनका उपसचिव जोसेफ चान हो-लिम

• प्रहरी आयुक्त रेमण्ड सिउ चक-यी

• ICAC आयुक्त साइमन पेह युन-लु

• गृह मामिला उपसचिव ज्याक चान जिक-ची

• इनोभेसन र प्रविधि उपसचिव डेभिड चुंग वाइ-क्यङ, राजनीतिक सहायक लिलियन च्यङ मान-लेई

• संवैधानिक र मुख्य भूमि मामिलाका उपसचिव क्लेमेन्ट वू किन-म्यान।

“म निराश छु, विशेष गरी क्यास्पर चुईसंग,” लामले भनिन। उनले  सहकर्मीहरूलाई भोजतिर  नजान आग्रह पनि गरेकी थिइन।

ICAC आयुक्त साइमन पेह युन-लु

सरकारी अधिकारीले देखाएको आचरणको जिम्मेवारी तपाईंले  वहन गर्नुपर्छ कि पर्दैन भन्ने प्रस्न  सोध्दा लामले हङकङको महामारी नियन्त्रण मापदण्डकि नम्बर एक इन्चार्ज भएको नाताले केहि हद सम्म जिम्मेवार लिनुपर्छ मैले भनिन ।

उनले नाम उल्लेख नगरी संबंधित  पदाधिकारीलाई उपयुक्त कारबाही गर्ने बताइन ।

यदि अधिकारीहरूले स्वास्थ्य सल्लाहलाई बेवास्ता गर्छन भने उनीहरूले जनताका सामु उदाहरणीय भएर  काम गर्न सक्दैनन, उनले भनिन।

स्रोतका अनुसार पूर्व भन्सार आयुक्त हर्मेस ताङ यी-होई पनि भोजमा गएका थिए।

विटमेन र एलेन

एउटा तस्वीर छापामा भाइरल भएको थियो जसमा जन्मदिन भएको व्यक्ति हुङले बिना मास्क गीत गाइरहेका छ्न आफ्नो हात अर्कि बिना मास्क रमाइरहेकि अतिथि एलेन चाङ फङ- चुको काँधमा राखेर । ती महिला अतिथि वाइ. एलिटस (Y.Elites)एसोसिएसनका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका सदस्य  हुन।

तीन जना विधायक (सांसद) ले पनि आफुहरु उक्त पार्टीमा उपस्थित भएको कुरा खुलस्त पारेका थिए । ती तीन जना मध्ये एक जना थिए इन्फर्मेसन टेक्नोलोजी कार्यात्मक निर्वाचन क्षेत्रका डन्कान चिउ तात-कुन जसको नतिजा नेगेटिभ आएको थियो ।  निर्वाचन समिति निर्वाचन क्षेत्रका बेन्सन लुक होन-म्यानले बिहीबार राति ९ बजेसम्म आफ्नो परिक्षणको नतिजा अपडेट गरेका थिएनन।

निर्वाचन समिति निर्वाचन क्षेत्रका अर्का विधायक (सांसद) रक चेन चुङ-निनले आफू र उनका एक कर्मचारी भोजमा सहभागी भएको बताएका थिए ।  उनले आफ्नो कर्मचारी भोलिपल्टै लेजिस्लेटिव काउन्सिल  कम्प्लेक्स र सिटी टावरमा रहेको आफ्नो कार्यालयमा फर्किएको पनि जानकारी दिएका थिए ।

वित्तीय सेवा र खजाना सचिव क्रिस्टोफर हुई चिंग-यु

लेजिस्लेटिव काउन्सिल अर्थात व्यवस्थापिका परिषद सचिवालयले संबंधित विषयमा सूचित भैसकेको बताएको थियो  र सम्बन्धित सांसद र  कर्मचारीलाई नेगेटिभ  कोविड परिणाम नआइन्जेल  विधान परिषद कम्प्लेक्स र सिटी टावरमा रहेको  कार्यालयमा नफर्कन भनिएको थियो ।

७ जनवरी २०२२


मुल भूमि चीन प्रतिनिधिको  जन्मदिनको पार्टीमा भाग लिने कम्तीमा चार सांसदहरूलाई पेन्नी बे क्वारेन्टाइन सेन्टर पठाइयो। शुरुमा पार्टीमा उपस्थित एक महिलामा ओमिक्रोन  प्रारम्भिक पोजिटिभ प्रमाणित भएपछि उनको क्लोज कन्ट्याकमा रहेका  गृह सचिव क्यास्पर चुई यिंग-वाइलाई क्वारेन्टाइन पठाइएको थियो र अहिले  निकट संसर्गमा रहेका सांसद (विधायक)हरुलाइ लगिएको हो।

विधायक द्वय बेन्सन लुक होन-म्यान र डंकन चिउ तात-कुनलाई कोभिड भएको कुरा जनवरी ७ तारीख  शुक्रबार पुष्टि भयो। उनीहरू प्रारम्भिक पोजिटिभ  केस पत्ता लागेको स्थलमा भएको नाताले २१ दिने क्वारेन्टाइन बस्नु पर्दछ।

लीजिस्लेटिव काउन्सिलका अध्यक्ष एन्ड्र्यु ल्यङ क्वान- युनको भनाइ अनुसार त्यहाँ उपस्थित अन्य दुई सांसदहरू थिए  रक चेन चुङ-निन र वेन्डी होङ वेन थिए।

जनवरी ७ तारिख बिहान एक रेडियो कार्यक्रममा बोल्दै डंकन चिउले जनवरी ३ तारीख सोमबारको पार्टीमा उपस्थित हुन कुनै कठिनाइ नभएको, उक्त  पार्टी सामान्य सामाजिक कार्यक्रमको रूपमा रहेको र संबंधित निकायबाट  सामाजिक दूरीका मापदण्ड पनि  कडा नगरिसकेको अवस्था थियो भने।

उनले आफू पार्टीमा अलि लामो समयसम्म  बसेर  नकारात्मक उदाहरण सेट गरेको कुरा स्विकारे। उनले २१ दिने क्वारेन्टाइनका कारण आउदो  सातामा हुने पहिलो परिषद  बैठकमा उपस्थित हुन नपाएकोमा पस्चाताप पनि व्यक्त गरे।
स्मरण रहोस गृह मामिला प्रमुख क्यास्पर चुई र  सहायक राजनीतिक विकास निकायका सचिव एलेन फङ यिङ-लुनलाई पेन्नी बे  क्वारेन्टाइन सेन्टर पठाइ सकिएको छ।

क्यारी लामले भने अनुसार पार्टीमा सहभागी  अन्य शीर्ष अधिकारीहरूमा वित्तीय सेवा र ट्रेजरी सचिव क्रिस्टोफर हुइ चिङ-यु, प्रहरी आयुक्त रेमन्ड सिउ चक-यी, आईसीएसी आयुक्त साइमन पेह युन-लु र अध्यागमन आयुक्त आउ का-वाङ थिए।

इमिग्रेसन प्रमुख एडमन्ड आउ का- वाङ

अन्य उपस्थित व्यक्तिहरुमा संवैधानिक तथा मुल भूमि मामिलाका  उपसचिव क्लेमेन्ट वु किन-म्यान, गृह मामिला उपसचिव ज्याक च्यान जिक-ची, वित्तीय सेवा तथा  ट्रेजरीका  उपसचिव जोसेफ चान हो-लिम, नवप्रवर्तन तथा प्राविधिक  उपसचिव डेभिड चुङ वाइ-क्यङ र  नवप्रबर्तन तथा प्राविधिक सचिवको राजनीतिक सहायक लिलियन च्यङ मान-लेई थिए ।


आरटिएचकेका स्टाफ संक्रमित

हङकङको एउटा ठुलो पब्लिक ब्रोडकास्टर कम्पनी आरटिएचके( RTHK ) को काउलुन तङ मुख्यालयमा काम गर्ने एक कर्मचारीलाई कोरोनाभाइरस प्रारम्भिक पोजिटिभ भएपछि त्यहाँका सम्पूर्ण  कर्मचारीहरूलाई जनवरी ७ तारीख  शुक्रबार मुख्यालय  भवन खाली गर्न आदेश दिइएको थियो ।

स्रोतका अनुसार स्टेशनको पोतङवा च्यानलमा काम गर्ने एक महिला कर्मचारी  जन्मदिनको पार्टीमा सहभागी हुन वान चाइ इलाकामा  गएकी थिइन जुन पार्टीमा आएकी  एक महिला अतिथि पोजिटिभ पुष्टि भएकी थिइन। भोजमा सरकारी अधिकारी र सांसदहरुको समेत सहभागिता रहेको थियो ।

