क्रान्ति सुब्बा

सरकारी सल्लाहकार डेभिड हुइ शु-च्यङले हङकङमा महामारीको पाँचौं लहर आइसकेको घोषणा गर्दै जनवरी २० सम्मको लागि  लागु भएको कडा महामारी विरोधी मापदण्डलाई लम्ब्याउनु पर्छ भनेका छ्न।

जनवरी ८ तारीख शनिबार एक रेडियो कार्यक्रममा बोल्दै स्वास्थ्य अधिकारीहरूले हालसम्म धेरै संक्रमण चेनहरू पत्ता लगाइसकेको बताए।

ओमिक्रोन भेरिएन्ट डेल्टा भेरिएन्ट भन्दा चार देखि आठ गुणा छिटो अरुमा सर्न सक्छ। र संक्रमित क्याथे प्यासिफिक फ्लाइट एटेन्डेन्टकी आमाबाट फैलिएको चौथो पुस्ताको यो भाइरसका कारण अवस्था थप चिन्ताजनक भएको छ उनले थपे।

हुइले जनवरी ७ तारीख शुक्रबार  रिपोर्ट गरिएको प्रारम्भिक पोजिटिभ  केस मध्ये एउटा केसको बारेमा चिन्ता  व्यक्त गरे। तिनी थिइन अज्ञात स्रोतबाट संक्रमित ५८ वर्षीया महिला जसले हङकङका विभिन्न  सुपरमार्केटहरू कामको सिलसिलामा भ्रमण गरिसकेकी छिन।
उनले स्वास्थ्य अधिकारीहरूलाई ती महिलाको  आनुवंशिक अनुक्रम यथाशीघ्र अध्ययन गरेर वास्तव मै उनी अज्ञात स्रोतवाला केस हुन वा होइनन किटान गर्न  आग्रह गरे। यदि अधिकारीहरूले अन्य कुनै सुरागबाट महिलाको  केस अरु केससंग जोडिएको पाए  भने स्थिति बल्ल कम चिन्ताजनक हुनेछ उनले औंल्याए।

निजामती कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन र विद्यालयको आमने–सामने कक्षा स्थगन गर्न  सरकारले आवश्यक कदम चाल्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया