कथा : कार्बनफुटप्रिन्ट र शंकाको उत्सर्जन
विजय हितान-
मिर्मिरेबिहानिमा :
एली कार लिएर बिहानै आइन । हामी लाग्दै गरेको आजको गन्तव्य स्थानको बाटैमा पर्छ मेरो घर । गत शुक्रबार हामीले बनाएका थियौँ सँगै जाने योजना । मेरो झोला कारको पछाडि सिटमा फालेर म अगाडि बसेँ ।
‘गुड मर्निङ एली ! कस्ती छौ ? सप्तान्त कस्तो बित्यो ?’ मैले कारको सिटबेल्ट लगाउँदै सोधेँ ।
‘चिसो मौसमका कारणले कतै गइनँ । कुकुर डुलाउन बिहान बेलुका डावर नदीको किनारतिर निस्केँ । मा...