काउलुन तङको ब्रोडकास्ट ड्राइभमा रहेको स्टेशनको मुख्यालयलाई शुक्रबार  राति ७ बजे कीटाणुरहित बनाइएको थियो । सबै कर्मचारी र आगन्तुकहरूले  साँझ ६.४० बजे अघि भवन खाली गर्नुपर्ने सूचना जारी गरिएको थियो ।

शुक्रबार  बिहानको एक रेडियो कार्यक्रममा जनसमुदायले उक्त  जन्मदिनको भोजमा उपस्थित भएका मानिसहरु प्रति आक्रोश पोखेका थिए ।

“विश्वभरका सबै मानिस  महामारीसँग लडिरहेका छ्न एकातिर भने अर्कोतिर केहि मानीसहरु यस्तो जमघट गर्दैछ्न।  वरिष्ठ अधिकारी र प्रसिद्ध व्यक्तिलाई मात्र जमघट गर्न अनुमति दिने र सामान्य नागरिकले भने भात खान पनि बाहिर जान नपाइने यो कस्तो चलन हो। सर्वसाधारण जनप्रति यस्तो हुनु उचित होइन। ” च्यङ थरका एक जना टेलीफोनबाट कल गरेर  भने।

यो स्थितिको जिम्मेवारी  कार्यक्रमको आयोजक र त्यो पार्टीमा उपस्थित भएकाहरूले लिनुपर्छ भने कतिपयले ।

“उनीहरूले आफूलाई जवाफदेही ठानेनन र राजीनामा पनि  दिएनन भने सरकारले तिनीहरूलाई बर्खास्त गर्न सक्छ?  के क्यारी लामले यी अधिकारीहरूलाई बर्खास्त गर्लिन?”  युन थरका  व्यक्ति फोन मार्फत यो प्रश्न तेर्स्याए।

४९ स्थानमा अनिवार्य परिक्षण सूचना जारी

कजवे सेन्टरमा रहेको रिजर्भा इबेरिका तापस बार एण्ड रेस्टुरेन्ट-जहाँ शीर्ष सरकारी अधिकारीहरूले “१००-अतिथि जन्मदिनको पार्टी” मा भाग लिएका थिए- लाई पनि अनिवार्य परिक्षण सूचना जाहेर गरिएको थियो ७ तारीख शुक्रबार । सरकारले जारी गरेको अनिवार्य परिक्षण सूचना पाउने  स्थान संख्या जम्मा   ४९ रहेको थियो।
जन्मदिनको पार्टी स्थल बाहेक, संक्रमित क्याथे प्यासिफिक उडान परिचारिकाकि  आमाका साथीहरूले भ्रमण गरेका ठाउँहरू पनि यसमा  समावेश छन।

1. रियाल्टो हवेली, 183 किंग्स रोड, नर्थ प्वाइन्ट;

2. विंग युन टी हाउस, G/F, 39 पिल स्ट्रीट, केन्द्रीय;

3. नाबे उरावा, पसल 1404- 1405, 14/F, हाइसन प्लेस, 500 हेनेसी रोड, कजवे बे;

4. द ब्यूटी मेडिकल, 9/f, प्लाजा 2000, 2-4 रसेल स्ट्रीट, कजवे बे;

5. रिजर्भा इबेरिका तापस बार र रेस्टुरेन्ट, पसल 10, 1/F, कजवे सेन्टर, 28 हार्बर रोड, वान चाइ;

6. चलचित्र, समाचार पत्र र लेख प्रशासन कार्यालय, 39/F, रेभिन्यु टावर, 5 ग्लुसेस्टर रोड, वान चाइ;

7. U select, G/F, 61, 63 र 63A Sing Woo Road, Happy Valley;

8. Mannings, G/F, 25-27 Sing Woo Road, Happy Valley;

9. वोंग नाइ चुङ स्पोर्ट्स सेन्टर  4/एफ, वोंग नाइ चुङ म्युनिसिपल सर्भिस बिल्डिङ , 2 युक साउ स्ट्रीट, ह्याप्पी भ्याली;

१०. वोंग नाइ चुङ मार्केट , २ युक साउ स्ट्रीट, ह्याप्पी भ्याली;

11. कजवे बे मार्केट, 142 इलेक्ट्रिक रोड, कजवे बे;

१२. इम्पीरियल ट्रेजर फाइन चाइनिज कुजिन, २/एफ, क्राउन प्लाजा हङकङ कोजवे बे, ८ लेइटन रोड, कजवे बे;

13. हङकङ डे, शप G8, G9 र G10 को भाग B, G/F, CC Wu Building, 302-308 Hennessy Road, Wan Chai;

14. वेल्दी गार्डन, 6/F विन्डसर हाउस, 311 ग्लुसेस्टर रोड, कोजवे बे;

१५. आउटब्याक स्टीकहाउस, पसल ३०५-३०८, ३/एफ, कजवे बे प्लाजा १, ४८९ हेनेसी रोड, कजवे बे;

16. ताई वो स्पोर्ट्स सेन्टर , पोडियम लेभल , ताई वो शपिंग सेन्टर, ताई वो एस्टेट, ताई पो;

17. ताई युन मार्केट, 10 टिंग कोक रोड, ताई पो;

18. बेथेल फेलोशिप लिमिटेड, एकाइ 1409-1411, 14/F, ब्लक ए, सी भ्यू एस्टेट, 2 वाटसन रोड, नर्थ पोइन्ट;

प्रहरी आयुक्त रेमण्ड सिउ चक-यी

19. लेई तुङ कम्युनिटी  हल, लेई तुङ इस्टेट, आप लेई चाउ;

20. साइजेरिया इटालियन रेस्टुरेन्ट , पसल 101A, लेई तुङ कमर्शियल सेन्टर फेज II, 5 लेई तुङ इस्टेट रोड, आप लेई चाउ;

21. McDonald’s, G/F मा शप C2 र शप D को भाग र 1/F को सम्पूर्ण भाग, ह्याप्पी भ्यू बिल्डिंग, 165-167 Ap Lei Chau Main Street, Ap Lei Chau;

22. लेभल  3, मेन लाइब्रेरी  , युनिभर्सिटी अफ हङकङ , पोक फु लाम;

23. रियल टेस्ट फुड, पसल 7, G/F बिलियन कोर्ट, 147 आप लेई चाउ मेन स्ट्रीट, एप लेई चाउ;

24. आप लेई चाउ स्पोर्ट्स सेन्टर, 1- 4/एफ, आप लेई चाउ म्युनिसिपल सर्भिस बिल्डिंग, 8 हङ शिङ स्ट्रिट, आप लेई चाउ;

25. CCC वान्चाई चर्च केई तो प्राइमरी स्कुल  , 45 तुङ कुन स्ट्रीट, याउ मा तेई;

26. Gyuugoku स्टोन ग्रिल स्टीक, G/F, 464 Nathan Road, Yau Ma Tei;

27. काई बो फूड सुपरमार्केट, पसल 6-11, G/F, H. Bonaire, 62-76 Ap Lei Chau Main Street, Ap Lei Chau;

२८. हो चोई सीफुड रेस्टुरेन्ट, ३/एफ, का विङ बिल्डिङ, ५३२-५३८ नाथन रोड, मोङ कोक;

29. 55 औं हङकङ ब्रान्ड र प्रोडक्ट एक्सपो, भिक्टोरिया पार्क, कजवे बे;

30. पास्ता र ओइस्टर हाउस, पसल 54-55, G/F, मैक्सी मल, 233 इलेक्ट्रिक रोड;

31. Joyful Lane, शप 101, Olympia Plaza, 255 King’s Road, North Point;

32. 2/F, डिसिप्लिन्ड सर्भिस स्पोर्ट्स एन्ड रिक्रीएसन  क्लब, 9 कटन पथ, सो कोन पो, कोजवे बे

33. फेयरवुड, पसल 1, G/F, 148 इलेक्ट्रिक रोड, नर्थ पोइन्ट;

34. थाई कुजिन , पसल 94, 1/F, ब्लक 14, सिटी गार्डन, 233 इलेक्ट्रिक रोड, नर्थ पोइन्ट;

35. प्यालेस बाई द सी, लेभल १ (भाग) देखि लेभल ३, लेक सिल्भर, ५९९ साई शा रोड, मा अन सान;

36. उफुफु क्याफे बाइ LDK, शप 115, G/F, फेज 1, न्यू टाउन प्लाजा, 18 शा टिन सेन्टर स्ट्रीट, शा टिन;

37. शुन तक फ्रेटरनल एसोसिएसन चुन मुन लेउङ ली साउ यू किन्डरगार्टन, जी/एफ, टिंग होङ हाउस, टिंग एस्टेट, चुन मुन;

38. येन कुङ मेन्सन, ताइकू शिंग, क्वारी बे;

39. CITIC सेक्युरिटीज कम्पनी लिमिटेड, रुम 805-6, 8/F, Olympia Plaza, 255 King’s Road, North Point;

40. डिलक्स कुजिन, G/F, Convoy, 169 इलेक्ट्रिक रोड, North Point;

४१. क्वारी बे कम्युनिटी हल, जी/एफ, क्वारी बे कम्युनिटी कम्प्लेक्स, १ ग्रेग रोड, क्वारी बे;

42. Hang Seng Bank, Hang Seng North Point बिल्डिंग, 335-341 King’s Road, North Point;

43. चोई फूक डिलाइट बैंक्वेट (फोर्ट्रेस हिल शप), 3/एफ, ओलम्पिया प्लाजा, 255 किंग्स रोड, नर्थ पोइन्ट;

44. आप लेई चाउ मार्केट, आप लेई चाउ म्युनिसिपल सर्भिस बिल्डिंग, 8 हङ शिङ स्ट्रिट, आप लेई चाउ;

४५. केनेडी टाउनबाट नर्थ प्वाइन्ट फेरी पियरसम्म रुट नम्बर १० मा चल्ने बसहरू;

४६. सेन्ट्रल (केन्द्रीय फेरी पियर्स) देखि ताइ पो सेन्ट्रल सम्म रुट नम्बर ३०७ मा चल्ने बसहरू;

४७. वान चाइ नर्थबाट यिउ तुङ इस्टेटसम्म रुट नम्बर २A मा चल्ने बसहरू;

48. Caritas Pelletier School, NKIL 6010, Clear Water Bay Road, Ngau Chi Wan का शिक्षकहरू र 3 विद्यार्थीहरू;

49. कारितास लोक कान स्कूल, 17 तिन तान स्ट्रीट, तिन शुई वाई।

बर्थ डे पार्टीको दोस्रो संक्रमितको असर

बर्थ डे पार्टीमा संलग्न अर्को एक जना व्यक्तिमा प्रारम्भिक पोजिटिभ देखिएपछि थप सरकारी अधिकारी , सांसद लगायत भोजमा संलग्न अरु व्यक्तिहरूलाई  क्वारेन्टाइनमा पठाउने क्रम जारी रहन थाल्यो ।

जन्म दिनको भोजसंग संबंधित दोस्रो प्रारम्भिक पुष्ठि केस भएकी व्यक्ति हुन जोयस यङ जसले  आरटिएचके रेडियो तथा टिभी  स्टेशनमा पुतङ्वा ( मेन्डारिन भाषा ) च्यानल चलाउथिन। उनी जनवरी ३ तारीख सोमबारको भोजमा सहभागी भई राति करिब ८ बजे तिर बाहिरिएकी  थिइन।

यो भोजमा जम्मा १७० जना  अतिथि उपस्थित भएका थिए । यी सबै जनालाई अब उसो  दुई संदिग्ध केससंग घनिष्ट संसर्ग रहेको बर्गमा राखियो । यसको अर्थ हो अब सबै संसर्गमा रहेकाहरु अनिवार्य पेन्नी बे   क्वारेन्टाइन सेन्टर जानू पर्थ्यो।

क्वारेन्टाइनमा जानुपर्ने  सरकारी अधिकारीहरूमा वित्तीय सेवा र ट्रेजरी सचिव क्रिस्टोफर हुइ चिङ-यु, प्रहरी आयुक्त रेमन्ड सिउ चक-यी, आईसीएसी कमिश्नर साइमन पेह युन-लु, संवैधानिक र मुल भूमि मामिलाका उपसचिव क्लेमेन्ट वु किन-म्यान, उपसचिव क्लेमेन्ट वु किन-म्यान समावेश छन।  गृह मामिला उप सचिव  ज्याक चान जिक-ची, वित्तीय सेवा र ट्रेजरी उपसचिव जोसेफ चान हो-लिम, नवप्रवर्तन तथा प्राबिधिक  उपसचिव डेभिड चुङ वाइ-कयङ , नवप्रवर्तन  र प्राबिधिक  सचिव लिलियन चेओङ मान-लेईका राजनीतिक सहायक परेका थिए ।

