नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा

नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा
काठमाडौं। वामदेव गौतमको संयोजकत्वमा बनाइएको नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा लागेका छन् । मियाँले आज आइतबार एक विज्ञप्ति जारी गर्दै ओली पक्ष छाडेर प्रचण्ड-माधव पक्षतिर लागेको घोषणा गरेका हुन् । उनलाई अध्यक्षद्वय दाहाल र नेपालले स्वागत गरेका छन् । यसअघि ओली पक्षीय नेकपाले केन्द्रीय सदस्य मनोनीत गरेकोमा मियाँले अस्वीकार गरेका थिए । उनी हज कमिटीका पूर्वअध्यक्ष प...

रघुजी पन्तबाट मेरो चरित्रहत्या प्रयास भयोः कोमल वली

रघुजी पन्तबाट मेरो चरित्रहत्या प्रयास भयोः कोमल वली
काठमाडौं । राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वलीले रघुजी पन्तबाट आफ्नो चरित्रहत्या प्रयास भएको भन्दै न्यायका लागि अदालत जाने बताएकी छन् । उनले राजनीतिक नेतृत्वबाटै आफ्नो चरित्रहत्याको प्रयास भएको भन्दै प्रहरी र अदालतको ढोका ढक्ढकाउने जानकारी दिइन् । आफूले यो विषयमा सबैसँग सरसल्लाह गरिरहेको र सबैले कानूनी प्रक्रियामा जान सुझाव दिएको उनले बताइन् । माधव प्रचण्ड समूहका नेता पन्तको अभिव्यक्ति...

३१ सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको सरुवा (हेर्नुहोस् सूची)

३१ सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको सरुवा (हेर्नुहोस् सूची)
काठमाडौं । ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा भएको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उनीहरुको सरुवा गरेको हो । जसमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको पाल्पा, बाग्लुङका प्रजिअ सुरेश न्यौपानै सिन्धुली, गोरखका प्रजिअ तिर्थराज भट्टराई महोत्तरी, सिन्धुपाल्चोकका प्रजिअ उमेश कुमार ढकाल सुनसरी, सुनसरीका पणिन्द्रमणि ...

नेकपा संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराई

नेकपा संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराई
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई मनोनित गरेका छन् । प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई मनोनित गरेका हुन् । यसअघि सो पदमा देव गुरुङ थिए । विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशील भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आम निर्वाचनमा खोटाङ जिल्लाबाट प्र...

राष्ट्रपति र प्रधानमन्त्रीबीच अदालतको फैसला, संसद बैठकलगायत विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच अदालतको फैसला, संसद बैठकलगायत विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवीबीच भेटवार्ता भएको छ । हिजो साँझ शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । ...

नेकपाको आधिकारिकता सम्बन्धी फैसला फागुन २० गते हुने

नेकपाको आधिकारिकता सम्बन्धी फैसला फागुन २० गते हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला यही फागुन २० गते हुने भएको छ । ऋषि कट्टेलले दायर गरेको रिटमाथिको सुनुवाई आज सकिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईपछि निर्णय सुनुवाईको मिति तोकिएको हो । कट्टेल २०७५ मंसिरमा नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको ...

अदालतको फैसला कार्यान्वयन गर्दै अघि बढ्ने नेकपाको निर्णय

अदालतको फैसला कार्यान्वयन गर्दै अघि बढ्ने नेकपाको निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठक बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय बैठकले गरेको छ, सर्वाेच्...

नेकपाः दुवै पक्ष हाराहारीमा (सूचीसहित)

नेकपाः दुवै पक्ष हाराहारीमा (सूचीसहित)
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनासँगै अब सत्तासमीकरणको खेल शुरू भएको छ । नेकपा विभाजनले कानुनी मान्यता पाइनसके पनि राजनीतिक रूपमा नेकपा संसदीय दल विभाजित भइसकेको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहले पुष्पकमल दाहाल ९प्रचण्ड० लाई संसदीय दलको नेता चयन गरेको थियो । तर, प्रतिनिधिसभा पुनःस्थापित भइसकेपछि नेकपा विभाजनले कानुनी मान्यता नपाइसकेकाले वैधानिक प...

ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै

ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतल...

प्रतिनिधिसभा विघटन बदर गर्दै पुनःस्थापना हुने फैसला

प्रतिनिधिसभा विघटन बदर गर्दै पुनःस्थापना हुने फैसला
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना हुने फैसला गरेको छ । संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि अदालतले हिजो फागुन ११ गते आफ्नो फैसला सुनाएको हो । दुवै पक्षको बहस र एमिकस क्युरीको राय फागुन ७ गते सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले फैसला कुनै पनि दिन आउन सक्ने बताएका थिए । दुवै पक्षको बहस नोट फागुन १० गते पेस भएको थियो । हिजो बिहानै...