क्रान्ति सुब्बा

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले १३ जना वरिष्ठ सरकारी अधिकारीहरूलाई आफ्नो पदिय दायित्वबाट  निलम्बन गरेकी छिन। जनवरी ३ तारिख  सोमबार कोभिड-१९ प्रभावित जन्मदिनको पार्टीमा सहभागी भएका यी अधिकारीहरूको आचरण अनुसन्धान गर्न पनि  उनले आदेश दिएकी छिन। उक्त भोजमा उपस्थित १७० पाहुनामध्ये दुई जनामा ​​कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
दुई जना पाहुनामा कोभिड-१९ पोजेटिभ देखिएपछि पार्टीका सबै १७० पाहुनालाई जनवरी ७ तारीख शुक्रबार क्वारेन्टाइन बस्न आदेश दिइएको थियो।

“देशभक्त-मात्र” भन्ने नाराका साथ भर्खरै चुनिएका  विधान परिषदका १९ जना सदस्यहरू  यस कार्वाहीको दायरा भित्र परेका छ्न। हाल सम्मको परिक्षणमा कसैको पनि नतिजा पोजिटिभ आएको छैन। अन्य सबै  पाहुनाहरूलाई यसै  हप्ता क्वारेन्टाइन सेन्टर  पठाइएको थियो।

जनवरी ७ तारीख शुक्रबार ढिलो  जारी गरिएको  विज्ञप्तिमा  उनले “विस्तृत” अनुसन्धान हुनुपर्ने  आदेश दिएकी छिन। “भोजमा हाजिर  अधिकारीहरुको उपस्थितिले आचारसंहिता (अनुशासन) को कुन घेरा उल्लंघन गरेको छ या छैन” स्पष्ट पार्न भनेकी छिन।

उनले ” क्वारेन्टाइनको अधीनमा रहेका सबै अधिकारीहरूलाई आफ्नो पदभार सम्बन्धि काम कर्तव्य  निर्वाह नगर्न”  निर्देशन दिइन। र निजहरूले  क्वारेन्टाइनमा बिताएको २१ दिन उनीहरुको पाउदर बिदाबाट लिनुपर्छ भनेकी छ्न। यसको अर्थ उनीहरुको छुट्टीबाट  २१ दिन कटाइने छ।

चिनको लागि हङकङ प्रतिनिधि विटम्यान हङको ५३ औं जन्मदिनको उपलक्ष्यमा उक्त  पार्टी जनवरी ३ तारीख सोमबार वान चाइको स्पेनिश रेस्टुरेन्ट रिजर्भा इबेरिकामा आयोजित भएको थियो।

हङकङले समुदाय स्तरमा शुन्य संक्रमण कायम राखेको तीन महिना भैसकेको थियो । दुर्भाग्यवश द्रुत स्तरमा संसारमा फैलिरहेको ओमिक्रोन भेरिएन्टले हङकङको एकजनालाई  संक्रमण गराएपछि यहाँको संक्रमण शुन्यता  डिसेम्बर ३१ मा समाप्त भएको थियो ।

त्यसपछि निरन्तर लोकल केस बढने क्रम जारी छ र सयौं क्लोज कन्ट्याक्ट अर्थात घनिष्ठ सम्पर्कमा रहेका जनलाई  क्वारेन्टाइनमा पठाइएको छ।

सो पार्टीमा सहभागी हुने वरिष्ठ अधिकारीहरूमा गृह मामिला सचिव क्यास्पर चुई, अध्यागमन निर्देशक आउ का-वाङ, पुलिस कमिश्नर रेमन्ड सिउ र अख्तियार दुरुपयोग अनुसन्धान  आयोगका प्रमुख साइमन पेह सामेल थिए। यी  चार र अन्य केहीले  सार्वजनिक रूपमा माफी मागिसकेका छन।

आउ का वाङले सार्वजनिक रूपमा माफी मागेको यो दोस्रो  पटक  थियो, उनले गत वर्ष एक लक्जरी निजी क्लबमा चार जना भन्दा बढी व्यक्तिहरूको साथमा डिनर गर्दा जरिवाना पनि  तिरेको थिए ।

