विप्लव नेतृत्वको समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा

विप्लव नेतृत्वको समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । वार्तामा...

सरकार र विप्लव समूहको वार्ता सकारात्मक

सरकार र विप्लव समूहको वार्ता सकारात्मक
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (आज) दुवै पक्ष वार्तामा बसेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका एक सदस्यले बताए । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले वार्ता सकारात्मक उन्मुख रहेको जानकार...

कांग्रेस संसदीय दलको बैठक फागुन २१ गते

कांग्रेस संसदीय दलको बैठक फागुन २१ गते
काठमाडौं । संसदको आसन्न अधिवेशनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडका अनुसार फागुन २३ गतेदेखि शुरू हुने संसद अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न फागुन २१ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । यसैबीच नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फागुन २२ गते बोलाउने तयारी थालिएको...

को को छन् सरकार र विप्लव समूहको वार्ता टोलीमा ?

को को छन् सरकार र विप्लव समूहको वार्ता टोलीमा ?
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको प्रतिबन्दित समूहबीच वार्ता हुने भएको छ । वार्ताका लागि दुवै पक्षले वार्ता टोली पनि गठन गरिसकेको जानकारी दिएका छन् । सरकारले नेत्रविक्रम चन्द, विप्लव समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधान...

नेपाली भूमिविरुद्ध कुनै गतिविधि नगर्न आग्रह

नेपाली भूमिविरुद्ध कुनै गतिविधि नगर्न आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि र चासोविरुद्ध कुनै गतिविधि नगर्न छिमेकी मुलुकहरुलाई आग्रह गरेका छन् । विश्व मामिला परिषदको ७३ औं सभालाई सोमबार सम्बोधन गर्दै ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । ‘छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धतामा नेपाल अडिग छ’ ज्ञवालीले भने, ‘हामी पनि छिमेकीहरुबाट यस्तै सहकार्य र प्रत...

एक्स्काभेटरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरियो

एक्स्काभेटरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरियो
धादिङ । मानवता नै नभएपछि मान्छेले कतिसम्मको नीच काम गर्छ भन्ने कुरा धादिङको घटनाबाट पुष्टि भएको छ । जिल्लामा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स...

अविश्वासको प्रस्ताव पारित गरेर देखाउन ओलीको चुनौती

अविश्वासको प्रस्ताव पारित गरेर देखाउन ओलीको चुनौती
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन चुनौती दिएका छन् । आज आइतबार झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन( नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले संसद् पुनस्स्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न सुझाव दिँदै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई अविश्वासको प्रस्ताव पारित गरेर देख...

नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा

नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा
काठमाडौं। वामदेव गौतमको संयोजकत्वमा बनाइएको नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा लागेका छन् । मियाँले आज आइतबार एक विज्ञप्ति जारी गर्दै ओली पक्ष छाडेर प्रचण्ड-माधव पक्षतिर लागेको घोषणा गरेका हुन् । उनलाई अध्यक्षद्वय दाहाल र नेपालले स्वागत गरेका छन् । यसअघि ओली पक्षीय नेकपाले केन्द्रीय सदस्य मनोनीत गरेकोमा मियाँले अस्वीकार गरेका थिए । उनी हज कमिटीका पूर्वअध्यक्ष प...

रघुजी पन्तबाट मेरो चरित्रहत्या प्रयास भयोः कोमल वली

रघुजी पन्तबाट मेरो चरित्रहत्या प्रयास भयोः कोमल वली
काठमाडौं । राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वलीले रघुजी पन्तबाट आफ्नो चरित्रहत्या प्रयास भएको भन्दै न्यायका लागि अदालत जाने बताएकी छन् । उनले राजनीतिक नेतृत्वबाटै आफ्नो चरित्रहत्याको प्रयास भएको भन्दै प्रहरी र अदालतको ढोका ढक्ढकाउने जानकारी दिइन् । आफूले यो विषयमा सबैसँग सरसल्लाह गरिरहेको र सबैले कानूनी प्रक्रियामा जान सुझाव दिएको उनले बताइन् । माधव प्रचण्ड समूहका नेता पन्तको अभिव्यक्ति...

३१ सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको सरुवा (हेर्नुहोस् सूची)

३१ सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको सरुवा (हेर्नुहोस् सूची)
काठमाडौं । ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा भएको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उनीहरुको सरुवा गरेको हो । जसमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको पाल्पा, बाग्लुङका प्रजिअ सुरेश न्यौपानै सिन्धुली, गोरखका प्रजिअ तिर्थराज भट्टराई महोत्तरी, सिन्धुपाल्चोकका प्रजिअ उमेश कुमार ढकाल सुनसरी, सुनसरीका पणिन्द्रमणि ...