यसै क्रममा भोजमा भाग लिने पन्ध्र सांसदहरूले पनि २१ दिनको क्वारेन्टाइन जानु अघि नै आफ्नो सामान प्याक गर्ने तयारी गरेका थिए।

हालसम्म तीन सरकारी अधिकारीहरू – गृह मामिलाका सचिव क्यास्पर चुई यिङ-वाइ,  राजनीतिक बिकास  सहायक सचिव एलेन फङ यिङ-लुन, र अध्यागमन आयुक्त आउ का-वाङलाई २१ दिनको क्वारेन्टाइनमा  पठाइएको छ।

उनीहरुको साथमा  चार सांसदहरू सामेल थिए – बेन्सन लुक होन-म्यान, डन्कन चिउ तात-कुन, रक चेन चुंग-निन, र वेन्डी होङ वेन, जसलाई प्रारम्भिक पोजेटिभ  केसको नजिकको सम्पर्कको रूपमा वर्गीकृत गरिएको थियो।

अध्यागमन प्रमुख आउले शुक्रबार  उनलाई पेन्नी  बे क्वारेन्टाइन सेन्टरको आइसोलेसन कक्षमा राखिने बताएका थिए ।  स्वास्थ्य निकायले गरेको सबै व्यवस्थालाई पूर्ण रुपमा सहयोग गर्ने उनले बताए ।

एक विज्ञप्तिमा अध्यागमन प्रमुखले उनी भोजमा एकछिन मात्र उपस्थित भएको र जन्म दिनको बधाई दिई  खाना  पनि  नखाई   हिडेको बताएका थिए ।  उनले कार्यक्रममा उपस्थित भएकोमा माफी मागेका थिए ।

“मेरो निजि व्यवहारको कारणले महामारी रोकथाम कार्यमा थप बोझ पुगेकोमा र  जनतालाई असुविधा भएकोमा म हङकङका सबै जनतासँग  इमानदारीपूर्वक माफी माग्न चाहन्छु। मैले यो घटनाबाट पाठ सिकेको छु र भविष्यमा थप सतर्क रहनेछु ” उनले भने ।

भोजमा सहभागी सबै क्वारेन्टाइनमा

अन्ततः शीर्ष चिनियाँ अधिकारीको जन्मदिनको पार्टीमा उपस्थित  जम्मा १७० पाहुनालाई क्वारेन्टाइन केन्द्र पठाइएको थियो । जसमा केही दिन अघि सेन्जेन गएर फर्किएका सांसद जुनियस हो क्वान यिउ पनि परेका थिए ।

जनवरी ७ तारीख शुक्रबार दिउँसो एक मिडिया सत्रमा सेन्टर फर हेल्थ प्रोटेक्शनको तर्फबाट  चुआंग सुक-क्वानले सामूहिक स्थानान्तरण(मास ट्रान्सफर ) भएको  घोषणा गरिन।

आरटिएचके होस्ट जोयस यङ र विटमेन

चुआङले त्यो रात पार्टीमा कम्तीमा दुई जना संक्रमित व्यक्ति सामेल भएको बताइन।

कोभिड-१९ पोजिटिभ देखिएकी ३७ वर्षीया महिला राति ९:३० देखि १०:१५ बजेसम्म पार्टीमा बसेकी थिइन।  त्यसैले राति ९ः३० बजे पार्टीमा आएका करिब ७० जना क्वारेन्टाइनमा बस्नुपर्ने कुरा खुलाइएको थियो ।

अर्की प्रारम्भिक पोजेटिभ पुष्ठि केस अन्तर्गत एक ५३ वर्षीया महिला जो आरटिएचके (RTHK) कार्यक्रमकि  होस्ट जोयस यङ  थिइन।

उनी साँझ ६ बजेदेखि ८ बजेसम्म पार्टीमा बसिन  र राति ९ः३० बजे मात्रै निस्किएकि थिइन । त्यसैले  केन्द्रले सबै पाहुनालाई क्वारेन्टाइनमा पठाउने निर्णय गरेको थियो ।

चुआंगले बताए अनुसार ती ३७  वर्षीया महिला र ५३ वर्षीया महिलाले  एक अर्कालाई चिन्दैनन। यस मानेमा त्यो पार्टीमा भाइरसका दुई वटा स्रोत विद्यमान थिए ।

पेन्नी बे क्वारेन्टाइन सेन्टर

तपाईको प्रतिक्रिया