हङकङकि नेत्री क्यारी लामले  भनिन “म दोहोर्‍याएर भन्न चाहन्छु कि भाइरससँग लडन सम्पूर्ण समाजको सामुहिक  प्रयास आवश्यक छ र जसको लागि  सरकारी अधिकारीहरू उदाहरणीय रूपमा प्रस्तुत हुनुपर्दछ। नियमहरूको पालना गर्नुपर्दछ, सतर्क रहनुपर्दछ र उच्च जोखिमपूर्ण गतिविधिहरूमा भाग लिने कुराबाट टाढा रहनुपर्छ।”  छानबिन पछि सम्बन्धित अधिकारीहरू विरुद्ध “उपयुक्त कारबाही” हुने उनले बताइन।

कार्यकारी प्रमुख कार्यालयका निर्देशक एरिक चान क्वोक-कीले राजनीतिक रूपमा नियुक्त भएका १० जना अधिकारी र आइसिएसी  प्रमुख साइमन पेह युन-लुमाथि छानबिन गर्नेछन।  निजामती सेवाका सचिव प्याट्रिक निप ताक-कुनले निजामती कर्मचारी क्षेत्रका दुई विभाग प्रमुखको केस छानबिनको निरीक्षण गर्ने भएकाछ्न।

क्यास्पर चुई यिंग-वाइ क्वारेन्टाइनमा रहेको अबधिमा निपले होम अफेयर्स ब्यूरो प्रमुखको पनि कार्यभार सम्हानेछ्न।  वाणिज्य तथा आर्थिक विकास सचिव एडवर्ड याउ ताङ-वाहले वित्तीय सेवा र ट्रेजरी सचिव  क्रिस्टोफर हुइ चिङ-युको  जिम्मेवारी सम्हाल्नेछन।
प्रहरी आयुक्त सिउ चाक-यीले शुक्रबार ढिलो जारी विज्ञप्तिमा माफी मागेका छन र स्वास्थ्य अधिकारीहरूले गरेको कामकारबाहीमा आफूले पूर्ण सहयोग गर्ने बताएका छन।
उनको बिदामा प्रहरी नायव उपायुक्त (व्यवस्थापन) क्वोक यामशुले निमित्त प्रहरी आयुक्त भएर  जिम्मेवारी सम्हाल्ने छन।
चुइ र हुइ  लगायत अन्य धेरै अधिकारीहरूले  माफी मागिसकेका छ्न।
शुक्रबार ढिलो  जारी एक छुट्टै विज्ञप्तिमा, खाद्य र वातावरणीय स्वच्छता विभागका प्रवक्ताले यो भोज कान्डको पूर्ण रूपमा गहिरो अनुसन्धान हुने बताएकाछ्न ।
अनुसन्धानको दायरामा  रेस्टुरेन्ट सञ्चालक र कर्मचारीहरू साथै भोजमा सरिक पाहुनाहरू पर्ने छ्न। अनुसन्धान अन्तर्गत संबंधित व्यक्तिहरुले  सम्पर्क ट्रेसिङ एप लिभ होमसेफ (LeaveHomeSafe ) को प्रयोग  गएका  थिए  कि  थिएनन ,  मास्क लगाइएको थियो  कि थिएन जस्ता सान्दर्भिक नियम उल्लङघनबारे छानबिन हुनेछ।

ग्लोबल फाइनान्सियल हब हङकङ मात्र संसारमा शेष रहेका केही  स्थानहरू मध्ये एक यस्तो स्थान  थियो  र हो जो भाइरसको स्थानीय फैलावटलाई  पूर्ण रूपमा रोक्न कटिबद्ध  थियो र छ जसको लागि हङकङले कडा किसिमको क्वारेन्टाइन नियमलाइ मात्र अख्तियार गरेको छैन, बाँकी विश्वबाट आफुलाइ  अलग राख्ने जोखिम पनि  मोलेको छ।

तपाईको प्रतिक्रिया