न्यायालयप्रति पूर्ण विशवास छः प्रधानमन्त्री

न्यायालयप्रति पूर्ण विशवास छः प्रधानमन्त्री
कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयप्रति आफ्नो पूर्ण विश्वास र सम्मान रहेको बताएका छन् । दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आज कञ्चनपुर पुगेका ओलीले अदालतलाई सधैँ सम्मान गर्ने दोहोर्‍याए । शनिबार विराटनगरमा गरेको सम्बोधनलाई लिएर केहीले हौवा फिँजाएको भन्दै ओलीले सर्वोच्चले संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने भनेर आफूले नभनेको पनि प्रस्ट पारे । आफूले त्यो विषयमा कसैलाई धम्क...

विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा भएलगत्तै पुनः पक्राउ

विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा भएलगत्तै पुनः पक्राउ
काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्दित विद्रोही पाटी नेकपाले सरकार सकारात्मक रहे वार्ताका लागि तयार रहेको भन्दै प्रेस विज्ञिप्त जारी गरेका बेला नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई आज पुनः पक्राउ गरिएको छ । न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्...

प्रधानमन्त्रीले उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड

प्रधानमन्त्रीले उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड
दाङ। दाङ देउखुरीको राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएको माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ । सिसहनिया–महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरणसमेत गरेका थिए । पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड भएको छ । कसले र किन शिलालेख तोडफोड गर्यो भन्ने बारेमा आधिकारीक जानकारी नभएको प्रहरीले जनाए...

डा. सिके राउतको पार्टी चुनावमा जान तयार

डा. सिके राउतको पार्टी चुनावमा जान तयार
रुपन्देही । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले राउतले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा रहेकोले त्यसप्रति अहिले केही नबोलेपनि संसद पुनःस्थापना नभए आफूहरू चुनावमा जान तयार रहेको बताएका छन् । राउतले संसद विघटनलाई भने असामान्य घटनाको संज्ञा दिएका छन् । आइतबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै राउतले करिब दुई तिहाई बहुमतको सरकार...

दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री कञ्चनपुर जाँदै

दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री कञ्चनपुर जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदैछन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । सरकारले यसै साता चार औद्योगिक क्षेत्रको शिलान्...

रक्षक नै भक्षक, अपहरण आरोपमा बुवा र मामा पक्राउ

रक्षक नै भक्षक, अपहरण आरोपमा बुवा र मामा पक्राउ
काठमाडौं । बच्चाका लागि बुवाआमाभन्दा नजिकको संरक्षक को होला र ? तर धनुषामा भएको घटनाले भने यो कुरालाई गलत साबित गर्न खोजेको छ । सात वर्षीय बालक आफ्नै बुवा र मामाबाट अपहरणपछि मुक्त भएका छन् । प्रहरीले अपहरित बालकको ७ घण्टाभित्र सकुशल उद्धार गरेको हो । अपहरणमा संलग्न बालकका बुवा र मामासहित तीन जना पक्राउ परेका छन् । धनुषाको नगइराइन नगरपालिका–६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको...

संवैधानिक उपराष्ट्रपति र सभामुख नै झगडिया बन्दै हिड्न थालेः प्रधानमन्त्री

संवैधानिक उपराष्ट्रपति र सभामुख नै झगडिया बन्दै हिड्न थालेः प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख नै झगडिया बन्दै हिड्न थालेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले संवैधानिक पदहरु नै सरकारविरुद्ध झगडियाको रुपमा हिड्न थालेको भन्दै असन्तुष्टि जनाएका हुन् । विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू झगडिया नभएको बताउदै सभामुखलाई किर्तेको संज्ञा दिदै सरकारविरुद्ध मुद्दा लिएर अदालत गएको उल्लेख ...

मार्च पास गर्दै नागरिक आन्दोलनद्वारा घोषणापत्र जारी

मार्च पास गर्दै नागरिक आन्दोलनद्वारा घोषणापत्र जारी
काठमाडौं । बृहत नागरिक आन्दोलनले जनताका अधिकार रक्षाबाटै लोकतन्त्र सुरक्षित रहने अवधारणासहितको घोषणापत्र जारी गरेको छ । शुक्रबार काठमाडौंमा टुँडिखेल मार्च पास गर्दै नागरिक आन्दोलनले घोषणापत्र जारी गरेको हो । प्रधानमन्त्री केपी शर्माओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो प्रकरणविरुद्ध संघर्षका कार्यक्रम गर्दै आएको नागरिक आन्दोलनले जारी गरेको घोषणापत्रमा आदिवासी, जनजाती, महिला, दलित, उत्...

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक तीन बजे

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक तीन बजे
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बिहीबार पनि बस्दै छ । बुधबारको बैठकमा पेस भएका एजेण्डामाछि छलफल गर्न आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ । केन्द्रीय समितिको बुधबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरिएको थियो । यस्तै पार्टी महाधिवेशन र वर्तमान राष्ट्रिय राजनीतिका विषयमा पनि बैठकमा छलफल भइरहेको छ । काँग्रेसले १४ औ...

पत्रकार महासङ्घः ककसले पाए पुरस्कार ? (हेर्नुहोस् नामसहित)

पत्रकार महासङ्घः ककसले पाए पुरस्कार ? (हेर्नुहोस् नामसहित)
काठमाडौं । यस वर्षको ‘कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार’ महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्यलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपैयाँ छ । नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनका अवसरमा फागुन ५ गते काठमाडौंमा आयोजित कार्यक्रममा यो पुरस्कार प्रदान गरिएको हो । त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका पुष्प...